Monday 15 Mangshir, 2077 | November 29, 2020
Menu

नागरिक शनिबार

जात्रै जात्राको इन्द्रजात्रा

  • ५ असोज, २०७०
  • फणीन्द्र संगम/सन्तोष न्यौपाने
  • DISQUS_COMMENTS
(0 votes)
जात्रै जात्राको इन्द्रजात्रा
युवाहरूको ठूलो जमात र वृद्धहरूको समेत सहयोगमा तान्दै–घिसार्दै भित्रिएको लिंगोले बर्सेनि उपत्यकामा इन्द्रजात्रा भिœयाउँछ। भदौ २४ गते काभ्रेको नालास्थित जंगलबाट ल्याइएको लिंगो काठमाडौंको हनुमानढोका दरबारअगाडि ठड्याइयोे। भोलि विधिपूर्वक ढालेपछि यो वर्षको इन्द्रजात्रा रौनक सकिँदै छ। हनुमानढोकामा उभिएको सल्लोको करिब ४० हात लामो लिंगोले शताब्दियौं लामो परम्परा मात्र बोकेको छैन, सांस्कृतिक पर्व इन्द्रजात्राको धरोहरलाई उँचो बनाइरहेकै छ।
परम्परालाई एक पुस्ताबाट अर्को पुस्तामा सार्दै छन्तीर्थनारायण मानन्धर। ८४ वर्षे मानन्धर नयाँ पिँढीलाई पुराना कुरा सिकाइरहेका छन्। मन्दिरै मन्दिरको सहर काठमाडौंमा कैयन जात्रा हुन्छन्। एकपछि अर्को खप्टिएर आउँछन्। समयसँगै केही पातलिँदै गएका छन्केही बाक्लिँदै। आठ दशकयताका प्रत्यक्षदर्शी हुन् मानन्धर।

राजनीतिक परिवर्तनको असर उपत्यकाको जात्रामा परेको उनको ठम्याइ छ। राजनीतिक व्यवस्था खुकुलो हुँदै गयो। योसँगै चाडपर्व मनाउने तौरतरिका पनि खुकुलिए। 'यसले कतिपयमा जात्राप्रतिको आस्था घट्दो छ,' मानन्धर भन्छन्, 'सात सालअगाडिको माहोल बेग्लै थियो।'

बिहानको चिसो हावा खान वसन्तपुर घुम्छन्उनी। बुढ्यौलीले ख्याप्प समाउँदा स्याँस्याँ बढ्छ। तर पनि तन्नेरी अवस्थाको वसन्तपुर मनभरि घुम्न छाड्दैन। उः बेला वसन्तपुर वरिपरि मानन्धर बस्ती थियो। उनीहरू नै अघि सर्थे इन्द्रजात्रा मनाउन। काठमाडौंललितपुर र भक्तपुरका उपजात्रा थपिन्थे। 

सात सालअगाडिसम्म जात्राको रौनक नै भव्य हुने संस्कृतविद् सत्यमोहन जोशी बताउँछन्। सरकारी कडाइ हुन्थ्यो। हरेक सरकारी जागिरेले इन्द्रजात्राको आठ दिनसम्म हनुमानढोकामा हाजिर हुनुपर्ने। सात सय मानन्धरले लिंगो ढड्याउनुपर्थ्यो। काठमाडौंका सम्पूर्ण नाचभक्तपुरमहांकालका देवी नाच हनुमानढोकामा ल्याउनुपर्ने नियम थियो। अहिले पनि कुनैकुनै ठाउँबाट नाच ल्याइए पनि पहिलेजस्तो बाध्यकारी छैन। पूर्णिमाको दिन टोलटोलमा नाचगान हुन्थ्यो। 

