Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

विचार

सुदर्शन सापकोटा

सुदर्शन सापकोटा

२०६१ सालदेखि पत्रकारितामा सक्रिय सुदर्शन सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका छन्।

ट्विटरः @sudarshan2041

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

नेपालमा डलरको संशोधित मूल्य १ सय ८, भारतमा केही घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय मुद्रामा आएको उतार चढावका कारण नेपाल राष्ट्र बैंकले आज बिहानै विनिमय संशोधनसहित निर्धारण गरेको छ। आज तोकिएको विनिमय दर अनुसार १ अमेरिकी डलरको मू्ल्य १ सय ८ रुपियाँ ३० पैसा कायम गरिएको छ। डलरको बिक्री मूल्य भने १ सय ८ रुपियाँ ९० पैसा तोकिएको छ।

डलर बढेर १ सय १० रुपियाँ कट्दै, दसैंको मुखमा महँगी चर्कदो

काठमाडौं- भारतीय मुद्राको अवमूल्यन हुने क्रम आज बिहानैदेखि तिब्र हुँदा १ अमेरिकी डलरको नेपाली मूल्य १ सय १० रुपियाँभन्दा माथि पुग्ने भएको छ। हिजो नेपाली बजारमा १ डलरको मूल्य १ सय ५ रुपियाँ ३१ पैसामा कारोबार भएको थियो।

डलरको मूल्य १०३.०१ रुपैयाँ पुग्यो

काठमाडौं - अमेरिकी डलरको मूल्य सोमबार एकैदिन एक रुपैयाँ ६० पैसाले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको मूल्य १०३.०१ रुपैयाँ पुगेको छ। दिनभर बैंकहरुले कारोबार गरेको मूल्यका आधारमा राष्ट्र बैंकले मंगलबारका लागि डलरको मूल्य एक रुपैयाँ ६० पैसा बढाएर तोकेको हो।

बर्डफ्लुका कारण २५ अर्ब लगानी जोखिममा

काठमाडौं — बर्डफ्लु संक्रमणका कारण व्यावसायिक रूपमा पालिएका कुखुरा धमाधम मारिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरूको करिब २५ अर्ब रुपैयाँ लगानी जोखिममा परेको छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तय संस्थाहरूले कुखुरापालन र दाना उद्योगमा न्यूनतम ५० करोडदेखि २ अर्ब रुपैयाँसम्म लगानी गरेका छन् । सबै जोड्दा झन्डै २५ अर्ब हुन्छ। बर्डफ्लुले कुखुराको मासु र अन्डा व्यवसाय चौपट भएपछि बैंकहरूको लगानी जोखिममा परेको हो।

मूल्य बढाएर सेयर बेच्न चलखेल

काठमाडौं — बिमा समितिले जीवन बिमा कम्पनीलाई सम्पत्ति बढाउनुपर्ने निर्देशन दिएपछि नगद लाभांश नपाइने भन्दै ठूला लगानीकर्ताले सेयर बेच्न थालेका छन्। पछिल्लो एक सातायता प्रत्येक दिन जीवन बिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढाएर किनबेच भइरहेको छ । यसमा मूल्य बढाउन ठूला लगानीकर्ताले चलखेल गरेका छन्।

बैंक कर्मचारीको पनि तलब बढ्यो

काठमाडौं - सरकारी कर्मचारीको तलब सुविधा वृद्धिसँगै निजी क्षेत्रका बैंक, वित्तीय संस्थाका कर्मचारीको पनि तलब बढेको छ। बैंक तथा वित्तीय संस्थाले नियमित तालिका तथा कर्मचारी युनियनको दबाबमा तलब सुविधा बढाएका हुन्।

धितो लिलामी रोक्न मन्त्रीको सत्ता-रवाफ

काठमाडौं - सत्ताको बल प्रयोग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले आफूले ऋण लिँदा राखेको धितोको लिलामी रोक्न बैंकलाई दबाब दिएका छन्। नियतवश ऋण नतिरेर सनराइज बैंकको कालोसूचीमा परेको आफ्नो लगानीको मनकामना क्रसर उद्योगका धितो सम्पत्ति जोगाउन उनी लिलामी प्रक्रिया नै रोक्ने कसरतमा लागेका हुन्।

बैंकले ब्याज घटाउन थाले

काठमाडौं - लगानीयोग्य पुँजी (तरलता) बढ्न थालेपछि वाणिज्य बैंकहरुले कर्जा र निक्षेपको ब्याज घटाउन थालेका छन्। बैंकहरुले सबैभन्दा बढी संस्थागत निक्षेपकर्तालाई दिने ब्याज घटाएका छन्।

कीर्तिमान राख्दै अमेरिकी डलर ९८ रुपैयाँ ६० पैसा

  • बजार
काठमाडौं— दुई दिनअघि बनेको कीर्तिमानलाई अमेरिकी डलरले मंगलबार फेरि तोडेको छ। अमेरिकी डलरको मूल्य मंगलबार अहिलेसम्मकै महँगो ९८ रुपैयाँ ६० पैसा पुगेको छ। गत आइतबार बनाएको कीर्तिमानलाई डलरले मंगलबार जितेको हो।

पुँजी बढाउन ८६ संस्थाले सेयर जारी गर्नुपर्ने

काठमाडौं - राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै तोकिएको चुक्ता पुँजी पुर्‍याउनु पर्ने व्यवस्था गरेपछि ८६ बैंक तथा वित्तीय संस्थाले बोनस सेयर, हकप्रद सेयर वा मर्जरमा जानुपर्ने भएको छ।
Subscribe to this RSS feed