Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

विचार

सुदर्शन सापकोटा

सुदर्शन सापकोटा

२०६१ सालदेखि पत्रकारितामा सक्रिय सुदर्शन सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका छन्।

ट्विटरः @sudarshan2041

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

अधिकांस बैंकको नाफा उच्च

काठमाडौं- घरजग्गा ऋणले नाफामा प्रभाव पार्ने चर्चा चलिरहँदा बैंकहरुले भने उच्च नाफासहितको हरहिसाब (वासलात) सार्वजनिक गरिरहेका छन्। फराकिलो ब्याजअन्तर र सम्पत्ति लिलाम गरेर बैंकहरुले आर्थिक वर्ष २०६९/०७० मा आकर्षक नाफा कमाएका हुन्।

एभरेष्ट इन्स्योरेन्स खुलाउन कर्मचारीको आन्दोलन

काठमाडौं  - सञ्चालक समिति र व्यवस्थापन नियोजित रुपमा जसरी पनि कम्पनी बन्द गर्न लागिपरेको भन्दै एभरेष्ट इन्स्योरेन्सका कर्मचारीले खुलाउन आन्दोलन थालेका छन्। कर्मचारीले बुधबारबाट कार्यालय अवधिभर धर्ना कार्यक्रम सुरु गरेका छन्।

सुगमका बस्तीमा जाने बैंकलाई सहुलियत

काठमाडौं  - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार नीतिमा पुनरावलोकन गर्दै ग्रामीण तथा साना उद्यम कर्जा विस्तारलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ।

विकास बैंकलाई पनि एलसी खोल्न दिन माग

काठमाडौं - विकास बैंकहरुले वाणिज्य बैंक सरह प्रतीतपत्र (एलसी) खोल्न पाउनुपर्ने माग गरेका छन्। विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघले उद्योग तथा सेवा क्षेत्रमा प्रतीतपत्र खोल्न पाउनुपर्ने माग गरेको हो।

बैंकले १ डलरको ९७.२० रुपैयाँमा कारोबार गरे

काठमाडौं - नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। अमेरिकी डलरको मूल्य लगातार बढ्न थालेपछि रुपैयाँ कमजोर भएको हो। अमेरिकी डलर बुधबार दिनभर ९७ रुपैयाँको हाराहारीमा कारोबार भयो।

ब्यक्तिगत ऋण करोडमा झार्ने व्यवस्थाले बैंक–ग्राहक अप्ठेरोमा

काठमाडौं - व्यक्तिगत प्रयोजनका लागि दिएको ऋण करोडभन्दा तल झार्न राष्ट्र बैंकले निर्देशन दिएपछि बैंक तथा बिकधत्तीय संस्था र ग्राहक दुवै अप्ठेरोमा परेका छन्।

कर्जा–निक्षेप अनुपात ८५ प्रतिशत पुर्‍याऊ

काठमाडौं - वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपातको सीमा वृद्धि गर्न राष्ट्र बैंकसँग माग गरेका छन्। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी मौद्रिक नीतिका लागि प्रस्तुत गरेको सुझावमा कर्जा–निक्षेप अनुपात ८५ प्रतिशत पुर्‍याउन माग गरेको हो।

५० सचिव र न्यायाधीशलाई घर किनिदिने प्रक्रिया सुरु

काठमाडौं -सरकारले उच्च पदस्थ कर्मचारी र सर्वोच्चका न्यायाशीशहरुलाई आवास उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागले अर्थ मन्त्रालयसँग खरिदका लागि आवश्यक बजेट माग गरेको छ।

वाणिज्य बैंक बन्न १० वित्तीय संस्था गाभिँदै

काठमाडौं - प्रभु फाइनान्सले ठूलो पुँजी भएको वाणिज्य बैंक बन्न एकैचोटि १० संस्थालाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ। प्रभुले चार संस्थासँग मर्जरमा जाने सम्झौता गरिसकेको छ भने अन्य ६ सँग प्रक्रिया अगाडि बढाएको छ। 'चारवटासँग सम्झौता भइसकेको छ,' प्रभु फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिहीबार नागरिकसँग भने, 'अन्यसँग छलफल भइरहेको छ। केही दिनमा टुंगो लाग्छ।'

बैंक खोल्न चिनियाँ पहल

काठमाडौं - नेपालमा कारोबार र लगानी बढ्न थालेपछि चिनियाँ व्यवसायीले बैंक खोल्न सरोकारवालासँग परामर्श सुरु गरेका छन्। चिनियाँ प्रतिनिधिले सरकार, राष्ट्र बैंक र विभिन्न वाणिज्य बैंकका प्रमुखसँग परामर्श थालेका हुन्। 'बैंक खोल्नेबारे चिनियाँले चासो देखाइरहेका छन्।
Subscribe to this RSS feed