Thursday 20 Chaitra, 2076 | April 02, 2020
Menu

विचार

अभय श्रेष्ठ

अभय श्रेष्ठ

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

कोर्ट मार्सलमा दलित

  • विचार
वर्गीय र जातीय ठालूपनको अहंकारले हाम्रो सामाजिक जीवन आजीत छ। अतः यो पुनर्गठनको संघारमा छ। पहिलेको वर्ग नस्लीय अभिमानमा परिणत भयो। विस्तारै त्यसले जातिभेदको रूप लियो। प्राचीन इतिहासमा दुई वर्ग थिए। एउटा, धूर्त दिमागवाला जससँग श्रम गर्ने जाँगर थिएन। कालान्तरमा ती उच्च जाति कहलिए।

संविधान सभामा 'स्वामित्व'

  • विचार
पहिलो संविधान सभाबाट सम्पन्न कामको स्वामित्व लिन प्रमुख दल राजी छन्। त्यसकै आधारमा एक वर्षभित्र नयाँ संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त हुन सकेको हो।

लोकतन्त्रमा अर्ध सत्य

  • विचार
नेपाली सिनेमाका 'महानायक' राजेश हमाल र नेपालका लोकतान्त्रिक पार्टीबीच दाँजिनलायक कुरा छन्। दुवैको अस्तित्वमा अर्ध सत्यको भूमिका छ।


एमाओवादीको बाटो

  • विचार
प्रत्यक्ष निर्वाचनमा हार्नेको सूचीमा एनेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' पनि थिए। अप्रत्याशित हारले एमाओवादी हतास हुँदा त्यस पार्टीका तर्फबाट सबैभन्दा संयमित र होसपूर्ण अभिव्यक्ति दिने उनै थिए। चुनावको पुनरावलोकन नभए संविधान सभामा सहभागी नहुने अभिव्यक्ति प्रचण्ड, बाबुरामहरूले दिइरहेका थिए।

अनिश्चयको निकास

  • विचार
एनेकपा (माओवादी) ले नेपाली कांग्रेस र नेकपा (एमाले) सँग संविधानका केही मामलामा बार्गेनिङ गरिरहेको सजिलै बुझ्न सकिन्छ। चुनावमा धाँधलीको छानबिन आयोग गठनको माग उसको एउटा रणनीति हो। उच्चस्तरीय राजनीतिक संयन्त्र सक्रिय पारेर सहमतिमा पुग्न सके एमाओवादी सरकारमै सामेल हुन सक्छ। 

'पहिचान'ले हारेकै हो ?

  • विचार
प्रचार गरिएजस्तो पहिचानयुक्त संघीयताको माग जातीय राज्यको माग कदापि थिएन। बरु यो कायम रहेको खस जातीय राज्यको अन्त्य र सबै जाति, भाषा, संस्कृति अनि समुदायको सहअस्तित्वमा आधारित समतामूलक राज्यको माग थियो।

निर्वाचनमा 'थाहा'

  • विचार
मेरा कुरा माने तपाईँ मेरो कुकुर
मेरा विरोधीका कुरा माने तपाईँ उसकै कुकुर
कसैका कुरा नमान्नुुस्
थाहा पाउनुस्, अनि तपाईँ मान्छे
थाहा डल्लो होइन, खरिद–बिक्री हुँदैन
सरसापट गर्न मिल्दैन
त्यो आआफैँले पाउनुपर्छ
सत्य ज्ञानको नाम, ठीक कामको नाम
यी दुवैका नाम– थाहा
सप्रेका देश थाहा पाएर सप्रे
बिग्रेका देश भ्रममा परेर बिग्रे
रूपचन्द्र बिष्ट

जुम्लाको अर्ध कद

  • विचार
देश संविधान सभाको चुनावले तातिँदा जुम्ला जाडोले कठ्यांग्रिएको छ। प्रकृतिको स्वभाव पनि अचम्मकै छ। तिला कर्णालीको चिसो सोहोरिएर जुम्ला सदरमुकाम खलंगामा साँझ–बिहान मुटु छेड्ने स्याँठ चल्छ। दिउसो त्यहीँ तालु चर्काउने घाम र पूरै जिल्ला धुलाम्मे पार्ने हुरी चल्छ। जाडो सायद जुम्लाको अर्धागिनी हो। त्यसबारे जुम्लाबासीले लोकगीतै बनाएका छन्। भदौमा जाडो रूखको डाली र फेदमा हुन्छ रे। असोजको जाडो खोल्सामा, कात्तिकको जाडो आली र फाँटहरूमा, मंसिरको जाडो आँगनको छेउछाउ आइपुग्छ। पुसको जाडो थुक्नलायक हुन्छ। माघको जाडो कुकुरले टोकेजस्तो हुन्छ। फागुनको जाडोले मुटु कमाउँछ। चैतको जाडोले प्राणीहरुको इज्जत राख्छ, वैशाखको जाडोले पाखा हरियाली हुन्छ। जेठको जाडो घरबाट भाग्छ, असारको जाडो पाटनतिर लाग्छ, साउनको जाडो घर फर्कन्छ। प्रकृतिको यही यही अचम्मको स्वभावले जुम्ला बस्ने मान्छेको वर्ण एक हप्तामै कालो हुन थाल्छ।

वैद्यलाई किन छुटाइयो?

  • विचार
यस पालिको दसैँ चुनावमय भयो। हरेकजसो शुभकामना र जलपान कार्यक्रममा चुनावकै आकलन भयो। नेता र उमेदवार जनताको घरदैलो पुगे। तिनले आफू र आफ्नो पार्टीलाई जिताए नयाँ संविधानमार्फत् 'रामराज्य' ल्याइदिने आश्वासन दिए। विजयादशमीलाई लंकाका राजा रावणमाथि अयोध्याका राजकुमार रामको विजयको प्रतीक मानिन्छ। यस अवसरमा 'रामराज्य' को चर्चा हुनु अस्वाभाविक होइन। रामराज्यलाई आदर्श राज्य मानिन्छ। खासमा रामराज्य आदर्श थिएन। यसबाट हाम्रा राजनीतिक दल र नेताको सामाजिक बोध तथा राजनीतिको धरातल कति खोक्रो छ भन्ने प्रस्ट हुन्छ।

हुँदैन वैद्यबिनाको चुनाव

  • विचार
राम जान्या अयोध्या, लडाकु जान्या वैद्य। भानुभक्त आचार्यको भाकामा लेख्ने हो भने अहिलेका विद्रोही कविता अब यस्तै हुनेछन्। नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई छाडेर संविधान सभा चुनाव गराउने प्रक्रिया जसै अघि बढ्छ, यस कवितांशको कथन साबित हुँदै जान्छ। हो, वैद्य माओवादीका गतिविधि शान्तिपूर्ण छैनन्। चैतमा सारेमात्र चुनावमा भाग लिन्छु भन्ने उसको आग्रहमा आत्मविश्वासको अभाव छ। संविधान बन्ने ग्यारेन्टीका आधार खोज्नभन्दा उसका कतिपय माग अन्तै बरालिएका देखिन्छन्। तथापि उसलाई छाडेर चुनाव गराउँदा द्वन्द्वको घाउ मेटिँदैन, झन्झन् बढ्छ।
Subscribe to this RSS feed