Monday 24 Chaitra, 2076 | April 06, 2020
Menu

विचार

दयानन्द बज्राचार्य

दयानन्द बज्राचार्य

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

चकलेट र नोबेल पुरस्कार

  • विचार
सन् २००३ मा कोरियन एकेडेमी अफ साइन्स एन्ड टेक्नोलजी (कास्ट)का अध्यक्ष प्रोफेसर इन क्यु हानको निमन्त्रणामा कास्टले आयोजना गरेको विज्ञान सम्मेलनमा भाग लिन दक्षिण कोरियाको राजधानी सोल गएको थिएँ। प्रोफेसर हानले सम्मेलनमा सहभागी ७ जना नोबेल पुरस्कार विजेता र यस पंक्तिकारलगायत केही विदेशी वैज्ञानिकलाई कोरियाका तत्कालीन राष्ट्र्रपति रोह मुह्युनसँग राष्ट्र्रपति भवनमा भेटघाट कार्यक्रम आयोजना गरेका थिए। भेटघाट कार्यक्रममा राष्ट्र्रपति रोहले नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई सोधेका थिए – 'नोबेल पुरस्कार प्राप्त गर्न वैज्ञानिकमा के कस्ता गुण हुनु जरुरी छ?।' प्रत्युत्तरमा नोबेल पुरस्कार विजेता भौतिकशास्त्री इभार गिभरले भनेका थिए – 'कुनै पनि वैज्ञानिकले नोबेल पुरस्कारको पूर्वयोजना बनाएर अनुसन्धान गर्न सम्भव छैन। तर पुरस्कारको महत्वाकाङ्क्षा राख्ने व्यक्ति अध्ययनशील, कल्पनाशील, परिश्रमी, दृढनिश्चयी र अलिकति भाग्यमानी हुनुपर्छ।' इभार गिभरको भनाइसँग अन्य नोबेल पुरस्कार विजेता वैज्ञानिक पनि सहमत थिए। नभन्दै, अधिकांश नोबेल पुरस्कार विजेता वैज्ञानिकमा त्यस्ता गुण पाइन्छन्। तर हालै गरिएको एक अध्ययनले नोबेल पुरस्कारसम्बन्धी नयाँ रहस्य प्रकाशमा ल्याएको छ। त्यो हो – चकलेट र न्ाोबेल पुरस्कारबीचको सम्बन्ध। अमेरिकाको कोलम्बिया विश्वविद्यालयका चिकित्सक फ्रान्स मेसर्लीद्वारा सन् २०१२ को अक्टोबरमा 'न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन'मा प्रकाशित एक खोजमूलक लेखअनुसार प्रतिव्यक्ति चकलेटको खपत बढी हुने राष्ट्रमा अन्यत्रका तुलनामा बढी नोबेल पुरस्कार विजेता पनि धेरै हुनेगरेको पाइन्छ।

नोबेल पुरस्कार पाउने प्रतिभा

  • विचार
सन् २०१३ का नोबेल पुरस्कार विजेताको नाम केही दिनअघि घोषणा भइसकेको छ। नोबेल पुरस्कार विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक एवं विस्फोटक पदार्थ 'डाइनेमाइट'का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो। सन् १८३३ मा जन्मेका नोबेलले डाइनेमाइटको व्यापारबाट निकै पैसा कमाए र धनी भए। नोबेल अविवाहित थिए। सन् १८९६ को डिसेम्बर १० मा देहान्त हँुदा उनका कुनै उत्तराधिकारी थिएनन्। उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन्। सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे। उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो। सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान गर्न थालिएको हो।

जलवायु परिवर्तन र द्वन्द्व

  • विचार
केही दशकदेखि पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ। वैज्ञानिकहरूका अनुसार यसो हुनुको प्रमुख कारण तीव्र औद्योगीकरण तथा सहरीकरण, जैविक इन्धनको अत्यधिक खपत, वन जङ्गलको व्यापक विनाश, कृषिको विकासजस्ता मानवसिर्जित गतिविधिबाट उत्पन्न कार्बनडाइअक्साइडजस्ता ग्यासको मात्रा वायुमण्डलमा अत्यधिक वृद्धि हुनु हो। वायुमण्डलमा कार्बनडाइअक्साइड ग्यासको मात्रा बढेकाले सूर्यको किरणले उत्पन्न हुने सौर ताप पृथ्वीबाट अन्तरिक्षमा फर्कने प्रक्रियामा अवरोध पैदा भएको छ।

विज्ञान दिवसको सन्देश

  • विचार
गत असोज १ गते 'विज्ञान र प्रविधिः देशको समृद्धि'को नारासहित विज्ञान प्रविधिसम्बन्धी विभिन्न कार्यक्रम गरी देशमा पहिलोपल्ट राष्ट्रिय विज्ञान दिवस मनाइयो। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले विशेष समारोहको आयोजना गरेको थियो।