'इन्द्रजात्रा भव्य बनाउन मल्लकालमा मानन्धर समुदायलाई मुख्य जिम्मेवारी दिइएको थियो,' मानन्धर भन्छन्, 'अहिले पनि वसन्तपुरमै मानन्धरहरूकै अगुवाइ इन्द्रजात्रा मनाइन्छ।पहिलेपहिले मानन्धर समुदाय प्राविधिक विषयमा अरूभन्दा कुशल रहेको मानिन्थ्यो। मेनपावरनै मानन्धर थिए,’ संस्कृतिविद् सत्यमोहन जोशीले भने, 'टेक्निकल काममा उनीहरूको विशेष दख्खल थियो।लिंगो काटेर ल्याउनेध्वजापताका बाँध्ने र लिंगो ढड्याउनेसम्मको जिम्मेवारी मानन्धरहरूलाई नै दिइयो। उनीहरूले नै पूजाआजा गर्छन्। पछि नेवार समुदायका सबै जाति यो जात्रामा गाँसिदै आए। 

इन्द्रको मात्रै जात्रामा अरू उपजात्रानाचझाँकीजस्ता परम्परा थप्दै गएपछि यो नेवार समुदायको विशेष पर्व बन्न पुगेको जोशी बताउँछन्। 

इन्द्रजात्रामा कुमारीजात्रालाई सिद्धिनरसिंह मल्लले थपे। पछि गणेशभैरव नाच थपिए। जात्रालाई भव्य बनाउन समयसमयमा राजा महाराजाले टोलटोलमा नाच देखाउँदै त्यसलाई हनुमानढोकामा पनि प्रदर्शन गर्न लगाए। 'यो हाम्रो सांस्कृतिक महोत्सव नै हो,' जोशी भन्छन्, 'नेवारी संस्कृतिपरम्परानाचगानबाजाझाँकीका साथमा मिठोमिठो खाने पर्वले सांस्कृतिक एकता मजबुत बनाएको छ।पछिल्लो समय नेवारी पर्वमा अन्य जाति पनि मिसिँदै आएका छन्जुन सहिष्णुताको सकारात्मक पक्ष हो। 

काठमाडौंका नेवारको मुख्य जात्रा इन्द्रजात्रा ललितपुर र भक्तपुरका नेवारले पनि मनाउँछन्। सोमबारदेखि सुरु भएको जात्रा मंगलबार ललितपुरको च्यासलबुधबार सुन्धारा र बिहिबार पाटन बखुम्बालका नेवारले मनाए। त्यसैदिन पुल्चोकमा पनि मनाइयो। विभिन्न प्रदर्शनी र नाचगान हुन्छललितपुरमा। च्यासनलमा इन्द्रजात्राको अघिल्लो दिन झ्याल्चा मनाउने चलन छ। झ्याल्चा भनेको पर्दाको छायाँबाट यौन क्रियाकलाप देखाउने जात्रा हो। ललितपुरमा निकै प्रख्यात छ यो जात्रा। टोलटोलमा खेलतस्बिर प्रदर्शनीबाजा बजाउनेमठमन्दिरमा पूजा गर्ने गरिन्छ। यो बेला हरेक नेवारको घरमा छुट्टै रौनक भित्रिएको हुन्छ,’ जोशीले भने। 

टोल सफासुग्घर गर्नेरङरोगन गर्नेमन्दिरमा तस्बिर राख्ने चलन छ। सबै भेला भई समयबजि खाइन्छ। समयबजिमा जाँडरक्सीछोइला पनि बाँड्ने चलन छ। नेपाल सम्वतअुनसार यंलः महिना चलेको छ। यो महिनाभर व्रत बस्ने पनि हुन्छन्। 

विभिन्न किंवदन्ती बोकेको इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजोत्थानपछि औपचारिक सुरु हुन्छ। हनुमानढोका दरबारको भैरव मूर्तिअघि लिंगो ठड्याएपछि उपत्यकामा चतुर्थीसम्म मनाइन्छ। 

काभ्रेको नालास्थित जंगलमा पूजा गरी छाडिएको बोकाले छोएको रूख काटेर काडमाडौं भिœयाएपछि साइत हेरेर लिंगो ठड्याउने प्रचलन छ। पर्सेर छोडेको बोकाले छोएकै रूख काट्नुपर्ने भए पनि अहिले त्यो परम्परा हराउँदै गएको लिंगो रेखदेखमा खटिएका लिंगो गुठीका नाइके खेतिया पटुवार बताउँछन्। 

२४ गते काठमाडौं भिœयाइएको लिंगो धार्मिक विधिअनुसार ठड्याइएको थियो। यसपालि गत सोमबार द्वादशीका दिन बिहान लिंगो उठाइयो। लिंगोको फेदमा सुनको हात्तीमा चढेका इन्द्रको प्रतिमा पनि राख्ने गरिन्छ। 'सुनको हात्तीमा चढेका इन्द्र प्रतिमा र लिंगो रेखदेखका लागि आठ युवा दिनरात खट्ने गरेका छौं,' अर्का युवा सुमन मानन्धरले भने। 

पहिलो दिन साँझ दिवंगतका आफन्तले माटोको पालामा दियो बाल्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्छन्। वसन्तपुर गद्दी बैठकअघि मानन्धर समुदायले दियो बाल्न खट निर्माण गर्ने गरेका छन्। 

लिंगो ल्याउनेदेखि डोरी बाँध्नेलिंगोको रेखदेख गर्नेरथको मर्मत गर्नेजस्ता काममा छुट्टाछुट्टै समुदायले जिम्मेवारी लिने गरेका छन्। यो सांस्कृतिक एकताको उदाहरणीय नमुना हो। कुमारीगणेश र भैरवको रथ मर्मतमा लागेका पञ्चामित स्थापितले भने, 'बाबुबाजेकै पालादेखि हाम्रो समुदायले रथको जिम्मा लिँदै आएको छ। संस्कृतिको जगेर्नाका लागि बर्सेनि जुटिरहेका छौं।

लिंगो काटेर ल्याउने र उठाउने सम्पूर्ण काम पहिले मानन्धरहरूले गर्दै आए पनि पछि जनशक्तिको अभावमा अरूले पनि सहयोग गर्न थालेको मानन्धर समुदायका अगुवा तीर्थनारायण बताउँछन्। 

इन्द्रध्वजोत्थानकै अवसरमा हनुमानढोका दरबारक्षेत्रमा रहोको श्वेतभैरवको मूर्ति सर्वसाधारणका लागि खुल्ला गरिन्छ। जात्राभरि नै महाकाली नाचदेवी नाचलाखे नाचपुलुकिसी (हात्ती)नाचतथा दश अवतार देखाइन्छ। वर्षा र सहकालका देवता मानिने इन्द्रको विशेष पूजा अर्चना पर्वको विशेषता हो। इन्द्रजात्राको तीन दिनपछि सुरु हुने कुमारी जात्राको रौनक र यसको ऐतिहासिकता उत्तिकै रमाइलो छ । 

लिंगो ठड्याउने प्रचलन राजा प्रतापसिंह साहले चलाएको इतिहास छ। पृथ्वीनारायण साहले छोरो प्रतापसिंह जन्मिएको खुसीयालीमा बिस्केट जात्रामा झैं राजदरबारमा पनि लिंगो ठड्याउन मानन्धर समुदायसँग सहयोग लिएका थिए। पछि प्रतापसिंहले यसलाई निरन्तरता दिएका हुन्। 

कुमारी रथयात्रा

इन्द्रजात्राकै बीचमा पर्ने जीवित कुमारी देवीको रथ यात्रा अर्को आकर्षण हो। लिंगो उठाएको तीन दिनपछि चतुर्दशीमा कुमारीको रथयात्रा गराइन्छ। कुमारीसँगै जीवित देव मानिने गणेश र भैरवको पनि रथयात्रा गराउने परम्परा छ।

कुमारी रथयात्राको छुट्टै ऐतिहासिक किंवदन्ती छ। अन्तिम मल्ल राजा जयप्रकाश मल्ल राज्य सञ्चालन क्रममा तलेजु भवानीसँग नियमित सरसल्लाह लिने गर्थे। यसबीचमा उनले भवानीसँग अनैतिक सम्बन्ध राख्न खोजेपछि उनी रिसाइन्। आफ्नो हात समातेको आरोप लगाउँदै उप्रान्त सल्लाह नदिने र आफूले दर्शन पनि नदिने बताइन्। राजाले विन्तीभाउ गरेपछि भवानीले आकाशवाणी दिइन्– 'अब राष्ट्रिय कुमारीलाई ढोगेर उनैसँग सल्लाह माग्नू। कुमारीको शरीरभित्र म बसेको हुनेछु।त्यसपछि राजा जयप्रकाशले कुमारीलाई खुसी पार्न र उनीसँग सल्लाह लिन रथमा यात्रा गराउने निधो गरे। स्थानीय अगुवा तीर्थनारायण मानन्धर भन्छन्, 'रजस्वला नहुन्जेलसम्म सोही कुमारीलाई वर्षैपिच्छे रथयात्रा गराइन्छ। रजस्वला भए वा घाउ खटिरा निस्किए अर्को कुमारी चयन हुन्छ।पहिले कुमारीहरू अविवाहित रहने गरे पनि पछिल्लो समय जीवित कुमारी देवी भई रथयात्रा गरिसकेकाहरूलाई विवाहका लागि कुनै रोकटोक नभएको उनले बताए।  

रथयात्रामा निकाल्ने क्रममा पहिले राजा र राजपरिवारका सदस्यको उपस्थिति रहन्थ्यो भने अहिले राष्ट्रप्रमुखसरकार प्रमुख र सरकारी अधिकारी सहभागी हुँदै आएका छन्।  

कुमारी रथयात्राको पहिले दिन चतुर्दशीमा तल्लो टोल (मरुचिंकमगुलजैसीदेवललगनब्रह्मटोलभीमसेनस्थान हुँदै कुमारी घर) घुमाउने गरिन्छ। भोलिपल्ट पूर्णिमामा भने माथिल्लो टोल (वसन्तपुरबाट सुरु भई प्याफलनरदेवीकिलागलअसनइन्द्रचोकमखन भई पुनः वसन्तपुर) परिक्रमा गराउने परम्परा छ। रथयात्रा सकेपछि इन्द्रकी आमा बसुन्धरा (डाकिनी)को आकृति बनाई नर्कटको टुक्रा जोडेर बनाइएको पिरामिड आकारको मन्दिरमा दियो बाल्दै नगर परिक्रमा गराइन्छ। उनीसँगै मृतकहरूको आत्मा स्वर्गमा पुग्ने जनविश्वास छ। 

इन्द्रजात्राको अन्तिम दिन यययलँगा चतुर्थीमा पनि ननी चायाः भनेर गणेशभैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराइन्छ। सो रथयात्रा वसन्तपुरदेखि सुरु भई प्याफलनरदेवीकिलागलअसनइन्द्रचोकमखन भई पुनः वसन्तपुरमै आएर टुंगिन्छ। सोही दिन बेलुका साइतअनुसार लिंगो ढालेर वागमती नदीमा घिसार्दै लगेपछि इन्द्रजात्राको औपचारिक समापन हुन्छ। 

लिंगोको जिम्मा हाम्रो

खेतिया पुटुवारनाइकेलिंगो गुठी

हाम्रो काम सातआठ दिनसम्म लिंगोको सुरक्षा गरेर बस्नु हो। यही लिंगोअगाडि (वसन्तपुरमा) पालैपालो बस्छौं। बिहान लिंगोको पूजा गर्ने र बेलुका बत्ती बाल्नुपर्छ। लिंगोको फेदमा सुनको हात्तीमा चढेका इन्द्रको प्रतिमा छ। यो करिब पाँच केजीको छ। लिंगो ढड्याएपछि हाम्रो काम सुरु हुन्छ। लिंगो ४० हात र तान्ने डोरी ६५ मिटरको हुनुपर्छ भन्ने मान्यता छ। 

