Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

मतदाता नामावली संकलन सुरु हुँदै

(0 votes)
काठमाडौं- निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन र केही महिनामै हुने संविधानसभाको उपनिर्वाचनलाई लक्षित गरेर देशभर फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ।
मतदाता नामावलीमा नाम नभएकैले संविधानसभाको निर्वाचनमा भोट हाल्न नपाएकाले अब नाम लेखाए उपनिर्वाचनमा भोट हाल्न पाउनेछन्। 'उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन र प्रशासन कार्यालयलाई फोटोसहितको मतदाता नामावली संकलन गर्न निर्देशन दिएका छौं,' निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले नागरिकसँग भने। उनका अनुसार बिहीबारदेखि नामावली संकलन गर्न बुधबार निर्देशन दिइएको हो। 'बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार प्रशासन कार्यालय र निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन सुरु हुन्छ,' उनले भने। 
निर्वाचन आयोगका अनुसार १८ वर्ष पूरा भएकाले मतदाता नामावलीमा नाम लेखाउन पाउनेछन्। उपनिर्वाचन हुने क्षेत्रका मतदाताले भने केही महिनामै हुने संविधानसभाको उपनिर्वाचनमा भोट खसाल्न पाउँछन्। 
मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा कांग्रेसका सुशील कोइराला र शेरबहादुर देउवा तथा एमालेका माधवकुमार नेपाल र वामदेव गौतम दुई–दुई निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। उनीहरूले छाडेका चार क्षेत्रमा उपनिर्वाचन हुँदैछ। कोइरालाले चितवन ४, नेपालले काठमाडौं २, गौतमले बर्दिया १ र देउवाले कैलाली ६ छाडेका छन्। 
संविधानसभा निर्वाचन ऐन २०७० अनुसार प्रत्यक्षतर्फ दुई क्षेत्रमा विजयी उम्मेदवारले शपथ ग्रहणको एक महिनाभित्र एक क्षेत्रबाट राजीनामा दिनुपर्छ। सोही ऐनले निर्वाचन आयोगले छ महिनाभित्र पुनः उपनिर्वाचन गराइसक्नुपर्ने व्यवस्था गरेको छ। 
दलहरूले संविधानसभा निर्वाचन सम्पन्न भएको छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने पनि प्रतिबद्धता गरेका छन्। त्यसैले अब संकलन हुने मतदाता नामावली स्थानीय निकाय निर्वाचनलाई पनि काम लाग्नेछ। 'हामीले सरकारलाई उपनिर्वाचन र स्थानीय निकाय निर्वाचनको मिति तोक्न भनिसकेका छौं,' निर्वाचन आयुक्त गुरुङले भने, 'सरकारले मिति तोकिदिए दुवै निर्वाचन जेठभित्रै सम्पन्न गर्न आयोग तयार छ।'
निर्वाचन आयोगले उपनिर्वाचनमा मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने तयारी गरेको छ। 'उपनिर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराउने तयारी गरेका छौं,' आयुक्त गुरुङले भने

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।