विज्ञान दिवसका सन्दर्भमा

  • विचार
आउँदो असोज १ गते (२०७० ) देशमा पहिलोपल्ट राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ। विज्ञान प्रविधिसम्बन्धी विभिन्न कार्यक्रम गरी मनाइने यस दिवसको नारा 'विज्ञान र प्रविधि देशको समृद्धि' भन्ने रहेको छ। विज्ञान दिवस मनाउनुको मूल उद्देश्य जनमानसमा वैज्ञानिक चेतना अभिवृद्धि र देशमा विज्ञान प्रविधिको विकास गर्न मद्दत पुर्‍याउनु हो।

अनुसन्धान संस्कृतिको विकास

  • विचार
विज्ञान र प्रविधिको यस युगमा कुनै पनि देशको समग्र विकासमा विज्ञान विषयको अध्यापन र अनुसन्धानको महत्वपूर्ण भूमिका हुन्छ। नेपालमा विज्ञान विषयको अध्यापन सुरु भएको झन्डै एक शताब्दी हुन लागेको छ। यसैगरी देशको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना भएको आधा शताब्दी बितिसकेको छ।  पछिल्लो समयमा विज्ञान प्रविधि विषयको अध्यापन गरिने थुप्रै शैक्षिक संस्था देशमा स्थापना भएका छन्। फलस्वरूप, देशमा विज्ञान प्रविधि विषयको अध्यापन कार्यमा तीव्रता आएको छ तर वैज्ञानिक अनुसन्धानको संस्कृति भने आजसम्म राम्ररी विकास हुनसकेको छैन।

पुस्तक लेख्दाको अनुभव

  • विचार
सन् १९६६ मा म त्रिभुवन विश्वविद्यालयको सेवामा उपप्रध्यापक पदमा प्रवेश गरेको थिएँ। म कीर्तिपुरस्थित वनस्पति विभागको स्नातकोत्तर तहका विद्यार्थीलार्ई वनस्पति क्रिया विज्ञान (प्लान्ट फिजिओलोजी) विषय पढाउने गर्थेँ। त्यतिबेला नेपाली विद्यार्थीलार्ई उपयोगी हुने वनस्पति क्रिया विज्ञानसम्बन्धी प्रयोगात्मक पुस्तक उपलब्ध थिएनन्।

खुम्चिँदै छ ब्रह्माण्ड!

  • विचार
करिब सय वर्षदेखि अधिकांश ब्रह्माण्डशास्त्रीले स्वीकार्दै आएको सिद्धान्तअनुसार ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको छ र आकाशगंगाहरू (ग्यालेक्सिज) एकअर्काबाट निरन्तर टाढिँदै गइरहेका छन्। यस सिद्धान्तअनुसार कुनै दिन यो ब्रह्माण्ड शून्यमा परिणत हुनेछ। अर्थात, यस ब्रह्माण्डको अन्त्य हुनेछ। तर, केही दिनअघि संयुक्त अधिराज्यबाट प्रकाशित हुने विश्वप्रख्यात वैज्ञानिक जर्नल 'नेचर'मा प्रकाशनार्थ पेस गरिएको एक अनुसन्धानात्मक लेखमा जर्मनीका एक वैज्ञानिकले ब्रह्माण्डको निरन्तर विस्तार भइरहेको भन्ने सिद्धान्तलाई खण्डन गदर्ैै नयाँ सिद्धान्त अघिसारेका छन्। यस सिद्धान्तअनुसार ब्रह्माण्ड स्थिर वा खुम्चिने क्रममा छ। यस नयाँ सिद्धान्तले ब्रह्माण्डशास्त्रीबीच ब्रह्माण्डको भविष्यबारे नयाँ बहसको थालनी गराएको छ।

विज्ञानले गुमाएका अवसरहरू

  • विचार
हाम्रो देशमा अघिल्लो सरकारले गरेका कतिपय राम्रै निर्णयलाई पनि पछि आएका सरकारले निरन्तरता नदिने वा उल्टाउने प्रवृत्ति छ। यस्तै प्रवृत्तिका कारण विगतमा देशले विज्ञान प्रविधिको विकास गर्ने राम्रा अवसरहरू गुमाएका थिए।

वैज्ञानिक क्षमताको विकास

  • विचार
आर्थिक उन्नतिका आधारमा वर्तमान विश्वलाई 'विकसित' र 'विकासशील' राष्ट्रमा विभाजन गरिएको छ। विकसित देशमा बस्ने विश्व जनसंख्याका बीस प्रतिशत मानिसले पृथ्वीको चालीस प्रतिशत भूमि र असी प्रतिशत प्राकृतिक स्रोत उपयोग गर्दैआएका छन् भने विकासशील देशमा बस्ने असी प्रतिशत मानिसले पृथ्वीको साठी प्रतिशत भूमि र बीस प्रतिशत प्राकृतिक स्रोतको मात्र उपयोग गर्नेगरेका छन्।
Subscribe to this RSS feed