15 Chaitra, 2076 | March 28, 2020
Menu

फोटो फिचर

यस्तो देखियो भोटोजात्रा

  • शुक्रबार २४ जेष्ठ, २०७०
ललितपुर- वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा शुक्रबार जाउलाखेलमा भोटो देखाउँदै सम्पन्न भएको छ। चार दिनअघि लगनखेलबाट ल्याइएको रथको बार्दलीबाट ४:२० मा सर्वसाधरणलाई भोटो देखाएसँगै जात्रा सम्पन्न भएको हो। दीपेश श्रेष्ठको फोटो फिचर हेर्नुस्: 
फोटो फिचर हेर्नुस्

ब्रिटिस गायिकाको गाउने स्टाइल

रबटमा आयोजित सांगीतिक पर्वमा आफ्नो बेजोड प्रस्तुती दिँदै ब्रिटिस गायिका जेस्सी जे। १२औं संस्करणको सांगीतिक पर्वमा विभिन्न गायकगायिकाले आफ्नो प्रस्तुती दिएका थिए। एएफपीले खिचेका जेस्सीको तस्बिरहरु हेर्नुस्
फोटो फिचर हेर्नुस्

काठमाडौंमै पश्चिम नेपाल

शुक्रबार बिहान काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा बेग्लै दृश्य देखियो। कर्मचारी सञ्चय कोष छेउबाट दमाहा बजाउँदै बाद्यबादक अघि लागे। बाजाको मिठो संगीतमा झुम्दै महिलापुरुषले उनीहरुलाई पच्छाए। त्यो लाममा झुमरा, हुड्के, पुतला, छलिया नाचको टोली थियो। उनीहरु नाचेको देख्नेहरु मोहित भए।


फोटो फिचर हेर्नुस्

जलाम्य काठमाडौँ

  • शुक्रबार १० जेष्ठ, २०७०
बिहीबार साँझ तीन घन्टामा उपत्यकामा १३५ मिलिलिटर वर्षा भएको छ। मे महिनामा १२३ मिलिलिटर औसत वर्षा हुने गरेकोमा बुधबार साढे पाँच बजेदेखि तीन घन्टाको बीचमा उक्त परिमाणमा वर्षा भएको थियो।

फोटो फिचर हेर्नुस्

यसरी ताने महिलामात्रैले मच्छिन्द्रनाथको रथ (साथमा फोटो)

काठमाडौँ- बुधबार ललितपुरका स्थानीय महिला मात्रैले रातो मच्छिन्द्रनाथको रथ तानेका छन्। हेरौँ दीपेश श्रेष्ठको क्यामेराबाट देखिएका केही दृश्य
फोटो फिचर हेर्नुस्

नेपालतिर नजिकिँदै गरेको चिनिया रेल...

सिगात्छे (तिब्बत) - तिब्बतको राजधानी ल्हासाबाट सिगात्छे र खासा हुँदै नेपाल जोड्ने भनिएको बहुचर्चित रेलको लिक निर्माण धमाधम भइरहेको छ। लिक निर्माण ल्हासाबाट सूरु भएको हो। करिब ८३ किलोमिटर पश्चिम पर्ने क्यूसुईको खरा गाँउसम्म यसको निर्माण कार्य सकिएको छ। बाँकी ठाँउमा धमाधम काम भइरहेको छ।
फोटो फिचर हेर्नुस्

कान्समा किडम्यानको किस

कान्स - हलिउडदेखि बलिउडसम्मको ध्यान यतिखेर फ्रान्सको कान्सतिर तानिएको छ। विश्‍वका उत्कृष्ट फिल्म उद्योग र ती उद्योगमा चर्चित कलाकारहरु एकै स्थानमा भेला भएका छन्। ६६ औं कान्स अन्तर्रराष्ट्रिय फिल्म फेस्टिवलमा उनीहरु कस्ता देखिए त ? समाचार एजेन्सी एपीले खिचेका हिरोइन निकोल किडम्यान पति केथ उर्वानलाई गरेको किसका तस्बिरहरु:

फोटो फिचर हेर्नुस्

फनफनी पोताला दरबार

DSC00164तिब्बतको राजधानी ल्हासा आउने कुनै पनि पर्यटकले घुम्न नछुटाउने एउटा स्थान छ, त्यो हो पोताला दरबार। शहरको पूर्व–उत्तर कुनामा रहेको यो दरबारको बाहिरी रूपले सबैलाई लोभ्याउछ। यो ल्हासाको पहिचान हो। पोताला एउटा दरबारमात्र नभएर विश्वकै एउटा ठूलो संग्राहालय हो भन्दा फरक पर्दैन। यो त्यतिबेला मात्र पुष्टि हुन्छ, जतिबेला दरबारभित्र पसिन्छ। साँच्चै भन्ने हो भने यो बुद्ध धर्म मान्नेहरू, धर्म–संस्कृति र सभ्यता सिक्नेहरूका लागि संसारकै सबैभन्दा उत्तम स्थल हो। यसलाई तिब्बतकै शान भन्दा पनि हुन्छ। चीन सरकारकै ठूलो सम्पत्ति भन्दा फरक पर्दैन।  

फोटो फिचर हेर्नुस्

आहा, कति राम्रो तिनाउ खोला ! (फोटो फिचर)

पाल्पा - यतिबेला रूपन्देही लगायत तराइका जिल्लाहरूमा गर्मीको उकुसमुकुस छ। मौसम शाखा भैरहवाका अनुसार बुटवल र भैरहवामा ३८ देखि ४० डिग्रीसम्म तापक्रम बढेको छ ।


फोटो फिचर हेर्नुस्

नेपालकै लामो जात्रा सुरु

नेपालकै सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु भएको छ। लिच्छवी कालदेखि यो जात्रा निरन्तर चलिरहेको छ। अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ। रथ तान्न सुरु भएदेखि जात्रा सम्पन्न हुन घटीमा दुई महिना र बढीमा पाँच महिनासम्म लाग्ने गरेको छ। सोमबार रथयात्रा सुरु भएको दिन नागरिकन्युजकर्मी दीपेश श्रेष्ठको क्यामेराबाट देखिएका दृश्य।
फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed