Thursday 13 Kartik, 2077 | October 29, 2020
Menu

नागरिक शनिबार

घट्दो देउसी रौनक

  • १६ कार्तिक, २०७०
  • स्वरूप आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
घट्दो देउसी रौनक
'ए है, भन भन भाइ हो' – देउसी रे

'रामरी भन' – देउसी रे

'स्वर मिलाइकन' – देउसी रे...


देउसीको यो लोकभाकामा जति मिठास छ, त्यसमा प्रयोग भएका झर्रा नेपाली शब्दले नेपालीत्वलाई जीवन्त राखिरहेकै छ । यसको सुरुवातबारे इतिहासले पुष्टि गर्न नसके पनि श्रुति परम्पराकै आधारमा देउसी–भैलो आजसम्म पनि खेलिँदै आएको हो ।

अन्य संस्कार–संस्कृति समयको परिवर्तनसँगै बद्लिँदा छन्, जसबाट देउसी पनि अछुतो छैन । विभिन्न ग्याजेटहरूको प्रवेशले देउसीको लयात्मकता रक र पपमा रूपान्तरित हुँदै गएकोमा कतिपय संस्कृतिकर्मी चिन्ता व्यक्त गर्छन् ।

देउसी–भैलोको सुरुवातबारे फरक–फरक किंवदन्ती सुनिन्छन् । ठाउँ, जाति र क्षेत्रअनुसार देउसी–भैलो खेल्नै शैली फरक भएकाले पनि यसको विविधतालाई पुष्ट गर्छ । यसबारे अझैसम्म गहिरो अध्ययन–अनुसन्धान हुन नसकेको इतिहासविद् दिनेशराज पन्तको भनाइ छ । 'पौराणिक कालका दैत्य राजा बलिसँग जोडिएको किंवदन्ती धेरैलाई थाहा छ,' उनले भने, 'देउसीको सुरुवातलाई कर्णालीका राजा बलसँग पनि जोडिएर हेर्ने गरिएको छ । तर कुन सहि हो अनुसन्धानले पुष्टि गर्न सकेको छैन ।'

जहाँबाट जसरी सुरु भए पनि तिहारसँग जोडिएको अभिन्न अंग हो देउसी । विनादेउसी र भैलो तिहार फिक्का हुन्छ । देउसीकै कारण रमाइलो बन्ने तिहार पछिल्लो समय खल्लो बनेको छ । आधुनिकताको नाममा देउसीका भाका र खेल्ने तरिका पनि फेरिएका छन् । कतिपय देउसी टोलीमा हुने उच्छृंखलताकै कारण देउसेप्रति नकारात्मब धारणा बनाउनेहरू पनि छन् । 'एकदिन देउसी खेलुन् न त भनेर ढोका खुल्ला राख्यो । महिनौं लगाएर चिटिक्क पारेको दूबो एकैरातमा स्वाहा बनाउँछन् । फुल चुँडिदिन्छन् उस्तै,' नयाँ बानेश्वरका प्रमोद खरेलले भने, 'त्यस्तै टापटिपे परे भने त चोर्नै पनि बेर लाउँदैनन् । देउसी गाएकै सुन्न मन लागे टिभीले देखाइहाल्छ । नत्र युट्युब हेरे भै'गो नि ।'

नेपालमा भएको १२ वर्षे युद्धको प्रभाव धेरथोर यहाँको संस्कृतिमा पनि प¥यो । राति अबेरसम्म गाउँ–गाउँ डुलेर खेलिने देउसीको चलन विस्तारै कम हुँदै गयो । स्थानीय प्रशासनले सीमित समय सीमाभित्र मात्र देउसी खेल्न पाइने उर्दी जारी गर्न थालेको पनि निकै वर्ष भइसक्यो । उति बेला सुरक्षाका कारण यस्तो उर्दी जारी गरिने भए पनि त्यसले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । यसकारण पनि देउसीप्रतिको मोह घटेको हुनसक्छ ।

'हिजोआज देउसी खेल्ने भनेका केही टोलका बच्चाहरू हुन् । ठूलाहरू आइहाले पनि ड्रम, गिटार लिएर आउँछन्,' मैतिदेवी निवासी प्रतिभा पन्तले भनिन्, 'त्यसपछि बत्तीको कनेक्सन चाहियो भन्छन् । लम्लस्टि गर्छन् । त्यसैले ढोकै थुनेर बस्यो आनन्द ।' केही वर्षयता देउसी खेल्न आउने पूर्वसूचना दिएरै मात्र देउसेहरू घरमा पुग्छन् । तर, यसरी पुग्नेहरूको माग पनि त्यही अनुरूपको हुने भएकाले प्रायः घरबेटी कोही देउसी खेल्नै नआए हुन्थ्यो जस्तो गर्छन् ।

साथीहरूसँग मिलेर देउसी खेल्न रुचाउने भैंसीपाटीका अभिषेक श्रेष्ठले देउसी खेल्न छाडेको दुई वर्ष भयो । उनी भन्छन्, 'पहिलाजस्तो साथीहरू पनि छैनन् । फेरि कहाँ जाने ? नजिकमा रहेका केही चिनेजानेका आफन्तकहाँ बाहेक अन्यत्र गएर काम छैन ।' उनका अनुसार पैसाकै लागि भनेर देउसी खेल्नेहरूका कारण समस्या आएको हो । 'रमाइलोको लागि मात्र खेल्ने हो भने जसले पनि स्वागत गर्छन्,' उनले भने, 'अहिले देउसी खेल्ने भनेको क्लब र संस्थाको नाममा पैसा उठाउने सजिलो बाटो बनेको छ ।'

