Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

विदेशीलाई भाइटीका

  • सोमबार १८ कार्तिक, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(1 Vote)
विदेशीलाई भाइटीका
'एसओएस बहिनी' नामक गैरसरकारी संस्थामा बस्दै आएकी पार्वती केसीले तीन वर्षअघि तिहारमा रसियन पर्यटक इरालाई दिदीको नाता जोड्दै सप्तरंगी टीका लगाइदिइन् । टीकापछि दिदिबहिनीको सम्बन्ध जोडेका उनीहरूले उति नै बेला उपहार साटासाट गरे । पार्वतीको हातबाट टीका थापेकी इरा पछि भेट्ने वाचा बाँधेर बिदाबारी भइन् ।
एक वर्षपछि नयाँ वर्षताक तिनै इरासँग पार्वतीको पोखरामै भेट भयो । दिदी–बहिनीको नाता जोडिसकेका उनीहरू भेटपछि निकैबेर गफिए। इराले बहिनीलाई सन्चो–बिसन्चो सोधिन् । दुवै धेरैबेर अंगालोमा बेरिए । यी दिदी–बहिनीको त्यसपछि भेट भएको छैन । इरासँग पुनः भेट हुने प्रतीक्षामा छिन् पार्वती।

'भाइटीकामा दिदी मानेर टीका लगाइदिएकी थिएँ । एक वर्षपछि पोखरामा भेट हुँदा निकै खुसी लाग्यो,' पार्वतीले भनिन्, 'एकै कोखबाट जन्मेकी दिदीले झैं हालखबर र सन्चो–बिसन्चो सोधिन् । आशा छ, उनी फेरि पनि पोखरा आउनेछिन् ।' पार्वती र इराको साइनो जोडिदिएको थियो, पश्चिमाञ्चल होटल संघको भाइटीका कार्यक्रमले ।

नेपाल घुम्न आएका विदेशी पर्यटकलाई भाइटीका लगाइदिएर संघले नयाँ सम्बन्ध विस्तार गर्ने पुलको काम गर्दै आएको छ । यसले दाजुभाइ नहुने दिदी–बहिनी र दिदी–बहिनी नहुने दाजुभाइबीच नयाँ सम्बन्ध विस्तार गर्नुका साथै बाह्य मुलुकसम्म नेपाली परम्परा र संस्कृति विस्तारमा सघाएको संघका अध्यक्ष हरि शर्मा बताउँछन् । नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन र आपसी भाइचारा गाँस्ने यो नयाँ तरिका बन्दै गएको उनको भनाइ छ ।

'यहाँको जस्तो संस्कार बाहिर हुँदैन । भाइटीकाको महŒव नेपाली नागरिकबाहेक विदेशीलाई थाहा छैन । त्यसलै पनि यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ,' शर्मा भन्छन्, 'प्रयोगका रूपमा यसलाई बढाउँदै लगेका छौं । यो नेपालको पर्यटन प्रवद्र्धनमा पनि कोशेढुंगा सावित भएको छ ।'

पश्चिमाञ्चल होटल संघले विगत सात वर्षदेखि भाइटीकाका दिन पोखरा घुम्न आएका विदेशी पर्यटकलाई टीका लगाइदिन थालेको हो । यसपटकको भाइटीका सातौं संस्करण । पहिलो वर्ष १० पर्यटकलाई टीका लगाएर महोत्सव सुरु गरिए पनि बर्सेनि संख्या बढिरहेको छ । यो वर्ष करिब ५० जना विदेशीले टीका लगाउने आयोजकको अपेक्षा छ ।

बर्सेनि गरिँदै आएको भाइटीका महोत्सवमा भाग लिन चाहने पर्यटकका लागि संघले आबद्ध होटलमार्फत सार्वजनिक रूपमा आह्वान गर्छ । विदेशीले प्रतिव्यक्ति १० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । उक्त शुल्कले खानासहित टीका लगाइदिने र बहिनीलाई दिइने उपहार व्यवस्था गरिन्छ । संघले नै उपहार किनेर ल्याइदिन्छ । टीका लगाइदिने बहिनीमार्फत विदेशीलाई उपहार हस्तान्तरण गरिन्छ । टीका लगाउन यहाँका विभिन्न बालगृहमा आश्रित बालिकालाई सहभागी गराइन्छ । महोत्सवमा महिला तथा पुरुष पर्यटकले भाग लिन पाउँछन् ।

पर्यटकलाई टीका लगाइदिने बहिनीहरूले तेलको धारो लगाउँदै घेरा हाल्छन् । एक–एकजना पर्यटकलाई टाउको र हातमा तेल लगाउँदै पूmलले पुज्छन् र सप्तरंगी टीका निधारमा लगाइदिन्छन् । टीका लगाएपछि बहिनीहरूले मखमली र सयपत्री मालाका साथमा ढाका टोपी लगाइदिन्छन् । एकछिन अघिसम्मका 'गोरा' त्यतिबेला नेपालीजस्तै देखिन्छन् । बहिनीहरूले थालभरि सेल, रोटी, विभिन्न मिठाई र स–साना प्याकेटका खानेकुरा हात–हातमा थमाइदिन्छन् । पर्यटकले उनीहरूलाई उपहार दिन्छन् ।