सुनको मूर्तिलाई कँडेल चोकका पुजारीले राखेका हुन्छन्। त्यहीँबाट ल्याइन्छ र जात्रा सकिएपछि पुनः पुर्‍याउनुपर्छ। 

लिंगो सुरक्षार्थ अहिले सात जना छौं। रात र दिनमा पालो गरेर बस्छौं। गुठीले खानेबस्ने व्यवस्था गरिदिएको छ। पहिले खर्च भनेर एक सय ३५ रुपैयाँ दिन्थ्यो। अहिले बढाउने भनेका छन्। 

पैसाभन्दा ठूलो हाम्रो संस्कृति हो। बाजेको हात समातेर हिँड्दा हिँड्दै सानैदेखि यस काममा लागेको हुँ। १० वर्षदेखि हरेक इन्द्रजात्रामा यसैको जिम्मेवारी लिँदै आएको छु। 

रथ बनाउने हामी 

पञ्चामित स्थापित, (७५)

बाबुबाजेका पालादेखि नै हामी रथ निर्माण र मर्मतका लागिरहेका छौं। कुमारीभैरव र गणेशका तीनटा रथ मर्मतमा यसपटक १२ जना खटेका छौं। इन्द्रजात्रा सुरु हुनुभन्दा तीन दिनअघिदेखि रथ बनाउन थाल्छौं। यसबापत गुठीले दुई मुरी चिउरा र दुई मुरी धान दिन्छ। २०१६ सालमा बनेका रथ बनाउने सामग्री अहिलेसम्म चलिरहेका छन्। यसको सबै जिम्मा हामीले लिनुपर्छ। जात्रा सकिएपछि खोल्ने र सुरक्षित राख्नुपर्छ। 



इन्द्रजात्राको किंवदन्ती

तीर्थनारायण मानन्धर 

मानन्धर समुदायमा अगुवा  

लिच्छवीकालका राजा गुणकामदेवले सुरु गरेको मानिएको इन्द्रजात्राबारेको रमाइलो किंवदन्ती छ। स्वर्गका राजा इन्द्रले शासन चलाउँदै जाँदा ब्रह्माविष्णु र महेश्वरको इसारामा चलाउनुपर्ने भयो। इन्द्रकी आमा बसुन्धराले ठूलो यज्ञ लगाउने निर्णय गरिन्। अरूको चाकडीमा नलागी आफ्नै अधिनमा राज्य चलाउनुपर्ने छोरोलाई सुझाइन्। यज्ञको सांगेमा पारिजातको फूल चाहिने भएपछि स्वर्गको हरेक कुनाकाप्चामा खोजी गर्दा पनि फूल भेटिएन। पछि एक विद्वान्ले पारिजातको फूल एसिया महाद्वीपको कान्तिपुर नगरीमा मात्र पाइने बताएपछि इन्द्र स्वयं कान्तिपुर नगरी प्रवेश गरे।

खोजी गर्दा उनले कान्तिपुरको विष्णुमती नदी किनारमा पारिजात ढकमक्क फुलिरहेको देखे। फूलबाट लोभिएका इन्द्रले बोटबाटै टिप्दै गर्दा स्थानीयले उनलाई चोरको आरोप लगाई पक्राउ गरे। (पारिजातको फूल बोटमा नभई झरेको मात्र टिप्नुपर्ने मान्यता थियो)। इन्द्रलाई पाता कसेर चौबाटोमा राखियो। भोलिपल्ट इन्द्रचोक (त्यसबेलाको विष्णुमती र वागमतीको संगम) मा पुर्‍याएर दिनभर बाँधेर सार्वजनिक रूपमा सजाय दिइयो। उनलाई हेर्न मान्छेको भीड लाग्यो। उनको हुर्मत काडेको यो दृश्यलाई जात्राको रूपमा व्याख्या गरिएको छ। पारिजातको फूल टिपेर सजाय पाएका इन्द्रको यो कथाबाट नै इन्द्रजात्राको प्रचलन सुरु भएको मानिन्छ। 

