Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

फोटो फिचर

रेग्मीको गाउँ भ्रमण (फोटो फिचर)

पाल्पा- शुक्रबार बिहानैदेखि पाल्पा पोखराथोक गाविसमा चहलपहल थियो। सडक सफा गर्ने, फूलमाला जुटाउने र स्वागतको सबै तयारी बिहीबारै सकिएको थिए। पोखराथोक धैरेनीमा जन्मेका खिलराज रेग्मी मुलुकका सरकार प्रमुख छन्। चुनाबी मन्त्रिपरिषद अध्यक्ष भएपछि रेग्मीको पहिलो गाउँ भ्रमणमा स्थानीयले भव्य स्वागतको तयारी गरेका थिए। बिहान करिब साढे ९ बजे रेग्मी गाउँ पुग्दा उनको जयजयकार गरियो।
फोटो फिचर हेर्नुस्

पाल्पामा भगवती जात्रा मनाइयो (फोटो फिचर)

पाल्पा- पाल्पामा आज भगवती जात्रा मनाइएको छ। सदरमुकाम तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो। अपरान्ह १ बजेदेखि भगवती मन्दिरबाट सुरु रथयात्रा तानसेन दरबार परिसर हुँदै मुल ढोकाबाट निकालेर नारायणस्थान, बसपार्क, टक्सार, बसन्तपुर, कैलाशनगर हुँदै टुंडिखेल स्थित नेपाली सेनाको ब्यारेकमा पुर्यापइएको थियो। त्यहाँ सेनाको विशेष पूजा र पञ्चवली पश्चात पुनः बजार क्षेत्र घुमाएर मन्दिर परिसरमा पुगेर यात्रा विसर्जन गरिएको थियो। सो अवसरमा नेपाली सेनाले राष्ट्रिय धुनसहित तोप पड्काएर सलामी गारद टक्राएको थियो।
फोटो फिचर हेर्नुस्

धुमधामसँग मनाइयो कृष्ण जन्माष्टमी (फोटो फिचर)

ललितपुर — भगवान् श्रीकृष्ण जन्मेको दिन अर्थात कृष्ण जन्माष्टमी पर्व हिन्दु धर्मावलम्बीले भगवान कृष्णको पूजाआजा गरी धुमधामसँग मनाएका छन्। ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, काठमाडौको गोठाटारस्थित नवतन धाम लगायत उपत्यकाबाहिर, बुटवल, नारायणगढ, नेपालगन्ज, भैरहवा, विराटनगर, वीरगन्जक्षेत्रका कृष्णमन्दिरमा बिहानैदेखि घुइचो लागेको छ।
फोटो फिचर हेर्नुस्

कृष्णमन्दिरमा 'बालकृष्ण'को मुस्कान (फोटो फिचर)

  • मङ्गलबार ११ भाद्र, २०७०
उपेन्द्र लामिछाने (शब्द/तस्बिर)- मंगलबार बिहान पाटन कृष्ण मन्दिरमा पुग्दा साना नानीहरु कृष्णको भेषमा घुम्दै थिए। पाटन कृष्ण मन्दिर प्रांगणमा छरिएर रहेका 'बालकृष्ण'जस्तै लाग्ने उनीहरुको मुस्कुराहटसँगै कृष्ण मन्दिरको रौनक बढेको छ। विभिन्न स्कुलबाट शिक्षकशिक्षिकासहित आएका उनीहरुले आगन्तुकको मनलाई लोभ्भाए। स्वदेशीले ध्यान दिएर नियाले। विदेशीले तस्बिर खिचे। कोही मन्दिरको सिँढीमा बसेर मुस्कुराउँदै थिए। कोही परेवासँग खेल्दै थिए। कोही घण्ट समाउँदै थिए। कोही मूर्तीमा आराम गर्दै थिए। एक दिन अगावै कृष्णअष्टमीको भान हुन्थ्यो। बुधबारको कृष्ण जन्माष्टमी पर्वका लागि पाटनस्थित कृष्ण मन्दिरमा सम्पूर्ण तयारी पूरा भएको छ। बुधबार भगवान् श्रीकृणणको जन्म दिन हिन्दू धर्मालम्बीले भगवान श्रीकृष्णको पूजाआजा गरी मनाउने गर्छन्।

