15 Chaitra, 2076 | March 28, 2020
Menu

पछिल्ला समाचार

साइड वाकर्स सम्झौताविरुद्ध आन्दोलन चर्कियो

  • मङ्गलबार १० बैशाख, २०७०
  • नागरिक
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - काठमाडौं नगरपालिकाले साइड वाकर्स कम्पनीसँग गरेको सम्झौताविरुद्ध उत्रेका सम्पदा संरक्षण संघर्ष समितिले मंगलबार पनि आन्दोलन जारी राखेको छ। सोमबार महानगरपालिकासँग बसेको छलफलमा कुनै निर्णय  हुन नसकेपछि उनीहरुले थप कडा आन्दोलन चर्काउने चेतावनी दिएका छन्। 'सम्झौता खारेजी नभएमा बसन्तपुर क्षेत्रमा भएको महानगरपाकिाको शाखा कार्यालय झोलमा पुग्नेछ,' संघर्ष समितिका सदस्य गणपतिलाल श्रेष्ठले भने।
आन्दोलनमा विभिन्न ८३ स्थानीय संस्था र विभिन्न वडाको ऐक्यबद्धता भएकाले सम्झौता खारेजी नभएसम्म आन्दोलन जारी राख्ने अडान राखेका छन्। 'सम्झौता खारेज नगरेसम्म जुनसुकै मूल्य चुकाउन तयार छौं,' समिति संयोजक श्याम मानन्धरले भने। काठमाडौं महानगरपालिकाले गत चैत ५ गते कम्पनीसँग भएको सम्झौता स्थानीयबासीका विरुद्ध र धार्मिक तथा ऐतिहासिक सम्पदाविरुद्ध भएको भन्दै विरोध जनाएका हुन्। मंगलबार उनीहरुले उपत्यकाभरि सम्झौता घातक भएको भन्दै पर्चा वितरण गर्ने, माइकिङ गरेर सम्झौताविरुद्धमा प्रचार/प्रसार गरे। स्थानीयबासी एक हप्तादेखि आन्दोलमा उत्रेका हुन्। स्थानीय जनप्रतिनिधिसँग कुनै छलफल नगरी महानगरपालिकाले गोप्य सम्झौता गरेकाले पहिला सम्झौता खारेज गर्नुपर्ने उनीहरुको माग छ। विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक, मौलिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक हनुमानढोका दरबारलाई स्थानीय बासिन्दासँग समन्वय नगरी संग्रहालय विकास समिति र साइड वाकर्ससँग भएको गोप्य सम्झौतालाई कालो सम्झौता जनाएका छन्। समितिका अनुसार तत्कालीन मेयर केशव स्थापितको कार्यकाल २०५८ मा बसन्तपुर क्षेत्रबारे स्थानीय प्रतिनिधिसँग छलफल भएको र छलछफले सो क्षेत्रबाट भएको आम्दानी स्थानीय क्षेत्रको विभिन्न सम्पदा संरक्षण तथा विकासमा खर्च गर्ने, आम्दानीको ७ प्रतिशत चाडपर्वका लागि खर्च गर्ने लगायत निर्णय गरेका थिए। स्थानीयबासीकै सहमतिमा सो क्षेत्रमा पर्यटकका लागि शुल्क काउन्टर राख्ने व्यवस्था गरिएको थियो।