धेरै दिनसम्म पनि छोरो स्वर्ग नफर्केपछि आमा खोज्दै कान्तिपुर आइन्। इन्द्रलाई काष्ठमण्डपमा बाँधेर राखेको देखेपछि स्वर्गको राजा भएको जानकारी गराइन्। उनलाई छुटाउने हो भने अन्नबाली उत्पादनका लागि आवश्यक वर्षा र सिजनमा हुस्सु लगाउन स्थानीयले माग गरे। आमालाई पनि देशभर घुमाएर पठाइयो। 

कुराकानीमा आधारित


ऋतु उत्सव

सत्यमोहन जोशीसंस्कृतविद्

ऋतुअनुसार पर्व मनाउने प्रचलन नेपालमा मात्र नभई अन्य देशमा पनि छ। इन्द्रजात्रा मनाउनुको एक पक्ष ऋतुरागसँग जोडिएको छ। भर्खर वर्षा सकिएर शरद ऋतु लागेको छ। वर्षा ऋतु किसानलाई भ्याईनभ्याई हुने बेला हो। धानखेती गर्ने समय हिलोमैलोमा खेल्नुपर्छ। पानी पर्छआकाश धुम्म हुन्छ। 

शरद ऋतुसँगै आकाश खुल्छ। घमाइलो वातावरण हुन्छ। ऋतु परिवर्तन पनि इन्द्रजात्रा जोडिएको छ। लुनार क्यालेन्डरको तिथिअनुसार पूण्र्िामाको दिन छ। यो बेला विशेष उत्सव मनाउने चलन छ। 

आर्यवर्तमा इन्द्र भनेका सम्पूर्ण भारतवर्षमा थिए। पहिले भारतमा पनि इन्द्रजात्रा मनाइन्थ्यो। त्यहाँको राजनीतिक उतारचढावले परम्परा र संस्कृतिलाई परिवर्तन गर्‍यो। त्यसैले भारतमा मनाउन छोडियो। तर पनि यसबेला छुट्टै तरिकाले मनाउँछन्। भारतको कुनै ठाउँमा सत्यनारायणको पूजा गर्छन्। केरलातिर बहावलीको पूजा हुन्छ। चन्द्रमासमा चन्द्रमाको चमकको पूजा गर्ने चलन छ। 

चीनमा मनाउने पर्व पूर्णिमासँग जोडिएको छ। हाम्रोमा इन्द्रजात्रा भएजस्तै त्यहाँ 'चुङसीमनाइन्छ। मध्य शरदमा नेसनल डे हुन्छ उनीहरूको। उनीहरू चन्द्रमाको पूजा गर्छन्। चन्द्रमाकै आकारको परिकार बनाएर खान्छन्। हामी योमरी खान्छौं। नेपालमा मात्र नभई ऋतुको प्रभावमा अन्य देशमा पनि विभिन्न जात्रा मनाइन्छ। यो सबै ऋतुको प्रभाव हो। 

इन्द्रको सम्मानमा ध्वजा

अर्को भनाइअनुसार भगवान इन्द्रको सम्मानमा यो जात्रा सुरु गरिएको हो। वैधिक परम्पराअनुसार दैत्य र देवताको द्वन्द्व थियो। इन्द्रलाई जितेर शासन गनर्ने दानवको उद्देश्य थियो। दानवले देवतालाई धेरै दुःख दिए। बस्नै नसकेपछि इन्द्र ब्रह्माको शरण परी सहयोगको याचना गरे। 

इन्द्रको याचना सुनेपछि ब्रह्माले विशेष शक्तिसहितको झन्डा दिएर पठाउँछन्। त्यही झन्डासहित देवता दानवसँग लड्न गएपछि पछि दैत्यको भागाभाग हुन्छ। भगवानको विजय हुन्छ। यही विजयलाई उत्सवको रूपमा मनाउन थालियो। यसैलाई इन्द्रजात्रा भनियो। 

