Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

विचार

सुदर्शन सापकोटा

सुदर्शन सापकोटा

२०६१ सालदेखि पत्रकारितामा सक्रिय सुदर्शन सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका छन्।

ट्विटरः @sudarshan2041

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

बैंकमा ६ महिनादेखि नयाँ योजना छैन

काठमाडौं - बैंक तथा वित्तीय संस्थामा ६ महिनायता नयाँ परियोजनाका लागि ऋण माग हुन छाडेको छ। औद्योगिक वातावरण बिग्रिएर लगानी अनिश्चित हुन थालेपछि ऋणको माग नभएको बैंकर बताउँछन्। 

नेपालीले पनि बाहिर लगानी गर्न पाउने


काठमाडौं - सरकारले नेपाली उद्योगी व्यवसायीलाई १० लाख अमेरिकी डलर (८ करोड ९२ लाख रुपैयाँ) सम्म देश बाहिर लगानी गर्न दिने भएको छ। विदेशी लगानी नीतिमार्फत सरकारले पहिलोपटक नेपाली पुँजी बाहिर लैजान दिन लागेको हो।

बहु बैंकिङ रोक्न बैंकरको पहल

एउटै धितो राखेर धेरै संस्थाले ऋण लिने चलन बढ्न थालेपछि नेपाल बैंकर्स संघले त्यस्तो प्रवृत्ति रोक्न पहल सुरु गरेको छ। ठूला औद्यौगिक घराना र व्यवसायीले एउटै सम्पत्ति धितो राखेर धेरै बैंक तथा वित्तीय संस्थासँग ऋण चलाउँदा बैंकिङ जोखिम बढेपछि संघले नियन्त्रण गर्न पहल थालेको हो।

निक्षेप लागत बढेपछि आधार दर वृद्धि

काठमाडौं - अधिकांश वाणिज्य बैंकहरुको आधार ब्याज दर तीन महिनामै वृद्धि भएको छ। लगानीयोग्य पुँजी (तरलता) अभावका कारण निक्षेपको ब्याज वृद्धि  गर्दा लागत बढेर आधार दर बढेको हो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आधार दर प्रकाशित गरेका २९ वाणिज्य बैंकमध्ये १६ वटा बैंकको आधार दर बढेको छ। एनएमबी र नेपाल इन्भेस्टमेन्ट बैंकको स्थिर छ। ११ वटा बैंकले भने तीन महिना अगाडिको भन्दा घटाएका छन्।

सरकारी ढुकुटीमा ४७ अर्ब, आर्थिक वर्ष सकिन लाग्दासम्म विकास खर्च हुन सकेन

  • कृषि
काठमाडौं- आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा सरकारले विकास निर्माणमा अघिल्लो आवको जति रकम पनि खर्च गर्न सकेको छैन।

सरकारी कोषमा बचत रकम करिब ४७ अर्ब रुपैयाँ पुगिसकेको छ। पोहोर यतिबेला सरकारी कोषमा २४ अर्ब रुपैयाँमात्र बचत थियो। सरकारले खर्च नगर्दा पूर्वाधार तथा अन्य विकास निर्माण रोकिएर रोजगारी प्रभावित हुन्छ। लगानीको प्रमुख स्रोत सरकारले खर्च नगरेपछि निजी क्षेत्रले पनि लगानी बढाउँदैनन्।


खासाबाट दैनिक ५० किलो सुन तस्करी

काठमाडौं - बैंकहरुले व्यापारीलाई दैनिक १५ किलो सुन उपलब्ध गराउँछन्। व्यापारीका अनुसार बजारमा दैनिक माग ४५ किलो छ। तैपनि ग्राहकले बजारमा सुन नपाएर रित्तो हात फर्कनु परेको छैन।
कारण– नेपालको माग तिब्बत (चीन) को अवैध सुनले धानिरहेको छ। 

चैतमा पनि बैंकको नाफा उच्च, तीन बैंकको नाफा अर्ब नाघ्यो

काठमाडौं-घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुले भने उच्च नाफासहितको हरहिसाब (वासलात) सार्वजनिक गरिरहेका छन्। फराकिलो ब्याज अन्तर र सम्पत्ति लिलाम गरेर बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि उच्च नाफा कमाएका छन्।

बैंकको शाखा सञ्जाल १४४५ पुग्यो, बढी काठमाडौं उपत्यकामा, सुदूरपश्चिममा जम्मा ८५

काठमाडौं- नेपाल राष्ट्र बैंकले पछिल्लो तीन वर्षमा बैंकहरुको शाखा सञ्जाल व्यापक विस्तार भएको जनाएको छ। तीन वर्षअघिको तुलनामा वाणिज्य बैंकको मात्र शाखा सञ्जाल ४ सय ४५ वटा थपिएको छ।


बैंक निक्षेप ९ अर्बले बढ्यो

काठमाडौं– लगानीयोग्य पुँजी (तरलता) अभाव झेल्दै आएका बैंकहरुको वैशाख तेस्रो साता निक्षेप ९ अर्बले बढेको छ। आर्थिक वर्ष सकिन लाग्दा सरकारी खर्च बढ्न थालेकाले निक्षेप बढेको हो। अघिल्लो साता बैंकको निक्षेप ५ अर्ब रुपैयाँले घटेको थियो।


बैंकिङ हाहाकार, साढे १० प्रतिशत ब्याज दिँदा पनि पैसा आउन सकेन

काठमाडौं- सरकारी खाताको रकम खर्च हुन छाडेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव चर्किएको छ। बैंक तथा वित्तीय संस्थाले बचतकर्तालाई दिने ब्याजदर साढे १० प्रतिशतसम्म पुर्या उँदासमेत पैसा आउन सकेको छैन।


Subscribe to this RSS feed