Monday 24 Chaitra, 2076 | April 06, 2020
Menu

विचार

सुदर्शन सापकोटा

सुदर्शन सापकोटा

२०६१ सालदेखि पत्रकारितामा सक्रिय सुदर्शन सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका छन्।

ट्विटरः @sudarshan2041

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

राष्ट्र बैंकले माग्यो सेयर ऋण विवरण, तीन वर्षअघिको नीति पुनः लागू गर्ने गृहकार्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थासँग सेयर धितोको विवरण माग गरेको छ । सेयर धितो कर्जा सस्तो र सजिलै प्रवाह हुन थालेर बजार अस्वाभाविक बढ्न थालेपछि राष्ट्र बैंकले सुपरिवेक्षण विभागहरुमार्फत सेयर धितो कर्जाको विवरण मागेको हो।

नेपालमा भारू ५ सय र हजारका नोट चल्ने

काठमाडौं— तेह्र वर्षदेखि नेपालमा प्रतिबन्ध लगाइएको भारतीय पाँच सय र एक हजार रुपैयाँ दरको नोट अब चल्ने भएको छ। आइतबार सम्पन्न नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आइजिसी) बैठकमा यस्तो सहमति भएको हो।

नेप्से पाँच वर्षयताकै उच्च विन्दूमा

  • सेयर
काठमाडौं—सेयर बजार निरन्तर बढेपछि तीन पटक सर्किट ब्रेकर लगाएर बुधबारको कारोबार स्थगित भएको छ । दिउँसो १२ देखि ३ बजेसम्म कारोबार हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन पटक सर्किट ब्रेकर लागेपछि कारोबार डेढ बजे नै स्थगित गरिएको छ।

स्प्रेड दर तोकिएपछि बैंकर असन्तुष्ट

काठमाडौं— नेपाल राष्ट्र बैंकले बजार सिद्धान्त विपरीत निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर तोकेको भन्दै बैंकरहरु असन्तुष्ट भएका छन् । राष्ट्र बैंकले गत असोज २४ गते स्प्रेड दर पाँच प्रतिशतभन्दा तल हुनु पर्ने भन्दै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो।

प्राइममा भियतनामी बैंक साझेदार

काठमाडौं— प्राइम कमर्सियल बैंकले संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा भियतनामको वाणिज्य बैंक भिœयाउने भएको छ । प्राइमले पुँजी र लगानी कोषसहित बैंकपे भियतनाम नामको बैंकलाई साझेदार बनाउन लागेको हो।

प्राथमिक निष्कासनमा आवेदक बढे

काठमाडौं— दोस्रो बजारमा सेयर मूल्य खासै नबढे पनि सेयरको प्राथमिक निष्कासनमा भने सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्ला वर्ष बजार सुस्ताउँदा लगानीकर्ताको आकर्षण घटेको सेयरमा पछिल्लो केही महिनायता प्राथमिक निष्कासमा आकर्षण बढेर गएको हो।

दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै

काठमाडौं — चार वाणिज्य बैंकसहित एक दर्जन कम्पनीले दसैंअघि वार्षिक साधारणसभा सकेर लाभांश वितरण गर्ने भएका छन् । दसैंअघि १५ बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्न लागेका हुन्।

जेपी मोर्गनको नेपाल कारोबार बन्द

काठमाडौं - सम्पत्ति शुद्धीकरणका मुद्दामा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै गए पनि अमेरिकाको जेपी मोर्गन बैंकले नेपालसँगको कारोबार बन्द गरेको छ। 'केही समय भयो जेपी मोर्गनले नेपालसँग कारोबार बन्द गरेको छ। अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका बैंकहरुले कारोबार बन्द गर्दा बाहिर राम्रो सन्देश जाँदैन,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिहीबार नागरिकसँग भने।

महँगी घट्योः राष्ट्र बैंक

  • बजार
काठमाडौं— नेपाल राष्ट्र बैंकले बजारको महँगी निकै घटेको संकेत गरेको छ। अघिल्लो बर्ष साउनमा ११.९ प्रतिशत रहेको मूल्य बृद्धि चालु आर्थिक बर्षको साउन महिनामा ७.९ प्रतिशतमा झरेको हो। गत बर्षभरीको औषत मूल्य बृद्धि ९.९ प्रतिशत रहेको थियो।

दसैंमा ३० अर्बको नयाँ नोट

काठमाडौं - आउँदो दसैंमा नयाँ नोटको अभाव हुन नदिन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ छुट्याएको छ। असोज पहिलो साताबाट नयाँ नोट बजारमा ल्याउने तयारी गरिरहेको राष्ट्र बैंकले सानो दरका नोट बढी वितरण गर्ने छ।
Subscribe to this RSS feed