Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

नागरिक शनिबार

प्रक्रियामा विश्वास

  • १ मंसिर, २०७०
  • स्वरुप आचार्य
  • DISQUS_COMMENTS
(1 Vote)
डा. भगवान कोइराला
मतदाता, काठमाडौं क्षेत्र नम्बर– ५

आम नेपाली मतदाताझैं चिकित्सक डा. भगवान कोइराला पनि मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा भोट हाल्न आतुर छन्। आफूले चाहेको उम्मेदवारलाई जिताएर संविधानसभामा पठाउने धोको उनको छ। डा. कोइरालाले यसअघि दुईपटक मतदान गरेका छन्। पहिलो संविधानसभाको चुनाव र ०५६ सालको आम चुनावमा।


निकै व्यस्त रहे पनि चुनावमा जसरी पनि भोट हाल्न जाने उनको इच्छा छ। '०५६ मा भएको आम चुनावमा भोट हालेँ। त्योभन्दा अघि पढाइ र काममै व्यस्त भएकोले केके भयो केके?' उनले भने।
प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने हो भने प्रक्रियामा पनि विश्वास गर्नुपर्छ भन्छन्, उनी। पहिलो संविधानसभाले संविधान दिन नसके पनि देशमा पुनः संविधान बनाउने प्रक्रिया सुरु हुन लागेकाले यस प्रक्रियामा आफ्नो पूर्ण प्रतिबद्धता रहेको उनी बताउँछन्।

डा. कोइरालाका अनुसार पहिलो संविधानसभाले संविधान दिन नसक्नुमा धेरै कारण छन्। उनको विचारमा यदि राजनीतिक पार्टी र तिनका नेताले आफ्नो र पार्टीको स्वार्थभन्दा माथि राष्ट्रिय स्वार्थबारे नसोची केही हुनै सक्दैन। भन्छन्, 'पहिलो संविधानसभाले संविधान दिन सकेन त्यसमा विभिन्न कारण होलान्। तर, प्रमुख कारण पार्टीहरूले राष्ट्रिय स्वार्थभन्दा माथि आफ्नो पार्टीगत स्वार्थलाई राखेकैले हो।'

चुनावका लागि केही दिनमात्र बाँकी रहे पनि आम जनतामा भने पहिलो संविधानसभामा देखिएको उत्साह अहिले देखिएको छैन। डा. कोइरालालाई पनि जनताको उत्साहमा कमी आएको जस्तो लागेको छ। तर, चुनावी प्रक्रियामा देश गइसकेको अवस्थामा यसले निकास दिनेमा भने उनी आशावादी छन्। उनी भन्छन्, 'यो संविधानसभाको चुनावबाट पनि संविधान आउँछ भन्नेमा मलाई चिन्ता छ। तर, जे भए पनि हामीले प्रक्रियामा विश्वास गर्नुपर्छ। मैले मेरो व्यक्तिगत तर्फबाट संविधान बन्न जे जस्तो सहयोग गर्न सक्छु गर्छु।'

डा. कोइराला कुनै एक पार्टीभन्दा पनि पार्टीभित्र रहेका व्यक्तिबाट आशावादी छन्। उनी भन्छन्, 'मेरो आफ्नो आकलन त छ। तर, मैले अहिले त्यो भन्दिएँ भने त्यसले आम मतदातालाई पनि असर गर्न सक्छ। त्यही कारण म कसलाई भोट हाल्छु वा कसले जित्छ भन्दिनँ।'

त्यो बालापन

९५ वर्ष पुग्नै लागेका संस्कृतिविद् सत्यमोहन जोशी बिहानीको तातो घाम खोज्दै आँगनमा रहेको सोफामा बसे। अग्ला घर छिचोल्दै घामका किरण आँगनमा छरिएका थिए। सहर यस्तो भइसक्यो, निर्वाध घामका किरण आँगनसम्म...

सत्ता परिक्रमामा अल्झेको संस्कृति

'पण्डित ओमकारनाथजी आफ्नो एउटै गीतबाट जति प्राप्ति महशुस गराउन सक्छन्, म अनेकौं भाषणबाट पनि त्यस्तो प्राप्ति महशुस गराउन सक्दिन।' महात्मा गान्धीले शास्त्रीय गायक ओमकारनाथ ठाकुरको कलाकारितामाथि त्यस्तो उच्च भावको टिप्पणी गरेका...

हिंसाले पुर्‍याउँछ सडकमा

दुई हप्ताअघि राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन (कोसिस) का अध्यक्ष मातृका देवकोटाको मोबाइलमा रिङ बज्यो। दोलखाका एक सरकारी अधिकारी भन्दै थिए, 'एउटी बहुलाहीले बच्चा जन्माएकी छे। बच्चा बालमन्दिरमा पठाइदिन्छौं, उसको...

सम्पादकको अवशान

सम्पादकको अवशान

केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये...

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

मन्त्रीकी छोरी ! प्रसूति छोडेर बैंकतिर

क्लिन इनर्जी बैंककी महाप्रबन्धक वर्षा श्रेष्ठ राजनीतिक वातावरणमा हुर्किइन्। बाबु होमबहादुर श्रेष्ठ पञ्चायतकालका प्रभावशाली मन्त्री थिए। घरमा राजनीतिक जमघट भइरहन्थ्यो। दाइ र दिदीहरू चासो राख्थे, तर वर्षालाई कुनै मतलब थिएन।...

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

जसले महिलालाई हतियार बोक्न सिकाइन्

जसले महिलालाई हतियार बोक्न सिकाइन्

नानी जन्माएकै दिन घाँसदाउरा खेप्ने आमाका कहर देखेरै उनी सानैदेखि समाज र राजनीतिप्रति जिज्ञासु बनिन्। कक्षा ६–७ सम्म पढ्दा उनमा राजनीतिक चेतना पैदा भइसकेको थियो।

ठमेल ‘बनाउने' बुवा

ठमेल ‘बनाउने' बुवा

बुवालाई गुमाएको ४५ दिनजति भएको थियो। नयाँ स्वरूपमा निर्माण गर्न पूरै भत्काइएको लाजिम्पाटस्थित होटल एम्ब्यासडरको ढुंगामाटोको थुप्रोमाथि उभिइरहेको थिएँ। पारि सडकमा स्कुटर रोकेर लगभग ७० वर्ष हाराहारी देखिने एक वृद्धले...