केही वर्षदेखि सिस्नोपानी नेपालको तर्फबाट देउसी खेलिरहेका हास्यकलाकार मनोज गजुरेलका अनुसार देउसी खेल्ने तरिकामा धरै परिवर्तन आइसक्यो । तर, उनी त्यसलाई स्वाभाविक मान्छन् । भन्छन्, 'समयअनुसार परिवर्तन हुँदै जान्छ । यसले असर गर्दैन बरु जगेर्ना नै गर्छ । तर, विकृति रोक्न भने लागिपर्नुपर्छ ।' यो वर्ष पनि सिस्नोपानी नेपालले विभिन्न ठाउँमा देउसी खेल्दै छ । 'यसपालिको देउसीचाहिँ निर्वाचन केन्द्रित बनाउने योजनामा छौं,' उनले सुनाए ।

इतिहासविद् पन्त पनि देउसीमा आएको परिवर्तनलाई मात्रै विकृति भन्न नहुने बताउँछन् । 'संस्कृति सधैंभरि एकैनासको हुँदैन । समयानुकूल परिवर्तन भइरहन्छ,' उनले भने, 'पहिले यसरी खेलिन्थ्यो, अहिले यसरी खेलियो भन्न मिल्दैन । संस्कृति सधैं परिष्कार र परिमार्जन हुँदै जाने हो ।' उनी देउसेहरूले बढी दक्षिणा माग्ने कुरालाई स्वाभाविक ठान्छन् । 'अहिलेको महँगीले केटाकेटीलाई पनि छोएको छ । त्यसको प्रभाव देउसे–भैलेमा पनि त पर्ला नि ।'

तिहारको केही सातापछि नै चुनाव हुने भएकोले पनि यसपालिको देउसी–भैलो खेल्नेलाई त्यसको प्रभाव पर्नेछ । चाडबाडका नाममा अवाञ्छित गतिविधि हुन नदिन र चुनाव लक्षित सुरक्षा व्यवस्था मजबुत पारिँदै लगिएको काठमाडौं प्रहरी परिसर हनुमान ढोकाका प्रमुख एसएसपी सुबोध घिमिरेले बताए । 'हामीले यसपालि देउसी–भैलो खेल्ने समय छोट्याएर रातको नौ बजेसम्म मात्र राखेका छौं,' उनले भने, 'त्यसपछिको समय देउसी–भैलोमा रोक लगाउनेछौं ।'

गएका वर्षहरूमा भन्दा समय सीमा निकै कम तोकिएको र प्रहरीको उपस्थिति बाक्लिएकाले यसपालिको देउसी रौनक उतिसारो रमाइलो नहुने अनुमान गर्छन्, अभिषेक श्रेष्ठ । 'देउसी भनेको बेलुका खेल्ने हो । दुई–तीन घरमा खेल्दैमा नौ बज्छ,' उनी भन्छन्, 'तीनटा घरकै लागि के देउसी खेलाई भयो र ?' उनलाई यसपालि देउसी खेल्न मन छैन र योजना पनि बनाएका छैनन् । 'परिवार र साथीहरूसँगै घरमै बसेर रमाइलो गरिन्छ,' उनले भने ।

संघर्षको सहरमा सफलताको वर्षा

'मैले योभन्दा बढी पढाउन नसक्ने भएँ । अरू पढ्नुछ भने काठमाडौं जा, काम गरेर पढ्,' आठ कक्षा पढ्दै गरेका शम्भु श्रेष्ठ बाबुको यस्तो आज्ञा प्रतिवाद गर्ने सामथ्र्य राख्दैनन् । मात्र...

सेतो छडीको कथानक

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। 

आत्महत्याको बीउ : मोन्सान्टो

मोन्सान्टो इन्डियाको वेबसाइटमा लेखिएको छ, 'मोन्सान्टो एक कृषि कम्पनी हो। हामी नयाँ प्रविधि र आविष्कारको माध्यमबाट विश्वभरका कृषकलाई धेरैभन्दा धेरै उत्पादन गरी उनीहरूको जीवनस्तर माथि उठाउन सहयोग गर्दछौं।' साइटका तस्बिरहरूमा...

किताबी ठेलीमा उभिनुभएको शिव दाइ

मोतीराम भट्टद्वारा लिखित र आजभन्दा १२२ वर्षअघि प्रकाशित कवि भानुभक्तको जीवनचरित्र अंग्रेजीमा अनुवाद गर्दै थिए। अकृनको फोन आयो, 'दाइ, शिव दाइ बित्नुभयो।' 'मोतीरामलाई पाखा राखे, पिकदूत पढ्ने इच्छा थियो त्यसदिन।...

'टम ब्वाई' कमान्डर

'टम ब्वाई' कमान्डर

साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध...

आयुमा जीवन थप्ने चाड

तिहारलाई हामी यमपञ्चक भन्छौं । कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको यो पञ्चक पर्व काग तिहारबाट प्रारम्भ भएर कुकुर तिहार, गाई तिहार (लक्ष्मी पूजा), गोरु तिहार (...

दुई–दुई

एक रात। हालसालैको रात। म मस्त निद्रामा थिएँ। अचानक घरबाहिर कोही सुँक्कसुँक्क रोइरहेको आवाज आयो। आवाज क्रमशः तीव्र हुँदै गएपछि निदाउन सक्ने स्थिति रहेन। म घरबाहिर आएँ। गेट खोलेँ। आवाज...

खतरा जिएम खान्कीको

खतरा जिएम खान्कीको

अनुवांसिक गुण परिवर्तित (जिएम) बिऊबाट फलेका खाद्य वस्तु (जिएम फुड) बारे वहस भर्खर सुरु भएको छ। तर, राष्ट्रिय नीतिको अभावमा नेपाली जनजीवनमा यस्ता अप्राकृतिक खाद्यान्न दैनिक भोजनमा मिसिन थालिसकेका छन्–...