Wednesday 8 Magh, 2076 | January 21, 2020
Menu

विचार

पराशर रिजाल

पराशर रिजाल

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

जनमत संग्रह, स्थानीय र आमनिर्वाचन सँगसँगै

  • विचार
भर्खरै नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ, नेपालले विभिन्न मागका अतिरिक्त स्थानीय निकायको निर्वाचनसमेत आमनिर्वाचनसँगै गराउन माग राख्दै ज्ञापनपत्र बुझाएको जानकारीमा आएको छ। स्थानीय निकायको निर्वाचन यथाशीघ्र गराउन सर्वसाधारण, बुद्धिजीवीलगायत् विभिन्न क्षेत्रबाट विगतदेखि नै बराबर माग राखिँदै आएको हो। तर यसतर्फ सम्बन्धित क्षेत्रको ध्यान गएको देखिँदैन। १५ वर्षभन्दा अघिदेखि स्थानीय निकायको निर्वाचन नभएका कारण दण्डहीनता, अराजकता फैलिएर र नेतृत्वविहीन भएर मुलुक आज जगैदेखि क्षतविक्षत् भएको छ। सिंगो देशलाई केन्द्रसँग जोड्ने प्रशासनिक धमनी र जुइना चुँडिएका छन्। अंग अंगमा पक्षघातका समस्या देखापरेका छन्। केन्द्र र स्थानीय दुवैमा जननिर्वाचित निकाय नभएका कारण दलीय संयन्त्रको भेन्टिलेटरले जीवन दिने काम भइरहेको छ। राज्यका आफ्नै अंगहरुले स्वतः काम गर्न नथालेसम्म यो निरन्तर चल्ने प्रक्रिया हो। केन्द्रमा त आगामी मंसिर ४ मा निर्वाचन भएमा यो समस्या समाधान हुँदै जाला भन्ने आाशा गर्न सकिन्छ तर स्थानीय निकायले भने यो समस्याबाट  मुक्ति पाउन अझै कति कुर्नुपर्ने हो, टुंगो लागेको छैन।
Subscribe to this RSS feed