Wednesday 8 Magh, 2076 | January 21, 2020
Menu

विचार

किशोर नेपाल

किशोर नेपाल

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

नेपालको परिवर्तन हाम्रा कारण भएको हैन : भारतीय राजदूत जयन्त प्रसाद

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आगामी अगस्टको अन्तिम साता आफ्नो कार्यकाल पूरा गरेर फर्कदै हुनुहुन्छ। कूटनीतिक जगतमा मृदु र शिष्ट व्यवहार, अध्ययनशील स्वभाव र समस्यालाई बुझने व्यक्तिका रूपमा परिचित जयन्तप्रसाद सन् १९९१ मा 'लाइसेन्स पर्मिट राज' तोडेर निजीकरणको नीति अपनाएपछि भारत विकासको नयाँ युगमा प्रवेश गरेको निर्धक्क बताउनुहुन्छ। नेपालको संक्रमणकालीन राजनीतिको चुरो बुझ्नुभएका जयन्त प्रसादसँग अर्को द्वन्द्वग्रस्त देश अफगानिस्तानको अनुभव पनि छ। नेपालको वर्तमान संक्रमणकाललाई 'अन्तिम' बताउने जयन्त प्रसाद चुनावपछि नेपालमा सुदृढ राजनीति प्रारम्भ हुने र अहिलेको कचमच र गतिरोध समाप्त हुनेमा आशावादी हुनुहुन्छ। जयन्त प्रसादसँग किशोर नेपालको अन्तर्वार्ता –

के होला चुनाव हुन नसके?

काठमाडौं - (समाचार विश्लेषण) संविधानसभाको दोस्रो चुनावका लागि प्रमुख राजनीतिक दलको सहमतिमा गठन भएको प्रधान न्यायाधीश खिलराज रेग्मी सरकार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र चुनाव गराउने तयारीमा छ। सरकारको आशयमा शंका गर्नुपर्ने त्यस्तो कुनै कारण अहिलेसम्म देखिएको छैन। तर, सरकारले कात्तिकको अन्तिम सातामा कि मंसिरको पहिलो साताभित्र– कुन दिन चुनाव गराउने भन्ने किटानी अहिलेसम्म गरेको छैन।

सुमिनाका पर्पल सपना

शनिवार सुमिना पुगेकी थिई, एनसेलको पर्पल मेलामा। कान्तिपुरको हब दरबारमार्गमा भएको त्यो सडक मेलामा उसकै उमेरका थुप्रै केटीहरू काखमा बच्चा च्यापेर आएका थिए। तिनीहरू भीडमा घुस्रिँदै र घस्रँदै स्टेजको छेउछाउमा पुग्न खोज्दै थिए। स्टेजमा कलाकारहरू गाउँदै थिए– 'दुःख पायो मंगले, आफ्नै ढंगले।' स्रोताको भीड कलाकारहरूसँग स्वरमा स्वर मिलाउँदै थियो। चिटचिट पसिना आउने गर्मीमा सरसर बहेको हावाले वातावरणलाई शीतल बनाएको थियो। 



भकुण्डोको खेल

  • विचार
यति बेला जब म यी पंक्ति कोर्ने प्रयास गर्दैछु, देशका प्रतिष्ठित कलाकार दशरथ रंगशालामा भकुण्डो खेलमा भिडिरहेका छन्। हरिवंश आचार्यदेखि राजेश हमालसम्म र दीपक गिरीदेखि जितु नेपालसम्मका कलाकार कहिले मैदानमा छन् र कहिले मैदानबाहिर।

सावधान हुनैपर्छ

  • विचार
मेरा मित्र अरुणध्वज अधिकारीले शुक्रबार एसएमएसमार्फत् जानकारी दिए– अनलाइन खबर.कममा प्रचण्डको अन्तर्वार्ता––एकदमै राजनेता–जस्तो, सशक्त र मेलमिलापवादी। नेपाली कांग्रेस र एमाले सावधान। मेरो दृष्टिमा जित्ने घोडा देखापर्दैछ। अरुण प्रचण्डका समर्थक होइनन्। अलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङको अध्ययन सकेपछि अरुणले जलशक्ति आयोगमा जागिर खाए, इन्जिनियरिङ गरेनन्। 

