Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

नागरिक शनिबार

महानायकको एक्लो दसैं

  • १९ असोज, २०७०
  • सन्तोष रिमाल
  • DISQUS_COMMENTS
(1 Vote)
महानायकको एक्लो दसैं
अभिनेता राजेश हमाल दसैं आएको र गएको चालै पाउँदैनन्। उनको घरमा 'दसैं कोठा' छ। तर, त्यहाँ जमरा नउमि्रएको एक दशकजति भयो। दुर्गा कवच र चण्डीपाठ गर्न पण्डितहरू आउन छाडे। न उनीकहाँ कोही टीका थाप्न आउँछन्, न उनी नै निधार थाप्दै आफन्तकहाँ जान्छन्।

दसैंप्रति यो विरक्ति उनमा त्यो दिनदेखि उत्पन्न भयो, जब टीकाकै दिन उनले आमा गुमाए।
ज्वरो आएर जँचाउन लगेको आमालाई ओम नर्सिङ होमका डाक्टरले भर्ना गर्नुपर्छ भने। 'कमजोरीले हो आत्तिनु पर्दैन' भनेका थिए। विस्तारै एन्टिबायोटिकले काम गर्न छाड्यो। 'भ्यान्टिलेटरमा राख्नुपर्‍यो भनेपछि टिचिङ लग्यौं,' राजेश भावुक बन्छन्, 'उहाँको स्थिति झन् नाजुक हुँदै गयो, विजया दशमीकै दिन बिहानै हामीलाई शोकमा डुबाएर जानुभयो।'
नभए उनको दसैं साह्रै रसिलो हुन्थ्यो।
नवलपरासीबाट जिजुमुमाले खसी पठाइदिन्थिन्। खसी कराएको सुनेदेखि नै उनी त्यसलाई बलि दिने दिन गनेर बस्थे। दसैंमा पाहुनाले घर खचाखच हुन्थ्यो। जुवा जम्थ्यो। घरमा टीका लगाएपछि परिवारसँग उनी नवलपरासी पुग्थे। गाउँको दसैंले थप रोमाञ्चित बन्थे।
दसैंको दृश्य उनी बाल्यकालमा सुन्दर देख्छन्। ६ वर्षको अन्तरालमा जन्मिएका पाँच दिदीबहिनी र भाइबीच पैसा र लुगाको प्रतिस्पर्धा चल्थ्यो। 'सानोमा हामीलाई धेरै कुरा वास्ता हुँदैनथ्यो। तीन दिदीबहिनी र दुई दाजुभाइबीच कसको लुगा राम्रो, कसले कति पैसा जम्मा गर्‍यो भन्ने प्रतिस्पर्धा हुन्थ्यो। कसको धेरै भन्ने हिसाब नै मुख्य आकर्षण हुन्थ्यो,' हुर्किंदै गएपछि उनी दसैंको केही पक्षसँग असहमत हुन थाले।
उनी दसैंको विधि र परम्परामा तर्क खोज्थे, चित्तबु‰दो उत्तर आउँदैनथ्यो।
'काकाहरू बुवासँग टीका लगाउन आएपछि– हामीले यहीँ उहाँहरूसँग लगाए भैहाल्यो नि, किन उहाँहरूकै घर जानुपर्‍यो?' समय जोगाउन यस्तो प्रश्न गर्दा परिवारले उनलाई विद्रोही ठान्थ्यो।
टीका लगाउने समय परिवारले तयार पारेको उमेरको रोलक्रममाथि नै प्रश्न गर्थे। खाली पेटमा टीका लगाउनुपर्छ भन्नेसँग वादविवाद पर्थ्यो। 'मेरो त्यो स्वभावले कैयौंचोटि बाबुआमासँग मनमुटाव भएको थियो,' संस्कार बदल्न खोज्ने उनी बिस्तारै आफैं बदलिए, 'संस्कार बदल्न गाह्रो रहेछ, चुपचाप निरन्तरता दिऊँ भन्ने निष्कर्षमा पुगँे।'
तर, उनी अचानक एक्लिए।
कहिलेकाहीँ उनलाई दसैंको विषयलाई लिएर किन वादविवाद गरेँछु जस्तो पनि लाग्छ। आमाबुवाको चित्त दुखाएकोमा पछुतो पनि। 'रमाइलो चाडलाई रमाइलोसँगै मनाएको भए भैहाल्थ्यो, किन तर्क वितर्क गरेछु भनेर बेलाबेला नरमाइलो लाग्छ,' उनी भन्छन्।
घरमा एक्लै भएपछि उनले 'संस्कृति जोगाउने' झन्झट उठाएनन्। जेठो छोरो हुनुको नाताले रीति टिकाउने जिम्मेवारी आफ्नै हो भन्ने उनलाई थाहा छ। तर, टीकाको रंगीन दिनमा आमाको श्राद्ध गर्नुपर्दा उनका लागि हरेक दसैं रंगविहीन बनिदिन्छ।
उनी दसैंका रौनकबाट टाढिएका छन्। 'आमाको निधन भएपछिको दसैं अमेरिकामा बित्न थाल्यो,' बिस्तारै दसैंलाई राजेशले परिवार भेट्ने, फिल्मको व्यस्तता छल्ने र यात्रामा रमाउने अवसर बनाउन थाले। दिदीबहिनी भेट्न अमेरिका जाने, तिहारमा टीका लगाएर फर्किने उनको रुटिन नै बन्यो। यसपटकको दसैंमा उनी अमेरिका जाँदै छैनन्। 'पाँचदिने सांस्कृतिक भ्रमणको लागि कतार जाने फिक्स भयो। अमेरिका जाने क्रम भंग भएको छ यसपालि,' उनी कतारमा रहेका नेपालीसँग रमाउने सुरमा छन्।
...

हमालको हरेक दसैं एकनासको छैन। फिल्मको भूमिकाजस्तै फरक चरित्रमा उनको दसैं बितिरहेछ। किशोरावस्थाका दसैं उनका लागि अविस्मरणीय छ। त्यतिबेला विदेशमा मनाएका केही दसैं उनलाई अनौठो र रोचक लाग्छ। कूटनीतिज्ञ बाबु चुडाबहादुर हमालसँग उनी रुस बस्थे। उनको केही दसैं उतै बित्यो। विदेशको दसैंभन्दा उनलाई स्वदेशकै मनपर्थ्यो। तर, आफ्नो पढाइ र बाबुको जागिरको तालमेल नमिल्दा उतै दसैं रमाइलो बनाउन जुट्थे। नेपाली समुदाय सानो थियो। उनी धेरैलाई चिन्थे, धेरैले उनलाई चिन्थे। अनि, दसैं आउनुअगावै कसरी रमाइलो बनाउने योजना बन्थ्यो।
'खसी नकाटी कसैलाई दसैं आएजस्तो लाग्दैनथ्यो। नेपालीको चलन, किनेको मासुले चित्तै नबु‰ने,' सहरमा जिउँदो खसी ल्याएर नेपाली पाराले काट्न पाइँदैनथ्यो। हमाल कहिले बाबुको साथी बनेर त कहिले आफ्नै समूह बनाएर रुसका गाउँ–गाउँ पस्थे खसी खोज्न।
'गाउँतिरै खसी ढालिन्थ्यो, गाडीमा राखेर ल्याइन्थ्यो अनि नेपाली स्टाइलमा पकाएर खाइन्थ्यो,' उनी भन्छन्।
जिउँदो खसी खोज्ने काम उनलाई अहिले सम्झँदा ठूलो संघर्षजस्तो लाग्छ। अझ, आफ्नो सक्रियतामा त्यो काम सम्पन्न हुँदा त महाभारत नै जितेजस्तो। थोरै नेपाली बस्ने मस्को सहरमा नेपाली हुनु नै ठूलो नाताजस्तो हुन्थ्यो। सबैको घरमा सहज आउजाउ। दसैंमा टीका लगाउन हमालकहाँ आउने र उनीहरू जाने क्रम उस्तै हुन्थ्यो।
जागिर क्रममा बाबु थाइल्यान्ड सरुवा भए। राजेशको दसैं पनि फेरियो। उनले थाइल्यान्डमा रुसभन्दा फरक शैलीमा दसैं मनाए। त्यहाँ नेपाली समुदाय झन् सानो थियो। संस्कृति भने निकै ठूलो पाए।
बर्माबाट आएका नेपालीहरू संस्कृति जोगाउन निकै कटिबद्ध देखे उनले। 'दसैं त झन् कट्टरता साथ मनाउँदा रहेछन्। हामीले नेपालमा नदेखेको, नसुनेको नियमअनुसार त्यहाँ पूजाआजा भएको देखेँ,' उनी भन्छन्, 'हामी त धर्म र संस्कृति आफ्नो अनुकूलअनुसार व्याख्या गछर्ौं। तर, बर्मेली पुर्खाले कोरेको सीमारेखा एक इन्च मिच्न हुँदैन भन्थे।' उनीहरूले संस्कृतिमा आधुनिकता छिर्न नदिएको सम्भि्कन्छन् हमाल। परम्परालाई परम्पराले तोकेकै जसरी मनाउने उनीहरूको अभ्यासले राजेशलाई चकित तुल्यायो।
थाइल्यान्डमा थोरै नेपाली बस्ने हुँदा अधिकांश चाडपर्व नेपाली दूतावासमा आयोजना हुन्थ्यो। दसैंको रमझम झन् लामो चल्थ्यो। त्यहाँ मनाएको दसैं, खानपिन र नाचगानको रमाइलो सम्झँदा उनी अहिले पनि मख्ख पर्छन्।
...
राजेशले यसै वर्ष विवाह गर्ने घोषणा गरेका छन्। धेरै दसैं उनले आमाको निर्देशनमा मनाए। परिवार भेला हुने चाडका रूपमा उनी दसैंको महŒव देख्छन्।
घरजमपछि दसैंको परम्परा पुनर्स्थापना होला?
'खै, हुन सक्छ,' स्पष्ट जवाफ नदिए पनि उनी अनुमान लगाउँछन्, 'दसैंकोठाको ढोका खुल्न सक्छ, त्यहाँ फेरि जमरा उम्रन सक्छ, घरमै टीकाको माहोल बन्ला। विदेशबाट भाइबहिनी आउन सक्छन्।' राजेश आफूलाई घरको मुली ठान्छन्, त्यसैले संस्कृति पुनर्स्थापना गर्नु आफ्नै कर्तव्य सम्झन्छन्।
'विवाह एउटा सम्झौता हो। श्रीमतीको चालचलन मैले अपनाउनुपर्छ। केही रौनक अवश्य आऊला, तर मेरो पहिलेको उमंग त फर्कन सक्दैन,' उनी अनुमान लगाउँछन्।
धेरै भयो उनले नेपालमा दसैं नमनाएको। त्यसैले धेरै आफन्तकहाँ टीका थाप्न जान छाडे। दिदीसँग मात्र उनी टीका लगाउँछन्। एउटा बृहत् दसैं एक्लोपनसँगै मासिएको उनले भोगे। 'अब त्यो रौनक त के फर्केला र?' दसैंलाई लिएर अलिक निरास राजेश बिहेपछि टीका लगाउन ससुराली जाने प्रसंग उप्काउँदा लजाउँदै हाँस्छन्।
ससुरालीमा भने घरमा जस्तो दसैं संस्कृतिमाथि टिप्पणी र प्रश्न गर्ने पक्षमा उनी छैनन्। 'त्यहाँ त पक्कै आर्गुमेन्ट गर्दिनँ होला। ज्वाईं जसरी बस्छु, जसोजसो आइपर्छ त्यसै गर्छु, चलिआएको चलन अपनाउनै पर्‍यो नि,' दसैंमा ससुराली जाने संस्कारबारे अनभिज्ञता देखाउँदै उनी भन्छन्, 'खोला कसरी तर्ने भन्ने किनारमा पुगेपछि सोचौंला।'
राजनीतिको चौबीसघन्टे ड्युटी

