15 Chaitra, 2076 | March 28, 2020
Menu

विचार

राजदूत नियुक्तिमा किचलो

  • मङ्गलबार २ बैशाख, २०७१
  • विनोद नेपाल
  • DISQUS_COMMENTS
(0 votes)
सम्भवतः इतिहासमै पहिलोपटक एकैसाथ दर्जनभन्दा बढी मुलुक राजदूतविहीन भएका छन् तर नियुक्तिको विषय अझै टुङ्गो लागेको छैन। भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्यलगायत मुलुकमा राजदूत नियुक्ति गर्नुपर्ने भए पनि नियुक्तिमा ढिलाइ भएकाले काम/कारबाही प्रभावित भएका छन्। 
रिक्त पदहरुमा भागबन्डा गरेर नियुक्ति गर्ने प्रचलन आरम्भ भएपछि यसका आकांक्षीको संख्या बढ्यो। खासै ठूलो र विशेष योग्यता नचाहिने र कसैको निकट भएमा वा रिझाउन सकेमा मात्रै पनि भागबन्डामा पर्न सकिने भएकाले पनि यसो भएको थियो। यसरी भएका नियुक्तिमा केही योग्य र सक्षम परे पनि अधिकांश राजदूत विवादमा परेका, कार्यकुशलता देखिन नसकेको, कूटनीतिक मर्यादाबाट चुक्नुका साथै केहीबाट पदको दुरुपयोग गर्ने जस्ता गलत एवं गैरजिम्मेवार कार्य पनि भएको कारण राजदूत पदको सम्मान नै खस्कन पुग्यो। 
यिनै अनुभवले हुन सक्छ यसपटक मापदण्ड बनाएर दक्षताका आधारमा मात्रै राजदूत नियुक्ति गर्ने विभागीय मन्त्रीको चाहना भएको र सोहीबमोजिम आवश्यक तयारी भइरहेको जनाइएको छ। यस सन्दर्भमा पूर्व राजदूत, परराष्ट्र सचिव एवं कूटनीतिक क्षेत्रका जानकारस“ग सुझाव र सरसल्लाह लिने क्रम आरम्भ भएको सन्दर्भमा अब छिटै यस्ता नियुक्ति हुने अपेक्षा गर्न सकिन्छ। संवेदनशील एवं जिम्मेवार ओहदामा कार्यकुशलता, विषयगत ज्ञान र क्षेत्रगत दक्षताको आधारमा नियुक्ति गरिनुपर्छ भन्दै मापदण्ड निर्धारण गरी यस्ता नियुक्ति गर्ने प्रयास हुनुलाई स्वागतयोग्य नै मान्नुपर्छ। परराष्ट्र सेवा र बाहिरबाट कुन आधारमा कस्ता व्यक्ति राजदूत पदका लागि योग्य ठहरिने भन्ने विषयमा अलग–अलग मापदण्ड बनाएर राजदूत नियुक्ति गर्ने तयारी भइरहेको जनाइएको र त्यसैका लागि परामर्श आरम्भ भइसकेको सन्दर्भमा यसप्रति आशावादी पनि हुन सकिन्छ। 
अझ परराष्ट्र मन्त्री स्वयंले 'राजदूत आराम गर्न र धन आर्जन गर्नका लागि मात्र नियुक्त हुने नभई मुलुकका लागि काम गर्न जाने भएकाले कस्तो स्थानमा कस्ता व्यक्ति योग्य हुन्छन् भन्नेबारे विशेष ध्यान दिएर नियुक्ति गरिने' बताएका सन्दर्भमा यसपटक सा“च्चै योग्य र सक्षमहरुले अवसर पाउनेछन् भन्ने कुरामा पनि आशावादी हुन सकिन्छ। कूटनीतिक क्षेत्रको ज्ञान नै नभएका व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्न नसकिने तथा वरिष्ठता र राजनीतिक दलका सिफारिसका आधारमा मात्र राजदूत नियुक्त गर्नु पनि उचित नहुने बताएर पनि उनले सकारात्मक संकेत नै गरेका छन्। यी आधार तथा शिक्षा, भाषा र परराष्ट्र मामिलासम्बन्धी ज्ञानलाई न्यूनतम मापदण्डको आधार बनाउने तयारी मन्त्रालयले गरेको जानकारी गराइएको सन्दर्भमा अब हुने नियुक्ति विवादमुक्त हुनेछन् भन्ने अपेक्षा पनि गर्न सकिन्छ। निश्चय नै विज्ञ र जानकारहरुले सही सुझाव प्रदान गर्नेछन्। यसैले यसलाई केवल देखाउन र चर्चामा आउनका लागि होइन, व्यवहारमै लागु गर्न सक्नुपर्छ। यसो हुन सकेमात्र त्यस्ता सुझाव संकलनको औचित्य रहन्छ। 
'राजदूत' व्यक्तिमात्र होइन, विदेशमा रहने सिंगो मुलुकको प्रतिनिधि हो। ऊ रहने मुलुकमा त उसका गतिविधि र क्रियाकलाप व्यक्तिगत हु“दैनन्, ती सबैले मुलुकको प्रतिनिधित्व गरिरहेका हुन्छन् र जहा“ पुगे पनि ऊ कूटनीतिज्ञको हैसियतमा रहन्छ। यसैले ऊ सामान्य जागिरे हु“दैन, बरु ऊमाथि विशेष जिम्मेवारी हुन्छ। यसरी खट्ने व्यक्तिले यस कुराको सदैव हेक्का राख्नुपर्छ। उसले खटिएको मुलुकस“गको द्विपक्षीय सम्बन्ध सुदृढीकरण, सहयोगका क्षेत्र पहिचान एवं विस्तार तथा खटिएको मुलुक र छरछिमेकमा रहेका नेपालीको अवस्थाबारे जानकारी राख्नुपर्छ। यसैले कूटनीतिक मर्यादा र अनुशासनको ज्ञान हुनुका साथै मुलुकको समग्र अवस्थाको जानकार एवं सम्भावनाको आकलन गर्न सक्ने क्षमताले युक्त हुनुपर्छ। कथंकदाचित अयोग्य व्यक्तिलाई यस किसिमको जिम्मेवारी प्रदान गरियो भने मित्रराष्ट्रस“गको सम्बन्ध प्रभावित हुनुका साथै मुलुकको प्रतिष्ठा नै प्रभावित हुनु स्वाभाविक हुन्छ। कूटनीतिज्ञ भनेका राष्ट्रका प्रतिनिधि हुने र तिनबाटै अन्तर्राष्ट्रिय जगतमा मुलुकको इज्जत र प्रतिष्ठा अभिवृद्धिमा सहयोग पुग्ने भएबाट यसलाई हल्काफुल्कारूपमा लिने होइन, मापदण्ड पुगेका कूटनीतिक सेवाका बहालवाला वा अवकाश प्राप्त अधिकारी, अनुभवी प्रशासक, प्राध्यापक, पेशाकर्मी आदि यस्तो नियुक्तिका लागि योग्य हुन सक्छन् न कि कुनै राजनीतिक दलस“ग आबद्ध राजनीतिकर्मी वा कार्यकर्ता।
