Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

नागरिक शनिबार

असललाई मेरो भोट

(1 Vote)
सुनिल पोख्रेल, रंगकर्मी
मतदाता, ललितपुर क्षेत्र नम्बर ३
चुनावमा मत राख्न पाउनु मेरो अधिकार हो। अहिलेको चुनावप्रति म केही उत्साहित छु, केही निराश। चुनावकै मुखमा देशका धेरै ठाउँ घुम्ने मौका पाएँ। धेरै मान्छे मजस्तै निराश छन् तर चुनावप्रति सकारात्मक पनि देखिए। चुनावपछि केही निकास आऊला भन्ने आशाले उनीहरू मंसिर ४ पर्खिरहेका छन्।

२०४८ सालको चुनावमा ललितपुरबाट पहिलोपटक भोट खसालेको थिएँ। त्यो बेला गज्जब थियो। सबैको मनमा जस्तै ममा पनि उत्साह  र उमंग थियो। धेरै समयपछि भोट राख्न पाएका थियौं। देशमा अब केही नयाँ हुन्छ भन्ने आशा बोकेको थिएँ। लाइन लागेर भोट हालेपछि आनन्द लागेको थियो।
आगामी संविधानसभा चुनावका लागि व्यक्तिगत रूपमा मसँग भोट माग्न केही उम्मेदवार दाइहरू आउनुभएको छ। तर, म कुनै पार्टीविशेषलाई हेर्दिनँ। जुनसुकै पार्टीबाट उठेको होस्, असल व्यक्ति छान्छु। अघिल्लो चुनावमा दिएको भोट खेर गयो। तैपनि यसपटक सदुपयोग होला कि!
अहिले हामीसँग चुनावबाहेक अरू विकल्प नै छैन। अबको संविधानसभाबाट संविधान बन्ला भन्ने आशा छ। अगाडिका भन्दा यो चुनाव सभ्य हुने सम्भावना देखेको छु। भयरहित वातावरणमा हुन्छ भन्ने लागेको छ। मतदाता कति उत्साहित हुन्छन्, त्यसमा भर पर्छ। यसपटक सरकारले सुरक्षा व्यवस्था थप मजबुत बनाएको महसुस भएको छ। नाटक देखाउँदै विकट ठाउँमा हिँडिरहेको छु। बन्दले मलाई खासै असर पारेको छैन।
मतदान सबैको अधिकार हो। सबैले उपयोग गर्नुपर्छ।
घाटका डाक्टर

घाटका डाक्टर

पशुपति आर्यघाटको छेवैमा छ– पशुपतिनाथ आर्यघाट सेवा केन्द्र। आर्यघाटमा ल्याइएको भौतिक शरीर जब खरानीमा परिणत हुँदै कालो धुवाँ बनेर उड्न थाल्छ, केन्द्र त्यहीँ धुवाँको भुमरीमा छोपिएझैं लाग्छ। हिन्दु धर्मावलम्बीहरूको पवित्र...

टुहुरो

एकाएक घरमा बुबाको मृत्युको खबर पस्यो। घरमाथि आँपको फेदबाट काकाले घरमा बुबाको मृत्युको खबर पठाउनुभएछ । बुबाको किरिया काकाले नै बस्नुपर्ने भएकोले उहा" घरमा पस्नु हुन्थेन। घरमा रुवाबासी कोलाहल र...

गलैंचामा बुनिएको जिन्दगी

चाबहिल, रामहिटीको रोल्पा कार्पेटमा दर्जनौं हातहरू गलैंचा तानमा सल्बलाइरहेका थिए । आफूभन्दा अग्लो तानामा खट हालेर धागो उन्दै थिइन्, चिनिमाया तामाङ।

चौबिस वर्षपछि माइत

'एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ।माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने...

'महान् सहिद'मा रातो धर्का

कवि इच्छुकको बारेमा सम्झन लायक 'ठूल्ठुला' प्रसंगहरू नहुने नै भए। २०५८ सालताका म एउटा सानो 'कमरेड कवि' त्यसमा पनि अन्तर्मुखी। जिब्रोमो 'चिप्लो पदार्थ'को कमी भएको म ठूल्ठुला कमरेडहरूसँग त्यति सजिलै...

थोते साइँलो

थोते साइँलो जिल्ला प्रशासन कार्यालयका सुब्बासँग बाझिरहेको छ। थोते साइँलोको असली नाम गोविन्द लिम्बू हो। उसले नसुन्ने गरी अरूले ‘थोते साइँलो' भन्छन्। मान्छेले आफूलाई थोते भन्छन् भन्ने उसलाई पनि थाहा...

धन्न धानेका छन् विभागीयले

धन्न धानेका छन् विभागीयले

चार वर्षअघि चीनको ग्वान्झाउमा भएको १६ औं एसियाली खेलकुदको मार्चपासमा नेपाली सेनाका भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले राष्ट्रिय झन्डा बोकेका थिए।

भूतमान्डु

कानमा कसैले मुखै जोडेर बोलेजस्तो लागेको थियो। खासमा मेरो कानको भित्रपट्टि उडुसले फन्का लगाइरहेको रै'छ। ब्युझँदा म ठमेलको कुनै थोत्रो र सस्तो होटेलको पुरानो पलङमा लम्पसार परेको थिएँ। सिरानीबाट रक्सीको...