Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

क्रिमियाबारे नेपाल मतदान बाहिरै

(0 votes)
काठमाडौं– क्रिमियामा सम्पन्न जनमत संग्रहलाई लिएर संयुक्त राष्ट्रसंघको साधारण सभामा बुधबार भएको मतदानमा नेपाल तटस्थ बसेको छ।
दुई साताअघि जनमत संगहमार्फत क्रिमियाले आफूलाई युक्रेनबाट अलग्याई रुसमा गाभिने निर्णय गरेको थियो। उक्त जनमत संग्रहलाई वैधानिकता दिने वा नदिने विषयमा राष्ट्रसंघीय साधारण सभामा भएको मतदानमा नेपाललगायत ५८ राष्ट्र तटस्थ बसेका हुन्। मतदानले क्रिमियामा भएको जनमत संग्रहलाई अवैधानिक ठहर गरेको छ। 

राष्ट्रसंघले जारी गरेको विज्ञप्तिअनुसार मतदानमा जनमत संग्रहको परिणामलाई मान्यता दिने पक्षमा ११ र दिन नहुने पक्षमा एक सय मत परेको थियो। नेपाल, चीन, भारत, इजरायल, सर्विया, ताजकिस्तान, कजाकास्तान, इरान लगायत देश मतदानमा सहभागी नभई तटस्थ बसेका थिए। बेलारुस, बोलिभिया, क्युबा, उत्तर कोरिया, निकारागुवा, सुडान, सिरिया, भेनेज्युला र जिम्बावेले जनमत संग्रहलाई वैधानिकता दिने पक्षमा मतदान गरे। मतदानमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स लगायत राष्ट्रले युक्रेनको पक्षमा मतदान गरेका थिए। 

राष्ट्रसंघको साधारण सभाको भारी मतले क्रिमियालाई युक्रेनबाट अलग्याउन नहुने सन्देश दिए पनि रुसले भने आत्मनिर्णयको अधिकार प्रयोग गर्दै क्रिमिया आफूमा गाभिएको दाबी गरेको छ। 

युक्रेनको स्वशाषित क्षेत्र क्रिमियाले जनमत संग्रह घोषणा गरी रुसमा विलय हुने निर्णय गरेपछि अमेरिका तथा युरोपेली युनियन र रुस दुई खेमामा विभाजन भएको थियो। जनमत संग्रह रुसको दबाबमा भएको भन्दै युक्रेनले राष्ट्रसंघीय साधारण सभामा नतिजालाई मान्यता नदिन गरेको प्रस्तावमा बुधबार सदस्य राष्ट्रबीच मतदान भएको हो।

साधारण सभाले जनमत संग्रहलाई वैधानिकता नदिए पनि राष्ट्रसंघका लागि रुसी स्थायी प्रतिनिधिले क्रिमिया रुससँग एकीकरण भइसकेको बताएका छन्। क्रिमियाका जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गरिने जनाउँदै उनले सम्पूर्ण घटनाको दोष युक्रेनमाथि थोपरेका थिए। 

साधारण सभाले युक्रेनको पक्षमा मतदान गरे पनि राष्ट्रसंघको सबैभन्दा बलियो अंग सुरक्षा परिषदमा यो रोकिने छ। भिटो पावर भएका पाँच राष्ट्रमध्ये रुस एक भएकाले सुरक्षा परिषदमा उसले भिटो लगाउने पक्का छ।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।