फोटो फिचर हेर्नुस्

उपत्कामा यस्तो देखियो गाईजात्रा (फोटो फिचर)

काठमाडौं— दिवङ्गत आफन्तको सम्झना तथा आत्मशान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि सात दिनसम्म मनाइने परम्परागत गाईजात्रा काठमाडौं उपत्यकामा मनाइएको छ। पाटन र काठमाडौंभन्दा भक्तपुरमा केही भिन्न ढंगले गाईजात्रा मनाइएको छ।

फोटो फिचर हेर्नुस्

पशुपतिमा सोमबारे बर्तालु

काठमाडौं- साउने सोमबारको अन्तिम दिन काठमाडौंको पशुपतिनाथलगायत मुलुकभरका शिवालयमा बिहानैबाट पूजाआजाका लागि ब्रतालु महिलाको भीड लागेको छ। हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्छन् र अन्तिम सोमबार समापन गर्छन्। महिलाले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाएर सजिए। यसो गरे भगवान खुसी हुनुका साथै आफन्तको आयू बढ्ने उनीहरुको मान्यता छ। सोमबार बिहान पशुपतिनाथ मन्दिरमा देखिएका दृश्यन।
फोटो फिचर हेर्नुस्

मुर्तिसँग उत्तेजक तस्बिर खिचाउनेहरु

  • शुक्रबार २५ श्रावण, २०७०
एजेन्सी- कुनै पनि राष्ट्रका प्रख्यात ब्याक्ति, राष्ट्रिय जनावरहरुको मुर्ति बनाउने चलन पुरानै हो। हामीले विश्वकै चर्चित ब्याक्तिहरुको मुर्ति विभिन्न देशका विभिन्न शहरमा हेर्न पाउँछौं। ती मुर्तिहरु उनीहरुको सम्मानका लागि बनाइएको हुन्छ। प्रविधिको विकाससँग मानिसहरुले तिनै मुर्तिलाई गलत तरिकाले प्रयोग गर्न थालेका छन्। निर्मित मुर्तिसँगै गलत तरिकाले तस्बिर खिचाएर समाजिक सञ्जालमा पोस्ट गर्ने प्रचलन बढ्दै गएको छ। यस्तै तस्बिरहरु बेलायती अनलाइन समाचार साइट डेलीमेलले सार्वजनिक गरेको छ। हेरौं ती तस्बिरहरु:
फोटो फिचर हेर्नुस्

'क्रिस ३'का तस्बिरहरु

बहुप्रतिक्षित बलिउड फिल्म 'क्रिस ३'को ट्रेलर सार्वजनिक गरिएसँगै फिल्मका केही तस्बिर पनि सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म 'कोइ मिल गया'को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले 'क्रिस' फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा 'एलियन'बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले साइन्स फिक्सनलाई नै निरन्तरता दिएका छन्। फोटो फिचर हेर्नस् :
फोटो फिचर हेर्नुस्

स्विमिङ सुटमा सजिएका मोडलहरु

  • बिहीबार १० श्रावण, २०७०
मियामीमा 'विच फेसन' सप्ताह आयोजना गरिएको छ। फेसन सप्ताहमा स्विमिङ सुटमा सजिएका मोडलहरु र्‍याम्पमा उत्रिएका थिए। एपीको फोटो फिचर हेर्नुस्:
फोटो फिचर हेर्नुस्

बेल्जियममा नयाँ राजा (फोटो फिचर)

बेल्जियम- बेल्जियमका राजा अल्बर्ट द्वितिले इमोशनल वक्तव्य दिँदै छोरा युवराज फिलिपलाई गद्दी सुम्पेका छन्। विश्वका दुई नामी विश्वविद्यालयहरु अक्सोफोर्ड र स्टयानफोर्डमा अध्ययन गरेका युवराज फिलिपले संसदमा नयाँ राजाको सपथ लिए। बेल्जियम सेरोमोनियल राजतन्त्र भएको मुलुक हो। नयाँ राजा फिलिपले संसदमा…
फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed