Tuesday 13 Jestha, 2077 | May 25, 2020
Menu

नागरिक शनिबार

उज्यालो पर्व

  • १६ कार्तिक, २०७०
  • फणीन्द्र संगम
  • DISQUS_COMMENTS
(1 Vote)
उज्यालो पर्व
दिदीबहिनीको हातबाट टीका लगाउँदा दाजुभाइको मुहारमा झल्कने खुसी दीपावलीको उज्यालोभन्दा कम हुँदैन । त्यसैले त खुसी, उमंग र उज्यालोको पर्व बनेको छ, तिहार । घरघरमा गरिने दीपावलीले पनि जीवनको अन्धकार पक्ष हटाउँदै उज्यालोतर्फको यात्राको सन्देश दिइरहेको हुन्छ । चेली–माइतीको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने पर्वमात्रै नभई तिहारको सामाजिक–सांस्कृतिक महत्व त छँदै छ; साथै यसले मानिस र पशुपंक्षीबीचको सम्बन्धलाई गाँसेको छ । काग, कुकुर, गाई र गोरुको पनि पूजा गरिने यो पर्वले मानव जीवनसँग पशुपंक्षीको प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्धको महत्वलाई देखाउँछ ।
मानव सभ्यतापछि कृषिकर्मको थालनी भएसँगै पशुप्राणीको सम्मान र पूजा गर्न थालिएको इतिहास पाइने बताउँछन्, डा. तीर्थबहादुर श्रेष्ठ । तिहारमा पूजा गरिने घरपालुवा पशु हुन् वा फिरन्ते पंक्षी काग, तिनलाई गरिने पूजासँग मानिसको दैनिक व्यहार र कृषिकर्मसँग जोडिएको छ । 'मान्छेले सबभन्दा पहिले पालेको प्राणी नै कुकुर हो,' श्रेष्ठले भने, 'घरको रक्षक र आज्ञापालक प्राणी कुकुरलाई त्यही समयदेखि नै माया गर्न थालिएको हो ।'

तिहारमा हुने गरेका धेरै पूजा कृषिसँग सम्बन्धित छन्, प्रत्यक्ष वा अप्रत्यक्ष । लक्ष्मीका रूपमा पूजा गरिने गाई, अन्नबाली उत्पादनका लागि खेत–बारी जोतेर सहयोग पुर्‍याउने गोरु र कीराफट्यांग्रा खाइदिएर अन्नबाली जोगाइदिने काग; तिनको आफ्नै महत्व छ । यमराजको दूतसमेत रहेको कागलाई रिझाउन सके यमराज खुसी हुने जनविश्वास छ । कागलाई रत्याएर राख्न सकिन्न तर सधैं मानिसकै वरपर बस्न रुचाउँछ । 'कागको पूजा गरेकै दिन आयुर्वेदका देवता धन्वन्तरीको पनि पूजा हुने गर्छ,' श्रेष्ठ भन्छन्, 'यस अर्थमा पनि आयुको महत्वलाई बुझ्न सकिन्छ ।' कागले अमृत चोरेर खाएर आई दूबोमा चुच्चो दलेकाले दूबोलाई पनि महŒव दिन थालियो । 'कुनै पनि धार्मिक कार्यमा दूबोको प्रयोग गरिएकै हुन्छ ।

***
प्राचीन समयदेखि दाजु–बहिनीको विशेष भेटको सन्दर्भबाट तिहारको सुरुवात भएको मानिन्छ । चेली–माइतीको प्रगाढ सम्बन्धलाई तिहारले अझ मजबुत बनाउँछ। लामो समयसम्म भेटघाट नभएका दाजुभाइ र दिदीबहिनीबीच भेट गराउने भावनात्मक चाड तिहारले आपसी सम्बन्धलाई दिगो बनाइराख्छ।

धार्मिक कथनका आधारमा मानिँदै आएको तिहार नेपाल, भारतलगायत हिन्दु धर्म मान्ने अन्य देशमा पनि मनाइन्छ । दसैंपछिको दोस्रो ठूलो पर्व तिहार नेपालको राष्ट्रिय पर्व हो ।

दसैंमा शक्तिकी प्रतीक दुर्गादेवीको विशेष पूजा–आराधना भएजस्तै तिहारमा धनकी देवी लक्ष्मीको पनि विशेष पूजा हुन्छ । टीकाका दिन टीका नलगाएसम्म केही खानुहुन्न भन्ने विश्वास छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सात किसिमका टीकाको रङले रंगीन खुसी र उमंग झल्काउँछ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा भइरहन्छ भन्ने विश्वास पनि छ ।

सांस्कृतिक घुलमिल

तिहारकै बीचमा नेवारहरू म्हपूजा गर्छन् । किरातहरू भने बलिहाङ तङ्नामको नामबाट तिहार मनाउँछन् ।

म्ह भनेको शरीर हो । शरीरलाई नै देउता मानेर शरीर र आत्माको पूजा हुन्छ । अन्य हिन्दु धर्मावलम्बीले झैं तिहार मनाए पनि नेवारका लागि म्हपूजा थप संस्कृति हो । औंसीको रातपछि उदाउने चन्द्रमाबाट नयाँ वर्ष सुरु हुने मान्यता छ, सोही दिन अर्थात् गोवद्र्धन पूजाका दिन म्हपूजा पर्छ । यो दिन सबै जात–धर्मलाई स्वागत र सम्मान गर्ने गरिन्छ । म्हपूजाका दिन नेवारको घरमा आउने जुनसुकै जात र धर्म मान्ने भए पनि प्रवेश पाउँछन् र जे छ त्यही खुवाएर सम्मानपूर्वक पठाउने गरिएको छ ।

उपत्यकाका नेवारहरू देउसी–भैलो खेल्दैन थिए । अहिलेका नयाँ पुस्ता भने यसमै रमाउन थालेका छन् । 'हाम्रो संस्कृतिमा देउसी–भैलो खेल्नुहुन्न भन्ने थियो,' श्रेष्ठले थपे, 'अन्य जाति सम्प्रदायसँग नेवार समुदाय पनि घुलमिल हुन पुग्यो, अन्य पनि नेवार संस्कृतिसँग जोडिएका छन् ।'

किरातहरूले भने कुनै समयका किराती राजा बलिहाङको सम्झनामा यो चाड मनाउने गर्छन् । जनताप्रति उदार शक्तिशाली राजा बलिहाङ एक्कासि बिरामी परेपछि उनी मृत्युको नजिक पुग्छन् । जीवनरक्षाको कामना गर्दै सम्पूर्ण किरात दीपावली गर्न थाल्छन् । मृत्युको मुखसम्म पुगिसकेका राजा भोलिपल्ट उदाउँदो सूर्यसँगै ब्युँझन्छन् । यही खुसीयालीमा उनको दीर्घायु र जयजयकार गर्दै किराती जनता 'तिहाहा' (जय होस्) भन्दै सबैतिर सन्देश बाँड्दै हिँड्छन् । औंसीको भोलिपल्टदेखि तीन दिनसम्म लारिंगे र नाम्लिंगे गाउँदै गाउँगाउँ डुल्ने प्रचलन आज पनि छ । यसैलाई उनीहरूले देउसी–भैलोको रूपमा विकास गरेका हुन् ।

भाइटीका नलाए पनि देउसी खेल्ने, खाने र एकापसमा खुसीयाली साट्ने प्रचलन किरातहरूमा देखिन्छ । 'हाम्रो लिम्बू संस्कृतिमा चेली–माइतीमा फूलमाला साटासाट गर्नुहुन्न भन्ने छ,' इलामका सञ्चारकर्मी सन्तोष नेम्बाङ भन्छन्, 'तर पनि हिन्दु संस्कृतिको सम्मान गर्दै आफ्नै तरिकाले तिहार मनाउने गरेका छौं ।' उनीहरू काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्दैनन् । नयाँ पुस्तामा भने अनुसरण गर्नेहरू केही देखा परेको उनी सुनाउँछन् । 'संस्कृति अनुसरण गरिन्छ, लादिन्छ या त छोडाइन्छ,' उनले भने, 'किरात संस्कृतिमै अध्ययन–अनुसन्धान गर्नेहरू यसमै लागेका छन् भने केहीमा सांस्कृतिक घुलमिलको प्रभाव देखिएको छ ।'

किरातहरूमा मात्र होइन हिन्दु धर्मइतरका जाति–जनजातिमा पनि सांस्कृतिक प्रभाव देखिन्छ । पहिले देउसी–भैलो नखेल्ने नेवारहरू हुन् या बलिहाङ तङ्नाम मनाउने किरातहरू, तिहारको यो प्रभावले फरक संस्कृतिबीच घुलमिल गराएको छ ।

पौराणिकता

हिन्दु धर्मशास्त्रअनुसार परापूर्वकालमा मृत्युका राजा यमराज यमलोकमा बस्थे । उनी पृथ्वीमा आएका बेला भेट गर्न बहिनी यमुनाले निमन्त्रण गरिन् । निम्तो स्वीकार गरी पा"च दिनसम्म बहिनीकैमा खुसीयालीपूर्वक बसे । यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र आशीर्वाद लिइन् । यसबाट हर्षोत्फुल्ल बनेका यमराजले बहिनीलाई वर माग्न लगाए । यमुनाले 'हरेक वर्È आजकै दिन आफूलाई भेट्न आउनुपर्ने र आफ्नो हातको टीका लगाउनुपर्ने' भन्दै दाजुको दीर्घायु र कीर्तिको कामना गरिन् । यही प्रसंग जोडेर त्यहीबेलादेखि भाइटीकाको प्रारम्भ भएको विश्वास छ । यमराज बहिनीकहाँ पाँच दिन बसेकाले तिहारलाई यमपञ्चक पनि भन्ने गरिएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहारबाट सुरु हुने यो पर्व कात्तिक शुक्ल द्वितीया भाइटीकासँगै समापन हुन्छ ।

तिहारका पाँचदिन


काग तिहार
तिहारको पहिलो दिन काग तिहार हो । अत्यन्त चलाख पंÔी मानिएको कागको पूजा यही दिन हुन्छ । कागलाई सर्वभÔी प्राणीका रूपमा लिइन्छ । यमराजको सन्देश सुनाउने यमदूतको प्रतीक समेत रहेको कागले अन्नबालीमा लाग्ने कीराहरू खाइदिएर कृषकको अन्नबाली नोक्सानी हुनबाट जोगाउँछ । फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्नुका साथै भूकम्प वा कुनै दैवी विपत्ति आउँदा पहिले थाहा पाउने काग ग्रहण लागेका बेला कराउने गरेको छ ।

कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन घरको रक्षक र यमराजको दूतसमेत रहेको कुकुरको पूजा गर्दै कुकुर तिहार मनाइन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । घरको आज्ञापालक र रक्षक कुकुरले प्राकृतिक प्रकोप वा विपत्तिका बेला पनि सूचना दिन्छ । भैरवको बाहन कुकुरलाई मन पर्ने खानेकुरा दिई फूलको माला लगाई यसदिन पूजा गरिन्छ ।

गाई तिहार
हिन्दुहरूका लागि गाई लक्ष्मी वा गौमाता हुन् । लक्ष्मीलाई धन्यधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानिन्छ । कात्तिक कृष्ण औंसीको रात अन्धकारमय हुन्छ । यो कालरात्रिलाई उज्यालो बनाउन घर–घरमा बत्ती बालेर लक्ष्मीको आह्वान गर्ने गरिन्छ । लक्ष्मीको प्रतीक गाईको सोही दिन पूजा हुन्छ ।

गाईको गहुँत वा गोबरको प्रयोगले कुनै पनि धार्मिक कामलाई पवित्र बनाउने हिन्दु संस्कार छ । गाउँघरतिर गाईको गोबरले घर–आ"गन लिप्ने तथा कोठा र चोटामा गहुँत छर्किएर ती स्थानलाई पवित्र तुल्याउने गरिएको छ । यही दिन धनधान्यकी देवी लक्ष्मीको पूजा हुन्छ । चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्न थाल्छन् । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ ।