राजनीतिको चौबीसघन्टे ड्युटी

आरजु देउवाको राजनीतियात्रा कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग विवाहपछि सुरु भएको हो, २०५१ सालपछि। आमा राजनीतिज्ञ नै भए पनि विभिन्न संघसंस्थामार्फत सामाजिक काममा जुटेकी उनलाई त्यसअघि यतातिर उति चासो...

एकालाप

एकालाप

ठिक एक दशक भएको छ निर्मला म स्वतन्त्र भएको। र, तिमी बन्धनमा बाँधिएको पनि त्यति नै समय भएको छ। तिमी स्वतन्त्र रहेको समयमा म कडा अनुशासनमा बाँधिएको थिएँ। त्यसो त...

लगातार तीनपटक सभापति

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।

गुन्डागिरीको चिन्तामा ब्यवसायी

कुख्यात गुन्डा दिनेश अधिकारी 'चरी' र राधे भण्डारीबीचको आक्रमण/प्रत्याक्रमण तथा ललितपुरको धापाखेलमा मीनकृष्ण महर्जनमाथि भएको गोली प्रहारको घटनालाई प्रहरीले 'डन संस्कृतिको पुनरोदय'का रूपमा लिएको छ। प्रमुख दलहरूसँग निकट सम्बन्ध राख्ने...

लौ आयो मोन्सान्टो मकै

मकै नेपालमा कहिले भित्रियो त्यसको आधिकारिक जानकारी छैन। त्यसको खोज पनि भएको देखिँदैन। निश्चय नै आदिकवि भानुभक्तले मकैको छेलोखेलो भोगेको हुनुपर्छ। वहाँको कविताले त्यस्तै बोल्छ :असल् मुग्रेकेरा, कि त महि...

खेलौना

बहिनी अपेक्षा,धेरै–धेरै सम्झना।'केही दिनअघिको घटना तिम्रो मनमा ताजै होला। मामुले ल्याइदिएको खेलौनासँग दिनभरि खेल्दै रमाएका थियौं। मैले खेलौंनाको कपाल कोरिदिएर तिमीले खेलौनाको निधारमा टीका, मुहारमा पाउडर लाइदिएपछि कति राम्रो भएको...

माया मिठो बन्दीपुरको

माया मिठो बन्दीपुरको

हरिया डाँडा, दूधे हिमाल, चिसो हावा, मन्दिर अनि जातजातिका अनुहार। बन्दीपुर जतिपटक पुगे पनि धीत मर्दैन। मोहनी लगाउँछ त्यो पहाडी थुम्कोले।

किसिम किसिमका पाठक

‘दमिनी भीर' पढिसकेपछि गोरखाकी पाठक पुष्पा केसीले मसँग निक्कै घच्चीका मत राखिन्। उनको जोड थियो, ‘तपाईंको उपन्यास पढिसकेँ। राम्रै लाग्यो तर ‘लभ' पुगेन।