Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

विचार

पुटिनको हिसाबकिताब

  • बुधबार ३ बैशाख, २०७१
  • जोसेफ एस. न्ये
  • DISQUS_COMMENTS
(0 votes)
युक्रेन संकटका सन्दर्भमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन धेरै दृष्टिबाट विजेता देखिएकाछन्, कम्तीमा हालका लागि। निकिता ख्रुस्चेभले सन् १९५४ मा युत्रे्कनलाई हस्तान्तरण गरेका क्रिमिया रुसमा पुनः गाभ्ने कार्यको ृनको मुलुकमा व्यापक सराहना भएको छ भने पश्चिमी सरकारहरूको प्रतिक्रियालाई पुटिनले बेवास्ता गरिदिएका छन्। तर, दीर्घकालीन दृष्टिबाट भने पुटिन आफ्नो विजयप्रति ढुक्क हुने अवस्था देखिँदैन।


अहिलेको युक्रेन संकट तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोविचको युरोपेली संघको 'एसोसियसन एग्रिमेन्ट' अस्वीकार गरेर रुससँग सम्झौता गर्ने निर्णय गरेपछि सुरु भएको थियो। रुससँगको सम्झौतामा अत्यावश्यक भइसकेकोे आर्थिक सहयोग पनि सामेल थियो। यसले युत्रे्कनको पश्चिमी क्षेत्रका युरोपेली संघ समर्थक जनतालाई आक्रोशित बनायो र त्यसपछि सुरु भएको जनप्रदर्शनले अन्ततः यानुकोविचको लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित तर भ्रष्ट सरकारलाई ढाल्यो।

हुनत, सबै युत्रे्कनी रुससँग निकट सम्बन्ध राख्ने पक्षका विरुद्ध थिएनन्। यथार्थमा यानुकोविचको निर्णयले दक्षिण र पूर्वी क्षेत्रका धेरै रुसी भाषी युत्रे्कनीलाई हर्षितै तुल्याएको थियो। किवमा भएको महिनौको शान्तिपूर्ण प्रदर्शनपश्चात् भएको हिंसामा प्रदर्शनकारी मारिन थाले र यानुकोविच सत्ता छाडेर भाग्न बाध्य भएपछि युक्रेन छाडेर रुसतिर लागे।

यसपछि, पुटिनले यानुकोविचलाई आश्रय त दिए नै किवको नयाँ सरकारलाई मान्यता दिन पनि अस्वीकार गरे। साथै उनले रुसी मूलका युत्रे्कनीहरूको बाहुल्य भएका क्षेत्रमा प्रतिरोध आन्दोलन संगठन गर्न र चर्काउन सहयोग गर्न थाले।

रुसले युत्रे्कनबाट लिजमा लिएको सेवास्तोपोलको ब्ल्याक सी जहाजी बेडाबाट (प्रायः अनुहार छोपेका र सैनिक चिह्न नलाएका) सेना तैनाथ गरेर पुटिन खासै रक्तपात नगरी त्यस क्षेत्रलाई कब्जा गर्न सफल भए।

युरोपको सीमामा बलपूर्वक गरिएको परिवर्तनप्रति पश्चिमी नेताहरूले आक्रोश व्यक्त गर्न थालेपछि पनि पुटिन टसमस भएनन्। बरु, उल्टै कोसोभोमा १५ वर्ष पहिले नेटोले गरेको बल प्रयोग र सर्बियाबाट कोसोभो औपचारिकरूपमा अलग हुँदा गरेको समर्थनको सन्दर्भलाई उप्काएर पश्चिमको आक्रोशलाई पाखण्डको संज्ञा दिए। पश्चिमले प्रतिक्रियास्वरू केही उच्च पदस्थ रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएर जबाफ दियो भने त्यसको प्रत्युत्तरमा पुटिनले पनि केही छार्निका पश्चिमी राजनीतिकर्मीमाथि प्रतिबन्ध लगाएको घोषणा गरे।

जम्माजम्मी केही रुसी बैंकहरूको खाता रोक्का भएको छ, केही संवेदनशील पदार्थको पैठारी रोकिएको छ र रुबल एवं रुसी स्टक बजारले घाटा सहनु परेको छ। अर्थात्, पश्चिमा प्रतिक्रियाको समग्रमा सामान्य असरमात्र परेको छ।

प्रतिबन्धलाई सघन बनाउने पश्चिमको हिचकिचाहटको जडमा मूलतः रुससँग बलियो आर्थिक सम्बन्ध भएका युरोपेली मुलुकहरू रहेका छन्। रुससँग थोरैमात्र व्यापार गर्ने संयुक्त राज्य अमेरिका र युरोपेली संघले पुटिनले पूर्वी युत्रे्कनमा सेना पठाए भने युरोपलाई मर्का नपारीकन थप प्रतिबन्ध लगाउने वाचा गर्दै खाका तयार गरेका छन् तर त्यो त्यति सहज भने देखिँदैन।