गोरु तिहार
गोरु तिहार, हली तिहार वा गोवद्र्धन पूजा चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवद्र्धन गोकुलनजिकै रहेको एक पर्वत हो । भगवान कृष्ण गोकुलमा गोपालहरूसँग बस्थे। गोपालहरू देवताका राजा इन्द्रको पूजा गरिरहन्थे । यो देखेर कृष्णले केही नदिने इन्द्रको पूजा गरिरहनुभन्दा घाँस, पानी, दाउरा र खनिज दिने गोवद्र्र्धन पर्वतको पूजा गर्न सुझाए । त्यसमा राजी भएका सबैले गोवद्र्धन पर्वतको पूजा गर्छन् । आफूलाई छोडेर गोवद्र्धन पूजामा लागेका गोकुलवासीसँग क्रुद्ध बनेका इन्द्रले घनघोर असिना–पानीको वृष्टि गराउ"छन् तर भगवान कृष्णले गोवद्र्धन पर्वतलाई हातले उचाली गोकुलवासीलाई आश्रय दिन्छन् । पछि हार स्वीकार गरी इन्द्रले कृष्णसमÔ Ôमा माग्छन् । यसरी सोही समयदेखि गोवद्र्धन पूजाको आरम्भ भएको मानिन्छ ।

भाइ तिहार
तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ । चेलिबेटीले आफ्ना माइतीलाई विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ । तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अÔता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन् । उनीहरूले सगुनका रूपमा दही पनि खुवाउँछन् ।

दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महŒव छ । मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियै रहिरहन्छ ।
'टम ब्वाई' कमान्डर

'टम ब्वाई' कमान्डर

साढे दुईतले घरको पहिलो भर्यारङ उक्लेपछि देब्रेतिर एउटा कोठा छ। ठूलो कोठाभित्र एउटा टेलिभिजन छ। टेबलमा औषधि र थर्मस राखिएका छन्। कोठाको एउटा कुनामा बेड। बेडमा सुतिरहेकी छन्, एक वृद्ध...

चिन्तन कि गन्थन

लेखकले आफ्ना सिर्जनालाई समाजले हेरिदेओस् भन्ने कि आफूले चाहिँ समाजलाई हेर्ने? कुन लेखकको दृष्टिकोण के हो भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। लेखकका कुनै पनि रचनाको प्रभाव र टिकाउपन कति छ...

नयाँ आवाज, सुन्दर सुरुवात

नयाँ आवाज, सुन्दर सुरुवात

आफूसँग खेल्दा खेल्दै साथी खोलामा बग्छ। आफूले बालसुलभ चियोचर्चो गरिरहेको जोडीबीच मृत्युको बादल मडारिन्छ। एउटा गाउँमा नवनिर्माणका लागि पुगेको बहुराष्ट्रिय कम्पनीको प्रवेश र त्यससँगै आएको परिवर्तनले मानवीय सम्बन्धमा ह्रास आउन...

हिंसाले पुर्‍याउँछ सडकमा

दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको...

घामको झुल्को

घामको झुल्को

प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँ लाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय अन्तुवासी अचेल सन्तोषको सास फेर्दै छन्। सात वर्षसम्म हरेक मंसिरमा महोत्सव गर्दै, विकास निर्माणमा जुट्दै र प्रचारमा समय खर्चिंदै आएका...

डेढ लाखको बोका : छटपटाइरहेको खसी

हजुरबाले पूजा गरेको, टोलमा पिङ खेलेको र ट्रेलिन्जको कमिज लगाएर मनाएका दसैं मह जोडीका यादगार दसैं हुन्। बच्चा बेलाको दसैं कति रमाइलो! घरघरमा पूजा–आराधना। खुलेको आकाश र घमाइलो मौसम।

डिस्कदेखि डिजिटल

तत्कालीन राजा महेन्द्र संगीतका सौखिन थिए। उनी दिनहुँजसो गीत सुन्न कलाकारलाई बोलाउँथे। उनीसँगै रानी रत्नराज्यलक्ष्मी पनि संगीतको सारेगममा मन्त्रमुग्ध बन्थिन्। वर्षौंदेखि दरबारमा गीत गाउँदै आएका कलाकारले गीत रेकर्डका लागि चासो...

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा जित्ने शब्दहरू जसले ठट्टैमा बैंस बिताए

जगदम्बा–श्री पुरस्कार घोषणा भइसक्दा समेत कवि/गीतकार रत्नशमशेर थापाले पत्तो पाएका थिएनन्। उनलाई खुसीको तात्तातो खबर सुन्नबाट वञ्चित गरिदियो– चोरिएको टेलिफोन तारले। आफ्नै खबर टेलिभिजनको स्क्रोलमा खरर्र कुदेको हेर्न दिएन– लोडसेडिङले।