15 Chaitra, 2076 | March 28, 2020
Menu

विचार

जबजको विकास वा जडता

  • मङ्गलबार २ बैशाख, २०७१
  • देवराज पोख्रेल
  • DISQUS_COMMENTS
(0 votes)
नवौं महाधिवेशनको संघारमा उभिइरहँदा नेकपा (एमाले) भित्र जबजको विषयमा विभिन्न कोणबाट बहस सुरू भएका छन्। 
विशेषगरी आठौं महाधिवेशनमा घनश्याम भुसाललगायतले पुरक प्रस्तावका रूपमा पेश गरेको प्रस्ताव तथा विभिन्न समयमा प्रकाशित लेख तथा रचनामा नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको तथा यसको चरित्र दलाल पुँजीवादी रहेकाले मुलुक समृद्धिका लागि राष्ट्रिय पुँजीपतिहरूले संरक्षण गर्दै स्वाधीन अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्नुपर्ने तथा सोही अनुरूपको कार्यभार निर्धारण गरिनुपर्ने निष्कर्षका साथ बहस अगाडि बढाइरहेका छन्। यी कार्यभार पूरा गर्नका निम्ति जबजको समयानुकूल व्याख्या तथा विकासको अपरिहार्यतामा जोड दिइरहेका छन् भने पार्टीभित्रका केही नेता यसमा कमा, पूर्णविराम पनि परिवर्तन गर्नुहु“दैन भन्ने तर्क गरिरहेका छन्। जगतलाई गति र विकासका रूपमा बुझ्ने मार्क्सवादीहरूले जबजको समायानुकूल व्याख्या, परिमार्जन र विकासको पक्ष वा विपक्षमा बहस गर्नु मार्क्सवादको मर्म विपरीत हो। नेपाली क्रान्तिको कार्यक्रम वा सिद्धान्त आफँैमा मार्क्सवादको सिर्जनात्मक प्रयोग वा विकास हो तसर्थ जबजले सदैव विकासको माग गर्छ।
मार्क्सवादलाई संसारभरि मुख्यतः दुई प्रकारले ग्रहण गर्दै आएको देखिन्छ– पहिलो, जडसूत्रको रूपमा र दोस्रो, गतिशील एवम् विकासशील विज्ञानका रूपमा। जबजलाई मदन भण्डारीले जडसूत्रका रूपमा होइन, मार्क्सवादअनुकूल गतिशील विज्ञानका रूपमा प्रयोग गर्नुभएको थियो। मार्क्सवादले यान्त्रिक अन्धानुकरण वा सैद्धान्तिक जडतालाई सधैँ निषेध गर्छ। कम्युनिष्ट पार्टीको घोषणापत्र (१९४८)मा नै समयानुकूल विकास र सिर्जनशील प्रयोगमा विशेष जोड दिइएको छ। उक्त घोषणापत्रमा भनिएको छ– यसका मूल सिद्धान्तहरूको व्यावहारिक कार्यान्वयन जहा“सुकै र जहिले पनि विद्यमान ऐतिहासिक परिस्थितिमा निर्भर रहनेछ। 
मार्क्सवादी दर्शनअनुसार जगत भनेको गति र नवीनता तथा पुरानोको मरण र नया“को प्रादुर्भावको अनन्त प्रक्रिया हो। संसारमा कुनै पनि वस्तु यथास्थितिमा रहनै सक्दैनन्, हरेक वस्तु वा विचारको निरन्तरता विकासबाहेक अरू कुनै कुरामा अडेको हु“दैन तर जबजको विकास तथा परिमार्जन गर्ने कुरामा यति ठूलो विवाद किन मच्चिएको होला? मार्क्सवादी सिद्धान्तअनुरूप पनि जबजको निरन्तर विकास तथा परिमार्जन स्वाभाविक होइन र? किन जबजको समायानुकूल विकास तथा परिमार्जन गरी मुलुकमा विद्यमान असमानता, गरिबीलगायत तमाम समस्याको हल गर्दै मुलुकको नेतृत्व गर्न सक्ने सिद्धान्त तथा विचारका रूपमा स्थापित गर्ने उच्च भावनाका साथ बहसमा ल्याइएको विचारका प्रवर्तकहरूलाई जबज विरोधीको बिल्ला भिराइँदैछ? नवौं महाधिवेशनमा एमाले कार्यकर्ताले यसको जवाफ खोज्न जरुरी छ।