लोकमानको लिलामी

समाचार टिप्पणी- मानिसले सोचेभन्दा बढी नै जटिल छ नेपाली राजनीतिको संसार। जस्तो कि, अहिले लोकमान प्रसंग लम्बिँदैछ। संवैधानिक परिषदले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको सिफारिस गरेपछि त्यो नियुक्ति रोक्न राष्ट्रपति गुहारिँदैछ। के राष्ट्रपतिले त्यो गुहार सुन्लान्? राष्ट्रपतिलाई उत्तेजनामा ल्याउने प्रशस्त प्रयास भइरहेका छन्। तर, राष्ट्रपति देशमा सुस्थिर सरकार र जनताले लेखेको संविधानका पक्षमा छन्। उनले बोल्ने एउटै शब्दले पनि अहिलेको सम्पूर्ण प्रक्रियालाई क्षतिग्रस्त बनाउन सक्दछ।


लोकमानको पापमोचन

समाचार टिप्पणी- अन्ततः 'लोकतन्त्रका अपराधी'का रुपमा बहुप्रचारित लोकमानसिंह कार्कीलाई लोकतान्त्रिक गणतन्त्र नेपालले पुरस्कृत गर्यो।

'म तिम्रा विचारसँग असहमत छु, तर तिम्रो विचारको प्रतिरक्षाका लागि शरीरमा अन्तिम थोपा रगत रहेसम्म लड्नेछु'– लोकतन्त्रका सन्त भोल्तेयरले नेपालमा जन्म लिए। यसो भन्दा 'ठूलाहरु'को प्रभावशाली जमात हास्नेछ भन्ने ज्ञान टिप्पणीकारलाई नभएको होइन। तर, आजको मितिमा यसभन्दा सटिक अर्को प्रतिक्रिया भेटिँदैन।


मधेसमा दुई प्रदेश उचित हुन्छ

निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्था हुँदै अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा समेत आफूलाई राजनीतिज्ञको परिचय दिन सफल भइरहेका छन्, शरदसिंह भण्डारी। राजनीतिमा पारिवारिक वर्चस्व रहेको तराईको महोत्तरीबाट हरेक राजनीतिक व्यवस्थामा जनताको प्रतिनिधि बनेका भण्डारी आफू जनतासँग नजिक रहेकै कारण राजनीतिमा सफल भएको दाबी गर्छन्।

प्रजातान्त्रिक कालमा नेपाली काग्रेससँग भण्डारीको आबद्धता मधेस आन्दोलनपछि क्षेत्रीय राजनीतिमा केन्द्रित हुन पुग्यो। संविधान सभा निर्वाचनमा महोत्तरीबाट मधेसी जनाधिकार फोरमको झण्डामा निर्वाचित भण्डारीको राजनीतिक यात्रा उतारचढावमय छ। फोरम विभाजनपछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकको सहअध्यक्ष भए। एमाओवादी नेता बाबुराम भट्टराई नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका बेला विवादास्पद अभिव्यक्ति दिएकै कारण राजीनामा दिन बाध्य भए। र, त्यसपछि आफ्नै नेतृत्वमा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरी राजनीति अघि बढाएका छन्। भण्डारीसँग किशोर नेपालको वार्ता :


विकासमा दादागिरी

  • विचार
संसदीय प्रजातन्त्र पुनर्स्थापनापछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो अल्पमतको सरकारले वार्षिक बजेटमार्फत् देशका प्रत्येक गाउँ विकास समितिलाई पाँच लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको थियो। 'आफ्नो गाउँ आफैं बनाऔं' नाम दिइएको यो कार्यक्रम लोकप्रिय भयो र राजनीतिक हिसावले निकै सफल मानियो।

चुनाव नभए सबै प्रक्रिया रोकिन्छ : डंकन

नेपालको भरपर्दो पारम्परिक मित्र संयुक्त अधिराज्य (बेलायत)प्रति नेपाली समाजमा सम्मानजनक र सद्भावपूर्ण स्थान छ। बेलायत सरकारले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। दोस्रो संविधानसभा निर्वाचनका लागि प्रधान न्यायाधीश नेतृत्वमा सरकार गठनपछि आइतबार नेपाल भ्रमणमा आएका बेलायतका विकास राज्यमन्त्री एलेन डंकनले संखुवासभामा पुल उद्घाटन मात्र गरेनन्, नेपाली राजनीतिज्ञहरूसँग छलफल पनि गरे। उनले भ्रमणको सुरुमा नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यसँग विचार–विमर्श गरेका थिए भने बुधबार बिहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक स्थितिबारे मूल्यांकन गरे। नेपालको राजनीति र विकासमा केन्द्रित रहेर मन्त्री डंकनले मंगलबार साँझ विशेष कुराकानी गरेका थिए –
Subscribe to this RSS feed