झन्डा प्रयोग गर्ने चलन पनि यहीँबाट सुरु भएको मान्छि। त्यसै बेलादेखि विजय उत्सवको रूपमा लिंगोमा पनि इन्द्रध्वजा फरफराउने चलन सुरु भएको हो। 

कुराकानीमा आधारित

दयावान् दयाराम

बिहीबार दिउँसो १२:१० बजे।आदर्श सौलः युवक उच्च मावि, बुङ्मति, ललितपुर।एक सुस्त बालक विद्यालय प्रांगणमा धसि्रँदै यताउता गरिरहेका छन्। मुखको कुनाबाट अविरल र्‍याल बगिरहेको छ, तर पुछ्न सक्दैनन् या जान्दैनन्। शारीरिक...

मध्यम वर्गीयका कथा

प्रज्वल पराजुलीको नयाँ उपन्यास 'ल्यान्ड ह्वेर आई फ्ली' पढ्दै गर्दा मैले आफ्नै बूढी हजुरआमा सम्झेको थिएँ। उपन्यासकी आमा पात्रले मलाई उनको सम्झना दिलायोे।

दसैं आयो, कुन मुखले गाउँ जाने?

दसैं आयो, कुन मुखले गाउँ जाने?

काठमाडौं– सिन्धुली जरायोटार–६ हाँडीखोलाका खड्गबहादुर श्रेष्ठ २०५५ सालमा भारी बोक्न काठमाडौं आउँदा ३२ वर्षका थिए। त्यसबेला एक भारीको सरदर कमाइ १० रुपैयाँ हुन्थ्यो। २० रुपैयाँमा पेटभरि भात खान पुग्थ्यो। मासिक...

बागमती पुलमुनि न्हुच्छेमान (कविता)

कुनै ड्रगिस्टले बेहोसमा फ्याँकेको सिरिन्जकुनै नगरबधुलेएकदम होसमा मिल्काएको अस्थायी साधनर न्हुच्छेमानबागमती नदीको पुलमुनि छन्।

बाइक चोरीको भित्री कथा

बाइक चोरीको भित्री कथा

रातको १२ नाघिसकेको छ। कुकुर अरू रातभन्दा बढी नै भुकिरहेको छ। काठमाडौं मस्त निद्रामा रहँदा दुर्गा श्रेष्ठ भने कुकुरको एकोहोरो भुकाइका कारण ब्युँझन्छन्। साढे एक बजेतिर भुकाइ केही मथ्थर हुन्छ।...

आत्मघाती गोल

आत्मघाती गोल

जाडो दिन ढल्दै थियो। हाम्रा टिम क्याप्टेन चौधरीले हामीलाई 'हट लेमन विथ हनी' खुवाइरहेका थिए। राष्ट्रिय गौरवको हाम्रो टिम एउटा अनाम भट्टी स्टाइलको क्याफेमा भेला भएको थियो। तीन महिनादेखि तलब...

वाम–रुढताबाट मुक्त

वाम–रुढताबाट मुक्त

त्यो कम्युनिस्ट पार्टी भूमिगत थियो। त्यसका क्रियाकलाप गोप्य थिए। भेटघाट, कुराकानी, बैठक, सभा, सम्मेलन भूमिगत रूपमै हुन्थे। हरेक कार्यक्रममा विचार, निष्ठा, त्याग, क्रान्ति र मुक्तिका कुरा हुन्थे। कसैमा लोभलालच देखिन्नथ्यो।...

तपाईंको देशमा

तपाईंको देशमा

कुदिरहेको रेलमा तीन नेपाली छौं। रेलभरि मान्छे छन्, थरीथरीका। एसियाली, अफ्रिकी, युरोपेली आदि अनेक हुलिया बोकेका अनुहार।