इतिहासमा धेरै अनौठा घटना देख्न सकिन्छ— कुनै पनि विचार वा व्यक्तिलाई पहिला देवत्वकरण गर्ने वा अस्वाभाविक अन्धभक्ति देखाउने तथा कालान्तरमा सोही व्यक्ति वा विचारका विरूद्धमा आपराधिक ढ•ले लाग्ने वा सिध्याउन अनेक हर्कत गर्ने। एकीकृत नेकपा (माओवादी) भित्र हेर्ने हो भने प्रचण्डलाई देवत्वकरण गर्न वा प्रचण्डपथलाई विश्व सर्वहारा तथा श्रमजीवी वर्गको मुक्तिको एकमात्र बाटोको रूपमा व्याख्या गर्ने किरण पछिल्लो समय प्रचण्ड तथा प्रचण्डपथविरूद्ध उग्र अभिव्यक्तिका साथ मैदानमा उभिएका छन्। विचार वा व्यक्तिप्रतिको अन्धभक्ति वा अन्धानुकरण कालान्तरमा अत्यन्तै घातक हुन सक्छ भन्ने यो ज्वलन्त उदाहरण हो।
मदन भण्डारी अत्यन्त दूरदर्शी नेता हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा तत्कालीन नेकपा मालेले २०४७ को संविधानमा असहमतिका २७ बु“दा राख्दै आलोचनात्मक समर्थन जनाएको थियो। तर दुर्भाग्य, उक्त संविधान संशोधन गर्न एमालेको नेतृत्वले कहिल्यै अग्रसरता लिएन। यसको परिणाम नेपालको राजनीतिमा उग्रवामपन्थीहरू लामो समयसम्म हिंसा फैलाउन सफल रहे। अन्ततः पुनर्स्थापित संसद्ले आफ्नो घोषणामार्फत् उक्त २७ बु“दामध्ये अधिकांश बु“दा अन्तरिम संविधानमा समावेश गर्योप। नेकपा (एमाले) ले २०४७ को संविधान संशोधान गरी आफूले राखेका असहमतिका २७ बु“दा संविधानमा समावेश गर्न सकेको भए, यो मुलुकमा माओवादीका नाममा हत्या, हिंसा तथा अराजकताको राजनीतिले आधारभूमि प्राप्त गर्ने थिएन भने कहिल्यै पनि आफ्नो निर्णयमा अडिन नसक्ने पार्टीका रूपमा आलोचित हुनुपर्ने थिएन।
जसरी २०४७ को संविधानप्रति उग्रभक्ति भाव प्रकट गर्दै धार्मिक ग्रन्थ जस्तै अपरिवर्तनीयरूपमा व्याख्या गर्नेहरूका कारण उक्त संविधान धुजाधुजा भयो त्यसैगरी जबजप्रति असीम ओठेभक्ति देखाउनेहरू जो जबजको आडमा आफ्नो राजनीतिक रोटी सेक्न उद्धत छन्, तिनीहरू जबजको समयानुकूल विकास र परिमार्जनको सदैव विरोध गर्दैछन्। समयानुकूल विकास र परिमार्जन गर्दै मुलुकको आमूल परिवर्तन गर्न वा मुलुकलाई समृद्धितर्फ लैजाने ऐतिहासिक अवसर जो एमालेसामु आएको छ, त्यसबाट पार्टीलाई विमुख तुल्याउ“दैछन्।
