Friday 9 Ashwin, 2077 | September 25, 2020
Menu

विचार

अजय फुयाल

अजय फुयाल

अजय फुयाल सन् २००१ देखि खेल पत्रकारितामा सक्रिय छन्। उनी नागरिक दैनिकका खेलकुद ब्युरो संयोजक हुन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

क्रिकेट खेलाडीले पत्याएनन् क्यानको आश्वासन

काठमाडौं- राष्ट्रिय टोलीका खेलाडीहरुले क्यानसमक्ष यसअघि भएका सहमति कार्यान्वयनका लागि माग राखेका छन्। खेलाडीले राष्ट्रिय प्रतियोगिता सुरु भएकै दिन बुधबार राष्ट्रिय टोलीले दुई साताअघि क्यान र खेलाडीबीच भएका सहमति कार्यान्वयनको माग राखेका हुन्।

कठै खेलकुद!

नेपालको खेलकुद इतिहासमा लोकतन्त्र स्थापनापछि नै सबैभन्दा बढी राजनीतीकरण मौलाएको छ। देशको झन्डा बोकेर मैदानमा ओर्लने खेलाडीलाई दलको झन्डा बोकाउँछन् नेताहरू।

चौधरीले रंगशाला बनाउन सघाउने

काठमाडौं- फोर्ब्समा सूचीकृत नेपाली अर्बपति व्यापारी विनोद चौधरीले सरकार तयार भए आफू अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला बनाउन तयार भएको बताएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा जारी ट्वान्टी–२० विश्वकपमा उच्च प्रदर्शन गर्दै यात्रा सम्पन्न गरेपछि चौधरीले यस्तो बताएका हुन्।  

'एनओसी विवाद अन्त्य चुवावमात्रै'

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को प्रजातान्त्रिक चुनाव भएपछि मात्र विवाद अन्त्य हुने बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को पद्दति विकासका लागि नेपाल आएका एसियाली क्रिकेट परिषद् (एसिसी) का विकास निर्देशक वान्दुला वार्नापुरा, एसिसी प्रतिनिधि गणेश सुन्दरमूर्ति, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) का प्रतिनिधि अमर शेष र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का निर्देशक हैदर फरमानसँग सोमबार दुई घन्टाभन्दा लामो छलफलका क्रममा लामाले एनओसी निर्वाचनको प्रसंग कोट्याएका हुन्।

साख जोगाउन जितको खोजी

दुबई— ६ पटक यु–१९ विश्वकप खेलेको र केही पटक टेस्ट राष्ट्रका टोलीसमेत पराजित गरेको गर्विलो इतिहास भए पनि नेपाली टोली एसीसी यु–१९ एसिया कपमा भने लगातार दोस्रोपल्ट समूह चरणबाटै बाहिर हुने पक्का भइसकेको छ।

पूर्वाधार र घरेलु संरचना टड्कारो समस्या

काठमाडौं-चार महिनाअघि सिंगापुरमा इमर्जिङ टिम्स कप खेल्न जाँदा नेपालमा क्रिकेट अभ्यास गर्ने इन्डोर हल थिएन। इन्डोर हल नहुँदा बिनातयारी नेपाली टिम सिंगापुर पुग्यो। नतिजा– अपेक्षा गरेअनुसार मैदानमा नेपाली टिम खरो उत्रन सकेन। अन्ततः नेपाल प्रतियोगितामा अफगानिस्तानको राष्ट्रिय र भारत तथा पाकिस्तानको यु–२३ टोलीसँग पराजित भयो।


नेपाली क्रिकेटको आरोह अवरोह

काठमाडौं-नेपाली खेलकुदमा सबैभन्दा पुरानो खेलमध्ये क्रिकेट हो। १९७० को दशकमा बेलायत भ्रमण तथा भारतबाट पढेर फर्किने तत्कालीन राणा शासकहरूले क्रिकेट नेपाल भिœयाएको मानिन्छ।

पूरा भयो सपना

काठमाडौं-अन्तिम बलअघि खेल बराबरी थियो। नेपाललाई जित्न एक रन खाँचो थियो। क्रिजमा थिए, भरपर्दा ब्याट्सम्यान शरद भेषावकर। आक्रमण गर्दै थिए, हङकङका बलर हसिद अमजद।

नामसिंहको ओलम्पिक साइनो

  • अन्य
काठमाडौं– वेलायती सेनामा कार्यरत रहँदा पाँच दशकअघि नामसिंह थापाले नेपालका लागि ओलम्पिकको बक्सिङ रिङमा उत्रने अवसर पाएका थिए। नेपालले ओलम्पिकमा पहिलो पटक सहभागिता जनाउँदा वेलायती सेनाको हङकङ पल्टनमा कार्यरत थापासँगै चार नेपालीले इतिहासमा नाम लेखाएका थिए।

खेलकुदबाट चुनावी मैदानमा

  • अन्य
काठमाडौं — अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको खेलकुदसँग साइनो धेरै पुरानो होइन । २०५५ सालमा एनपी सावद युवा तथा खेलकुदमन्त्री हुँदा उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य भएका थिए । शरतसिंह भण्डारी मन्त्री हुँदा २०५५ सालमा शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा)को बागी पक्षमा उपाध्यक्ष भए । त्यसअघि उनको परिचय नेपाल विद्यार्थी संघको कार्यकर्ता र तरुण दलको केन्द्रीय सदस्यमा सीमित थियो ।
Subscribe to this RSS feed