जेहोस्, अन्तर्राष्ट्रिय प्रतिष्ठाका दृष्टिले चाहिँ रुसले आफ्नो कर्तुतको महंगो मूल्य चुक्ता गर्नुपरेको छ। सोची ओलम्पिकबाट उत्पन्न भएको सद्भाव र 'सफ्ट पावर ' तत्कालै समाप्त भएको छ भने रुस जी—८ बाट निष्कासित गरिएको छ। संयुक्त राष्ट्र महासभामा सयवटा मुलुकले रुसी कारबाहीको निन्दा गरेर विरोधमा मत दिँदा रुसले लज्जास्पद अवस्थाको सामना गर्नुपरेको छ। र, दी हेगमा भएको आवणिक सुरक्षा शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसलाई क्षेत्रीय शक्ति भएर पनि आफ्ना छिमेकीहरूप्रति आक्रामक नीति अपनाएर कमजोरी प्रदर्शन गर्ने मुलुकका रूपमा चित्रित गरेका छन्।

के यीमध्ये कुनै कुराले पुटिनलाई फरक पर्छ? यसको उत्तर उनको उद्देश्य के हो भन्नेमा निर्भर हुन्छ।

केही पर्यवेक्षकले ठानेजस्तै पुटिनको आक्रामक कार्य असुरक्षाको भावनाबाट उत्पन्न भएको हो भने उनले सफलता मिश्रित हुनेछ। यस दृष्टिबाट हेर्दा पुटिनले रुसको निकै गहिरो ऐतिहासिक सम्बन्ध भएको छिमेकी मुलुकमा आफ्नो प्रभाव समाप्त हुने डर मानेको हुनुपर्छ। तर, पूर्वी युत्रे्कनका रुसी भाषी जनतामा रुसको प्रभाव बढे पनि क्रिमिया गाभ्दा समग्र युत्रे्कनमा चाहिँ रुसी प्रभाव कम भएको छ। अर्कातिर पुटिनको नेटोप्रतिको वितृष्णालाई पुनः जगाएको छ।

पुटिनको अर्को चिन्ताको कारण युत्रे्कनको सफल क्रान्तिबाट उनका विरुद्धको प्रदर्शन पुनः सुरु होला भन्ने डर पनि हुनसक्छ। सन् २०१२ मा दिमित्री मेडवेदेवबाट राष्ट्रपतिको पद पुनः धारण गर्दा पुटिन विरोधी प्रदर्शनले उनलाई निकै दुःख दिएको थियो। क्रिमियाको हरणपछि पुटिनको आन्तरिक समर्थनको दर ह्वात्तै बढेको छ भने उनका विरुद्ध कुनै प्रदर्शन भएमा त्यसले सरकार गिराउनेे सम्भावना निकै कम भएको छ।

पुटिनको मुख्य उद्देश्य रुसको विश्व 'महाशक्ति'को हैसियत पुनः कायम गर्नु हो भन्ने पनि केहीले दाबी गरेका छन्। हुनपनि, पूर्वी जर्मनीमा केजीबीका एजेन्ट रहिसकेका पुटिनले सोभियत संघको विघटनलाई 'बीसौं शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक विध्वंश' भनेका छन्।

वास्तवमा रुसलाई धोका दिइएको र हेपिएको ठानेर पुटिन त्यस अन्यायपूर्ण व्यवहारप्रति पश्चिमसँग प्राय त्रु्कद्ध रहन्छन् भन्ने गरिन्छ। पुटिनले रुसलाई जी—८ मा र विश्व व्यापार संगठनमा सामेल गराउने, नाटोको छलफलमा ब्रसेल्समा रुसी राजदूतलाई सहभागी गराउनेजस्ता संकेतले पूर्वी युरोपमा एन्टी ब्यालेस्टिक मिसाइल तैनाथ गर्ने वा सर्बियाको विखण्डन गर्ने जस्ता रुसी सीमासम्म नेटोको विस्तार कार्यलाई रोक्न सकेन। लिबियाका कर्नेल मुअम्मर अद गदाफीलाई पदच्युत गर्ने र त्रे्कमलिनमा मित्र सिरियाका राष्ट्रपति बसर अल असादलाई सिध्याउने प्रयत्नले पनि स्थितिलाई झन् खराब बनाएको छ।

पुटिनको क्रिमिया गाभ्ने निर्णयका पछाडिको महत्वपूर्ण कारण हैसियत देखाउने हो भने पश्चिमको प्रक्रियाको अहिले धेरैले विश्वास गरेभन्दा ठूलो असर पर्नेछ। यही जुनका जी—८ को बैठक बस्ने भनिएको सोचीमा भएको हिउँदे खेलभन्दा पहिले पुटिनले 'सफ्ट पावर ' बढाउने रुसको महत्वपूर्ण लक्ष्य भएको बताएका थिए तर युत्रे्कनमा उनले सैनिक शक्ति प्रयोग गर्दा त्यो उद्देश्य प्राप्ति भने निकै कठिन हुनपुगेको छ।

यस अर्थमा, रुस कमजोर मानसिकता भएको क्षेत्रीय शक्ति हो भन्ने ओबामाको घोषणाले पुटिनलाई रुसलाई जी—८ बाट निलम्बन गर्ने निर्णयले भन्दा पक्कै कम चोट पारेको छैन। युत्रे्कनमा उनले गरेको कारबाहीले निःसन्देह रुसलाई तत्कालका लागि केही उल्लेख्य उपलब्धि भएको छ। त्यसमा प्रत्यक्ष लगानी थोरै परेको छ तर पुटिनको यो कडा कदमका लागि चुकाइएको मूल्य उचित थियो कि थिएन भन्ने चाहिँ हेर्न बाँकी नै छ।

अमेरिकी पूर्व सहायक रक्षामन्त्री