कुनै पनि विचार वा सिद्धान्तको समयानुकूल परिमार्जन कति जरूरी छ भन्ने कुरा कार्ल मार्क्सको 'ज्यालादारी र पुँजी' नामक रचना जुन पहिलोपटक सन् १९४९ मा प्रकाशित भएको थियो, त्यसको सन् १८९१ को संस्करणका लागि एङ्गेलसले लेखेका भूमिकाको अध्ययनबाट धेरै पुष्टि हुन्छ। उक्त भूमिकामा ऐङ्गेल्सले लेखेका छन्– “यस संस्करणमा मैले जे जति हेरफेर र थपघट गरे“, मलाई विश्वास छ मार्क्स जीवित भएको भए उहाँले पनि त्यस्तै गर्नुहुन्थ्यो। तसर्थ म अघिबाटै पाठकलाई भनिदिन्छु, यहा“ त्यो रचना त्यसरूपमा प्रस्तुत गरिएको छैन, जुनरूपमा मार्क्सले सन् १९४९ मा लेख्नुभएको थियो, अपितु झण्डै त्यसैरूपमा प्रस्तुत गरिएको छ, जसरी उहा“ले सन् १८९१ मा लेख्नुहुन्थ्यो होला।
एङ्गेल्सले भनेजस्तै आज मदन भण्डारी जीवित रहेको भए पा“चौं महाधिवेशनपश्चात् भएका राजनीतिक तथा सामाजिक विकासका आधारमा गणतान्त्रिक मुलुकको नेतृत्वदायी पार्टी निर्माणका निम्ति जबजको परिमार्जनको प्रस्ताव धेरै पहिल्यै ल्याइसक्नुहुन्थ्यो होला तर दुर्भाग्य न आज हाम्रो माझ मदन भण्डारी हुनुहुन्छ न त एङ्गेल्स जस्तै उहा“का सहयोगी। एमालेको पहिलो पुस्ताले यो ऐतिहासिक कार्य सम्पन्न गर्नुपर्दथ्यो। यो पुस्ता सधैँ उदासीन रह्यो। ढिलै भए पनि यो तेस्रो पुस्ताले यसको सुरूवात गरेको छ। यो अत्यन्तै सराहनीय छ तर दुर्भाग्य जबजको विकासको निम्ति सदैव आवाज उठाउने तेस्रो पुस्ताका युवा नेताहरूलाई जबज विरोधीको बिल्ला भिराइँदैछ। (नयाँ पुस्ताका नेताहरुलाई जबज विरोधीका दर्जा दिने नेताहरूले एङ्गेल्स नेपालमा जन्मिएको भए मार्क्सको रचनामा त्यति धेरै परिमार्जन गर्दा उनलाई मार्क्सवाद विरोधी वा गद्दार घोषित गर्थे होला तर सौभाग्य नै भनौं कि उनी नेपालमा जन्मिएनन्।)
अन्त्यमा, एमाले कार्यकर्ताले सोच्न जरूरी छ– एमालेलाई मुलुकको नेतृत्व गर्न लायक पार्टी तथा जबजलाई नेतृत्वदायी सिद्धान्तको रूपमा विकास गर्ने वा जडताको रूपमा बु‰ने? नवौं महाधिवेशन एमालेको निम्ति अत्यन्तै चुनौतीहरू साथै अपार अवसरहरु लिएर आएको छ। इतिहासबाट पाठ सिक्दै आफूलाई समयानुकूल परिमार्जित गर्दै लैजाने पार्टीले मात्र मुलुकको नेतृत्व गर्न सक्छ। सैद्धान्तिक तथा राजनीतिकरूपले नेतृत्वदायी पार्टीका रूपमा स्थापित गराउने यो उपयुक्त अवसर हो। अन्यथा इतिहासले कसैलाई पनि पर्खँदैन। अब पनि एमालेले राजनीतिक तथा सैद्धान्तिकरूपले मुलुकको नेतृत्व गर्न नसक्ने हो भने नेपालमा पनि कुनै वैकल्पिक शक्तिले यसको स्थान लिँदैन नै भन्न नसकिएला। विचारमा पछि पर्यौं् भने व्यवहारमा स्वतः पछि परिन्छ। तसर्थ आसन्न महाधिवेशनमा जबजको ओठेभक्ति भन्दा यसको समयानुकूल परिमार्जन, विकास र अद्यावधीकरण गर्दै मुलुकको नेतृत्वदायी पार्टीका रूपमा स्थापित गराउन एमाले कार्यकर्ताको अग्रसरता आवश्यक छ।