विगतमा परराष्ट्र सेवाभित्रबाट 'करिअर डिप्लोम्याट' र बाहिरबाट अन्य क्षेत्रका व्यक्ति मिलाएर राजदूत नियुक्त गर्ने प्रचलन थियो। परराष्ट्र सेवाबाट सहसचिव भइसकेकामध्ये यथाशक्य वरिष्ठताका आधारमा नियुक्ति गर्ने र सेवाबाट निवृत्त हुने समय आइपुगेकालाई प्राथमिकता प्रदान गर्ने गरिन्थ्यो भने बाहिरबाट नियुक्त हुनेमा खासै योग्यताको आवश्यकता थिएन। परराष्ट्र सेवामा कार्यरत अधिकारीहरु अनुभवले खारिएका हुने हु“दा कसैका व्यक्तिगत आनीबानी र आचरणजन्य केही कमजोरी भएबाहेक कूटनीतिक अनुशासन र मर्यादामा उतिसारो कमजोरी देखिँदैनथ्यो। अझ सेवामा बहाल रहेकै अवस्थामा खटिएका र फर्केर पुनः सेवालाई निरन्तरता दिनुपर्ने व्यक्तिले पदीय मर्यादाको झनै ख्याल राख्ने र आफ्नो कर्तव्यप्रति सजग रहने गरेको देखिएको हो। बाहिरबाट नियुक्त हुनेको हकमा भने केहीमा बाहेक अधिकांशमा विभिन्न किसिमका कमजोरी देखिनुका साथै भनेको बेलामा नफर्कने, पदावधि लम्ब्याउन चलखेल गर्ने जस्ता कार्य पनि भएका हुन्। योग्यता नभई कसैलाई रिझाएकै भरमा कसैस“गको निकटता वा उठ–बसकै आधारमा यस्तो महŒवपूर्ण जिम्मेवारी पाउनेले सकेसम्म टिकिरहन सकियोस् भन्ने ठान्नु र त्यसअनुसारकै प्रयास गर्नु स्वाभाविकै पनि हो तर यसले मुलुकप्रतिको धारणा राम्रो बन्दैन। यसर्थ यस्ता प्रवृत्ति र प्रचलनमा सुधारको टड्कारो आवश्यकता छ र अब हुने चयनमा यसप्रति विशेष सजग हुनुपर्छ। राजदूतको ओहदा प्राप्त गरेका व्यक्ति कुनै व्यक्ति वा दलविशेषको नभएर राज्यका प्रतिनिधि हुनुपर्छ। राजदूत जस्तो पदको जिम्मेवारी प्राप्त गरेका व्यक्ति कूटनीतिक मर्यादामा रही खटिएको मुलुकमा रहेका नेपालीको हित र मुलुकका लागि आर्थिक, प्राविधिक सहयोग जुटाउन सक्रिय रहनुपर्छ। 
हामीकहा“ चाहे जुनसुकै क्षेत्रमा होस् योग्य, सक्षम र राम्रा भन्दा 'हाम्रा' खोज्ने चलन छ। यो प्रवृत्तिको तत्काल अन्त्य हुनु जरुरी छ। प्राप्त सुझावहरुलाई मनन गर्दै र विगतका गल्तीबाट पाठ सिक्दै आर्थिक कूटनीतिमा सफल हुन सक्ने, मित्रराष्ट्रबाट लगानी आकर्षित गर्न सक्ने, मुलुकको विषयमा सकारात्मक सन्देश प्रवाहित गर्दै नेपालमा विदेशी पर्यटक भित्र्याउन सक्ने र कूटनीतिका विभिन्न आयामको पहिचान गरी गतिशील नेतृत्व दिन सक्नेखालका राजदूत आवश्यक भएकाले यसपटकको राजदूत नियुक्ति परम्पराभन्दा भिन्न हुनुपर्छ। यसो हुन सके कूटनीतिक सफलता सम्भव हुनुको साथै राष्ट्रको प्रतिष्ठासमेत अभिवृद्धि हुनेछ। कूटनीतिको क्षेत्र फराकिलो भएको र राजदूत सम्मान वा आरामको पद नभई सक्रियतासाथ भूमिका खेल्नुपर्ने जिम्मेवारीको पदसमेत भएकाले परिवर्तित सन्दर्भमा राजदूतको पदलाई त्यसैअनुरूप लिनु पनि उत्तिकै जरुरी छ।