बालगृहमा बस्ने बहिनीहरूले दाजुभाइ र दिदी–बहिनी ठानेर पर्यटकलाई टीका लगाइदिने भएकाले उनीहरूलाई पनि अभिभावकत्व अनुभव हुने व्यवसायीको भनाइ छ । 'जो अभिभावक नभएर बालगृहमा बसिरहेका हुन्छन् । ती बालिकाले दाजुभाइ र दिदी–बहिनीका रूपमा विदेशीलाई पुज्न पाउँछन् । त्यस बेला उनीहरूले चेली–माइती पाएको अनुभव हुन्छ,' संघका पूर्वअध्यक्ष गोविन्दराज पहारी भन्छन्, 'यसले गर्दा कतिपय बालिकाको सम्बन्ध सधैंका लागि विस्तार हुन्छ भने व्यक्तिगत सम्बन्धमा पनि यसले सघाउँदो रहेछ ।'

कहिल्यै भेट नभएका बालिकासँग दाजुभाइ र दिदी–बहिनी बनेका पर्यटकको नयाँ सम्बन्ध विस्तार हुने भएकाले कतिपयले त पछिसम्म पनि सम्पर्क राख्छन् । 'बालगृहमा बस्ने बालिकाले टीका लगाइदिने भएकाले उनीहरूसँग व्यक्तिगत रूपमा टीका लगाएका पर्यटकले पछि पनि सम्पर्क गर्न सक्छन्,' पहारी भन्छन्, 'भाइटीकाको सम्बन्ध अरू नाताभन्दा बलियो हुन्छ ।' पर्यटन प्रवद्र्धनका लागि भावनात्मक सम्बन्ध विस्तारको यो शैलीले एकअर्काको सम्बन्धलाई प्रगाढ बनाउँदै लगेको उनको भनाइ छ ।

अस्टे«लिया, अमेरिका, फ्रान्स, जर्मनी, जापान, स्वीडेन, भारतलगायत मुलुकका पर्यटकले पोखरामा भाइटीका लगाइसकेका छन् । 'यसले एकातिर असहाय चेलीलाई अभिभावक पाएको अनुभूति गराउँछ भने अर्काेतिर दुई मुलुकबीच भाइचाराको सम्बन्ध स्थापित गराई नेपालप्रतिको आस्था बढाउँछ,' अध्यक्ष शर्माले भने । भाइटीका महोत्सवमा भाग लिनकै लागि पनि पर्यटक दोहोरिएर पोखरा आउन थालेका छन् । यसले एकअर्काको रहनसहन र संस्कृति आदानप्रदान गर्न सघाएको उनीहरू बताउँछन् । पोखरा आएका पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि तिहारले सघाएको व्यवसायीको भनाइ छ ।

सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई यसले सघाएको शर्मा बताउँछन् । 'दाजुभाइ र दिदी–बहिनीबीचको सम्बन्ध कस्तो हुने रहेछ भन्ने सन्देश प्रवाहमा पनि महोत्सव प्रभावकारी बनेको छ,' उनले भने ।
डल्लो

डल्लो

पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको...

माछा खान कुलेखानी

बिजुली निकाल्न बाँध बाँधेपछि ताल बनेको मकवानपुरको इन्द्रसरोवर आन्तरिक पर्यटक रमाउने गन्तव्य बनेको छ। विशेषतः काठमाडौं र हेटौंडामा बस्नेहरू शनिबार र अन्य बिदाका दिन माछा खान कुलेखानी पुग्छन्। त्यहाँ तालमा...

भुटानमा मर्दै नेपाली भाषा

भुटानमा मर्दै नेपाली भाषा

नयाँ दिल्ली (भारत)– बिजनेस भुटान साप्ताहिककी संवाददाता अलका कटुवाल नेपाली भाषा बुझ्न त बुझ्छिन, तर उनको लवज नेपाली नै हो भनेर खुट्याउन एकछिन समय लाग्छ। शब्दपिच्छे भुटानी राष्ट्रिय भाषा जोङ्खाको...

नेपाली कूटनीतिका ऋषि

नेपाली कूटनीतिका ऋषि

मैले दस वर्षको उमेरमै यदुनाथ खनालको नाम सुनेको थिएँ, २०१८ सालतिर। मेरा पिताजीले लेख्नुभएको किताब 'भानुभक्त आचार्यको सच्चा जीवन चरित्र'मा खनालको भूमिका थियो। उहाँको प्रशंसा गर्दै मेरा पिताजीले भन्नुभयो, 'उहाँजस्तो...

कहिले छोड्ला गरिबीले!

कहिले छोड्ला गरिबीले!

सुत्केरीबाट तंग्रिँदै गर्दा आफू आमा हुनुको खुसी श्रीमान्सँग साट्न चाहन्थिन्। तर श्रीमान् टाढा–टाढा हुँदै गए। 'छोरी जन्मेको १० दिनमै अर्की ल्याए,' ओखलढुंगाकी भूमा दाहाल भन्छिन्, 'लोग्ने नै साथमा नभएपछि कसको...

२०१३ का चर्चित

२०१३ का चर्चित

२०१३ हामीबाट बिदा भइसकेको छ। नयाँ वर्षको सुरुवात भइसक्यो। २०१३ मा निकै फिल्म आए। तिमीले फुर्सदमा फिल्म हेर्‍यौं हौला पनि। तिमीलाई २०१३ मा मनपरेका कुनै फिल्म छन् कि? पुरानो वर्षलाई...

गजबका किट्स

गजबका किट्स

तिमीले पजल खेलेका छौं? घरमा नभए स्कुलमा खेलको हुनुपर्छ। पजल खेल्न खुब मज्जा हुन्छ है। आफुलाई मनपर्ने कार्टुन पात्र वा फिल्मको पजल खेल्न पाए त झन् मज्जा। अनि दिमागी कसरत...

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...