Friday 12 Mangshir, 2077 | November 26, 2020
Menu

राजनीति

‘ग्रिनकार्ड लिने कर्मचारीलाई कारबाही'

(0 votes)
काठमाडौं– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थायी बसोबास र ग्रिनकार्ड लिने सरकारी कर्मचारीलाई कानुनी कारबाही गरिने बताएका छन्। सार्वजनिक सूचना जारी गरी त्यस्ता सरकारी कर्मचारी खोज्ने तयारी गरिरहेको जानकारी दिँदै मन्त्री पण्डितले विवरण लुकाउने कर्मचारीलाई पक्राउ गरिने बताए। 'अर्को देशको स्थायी बसोबास, ग्रिनकार्ड र डिभी लिनेहरू नेपालप्रति बफादार हुँदैनन्। 
तिनले राष्ट्रियतालाई कमजोर पार्छन्,' पण्डितले नागरिकसँग भने, 'सार्वजनिक सूचना प्रकाशित गरेर त्यस्ता कर्मचारीको विवरण माग गर्छौं। विवरण लुकाउनेलाई दोहोरो नागरिकता लिएको कसुरमा पक्राउ गर्छौं।' कस्तो भिसामा विदेश गएको हो भन्ने जानकारी लिने काम भइरहेको उनले बताए। 
पण्डितले अनौपचारिक स्रोतबाट विभिन्न देशको स्थायी बसोबास अनुमति लिने कर्मचारीको संख्या एक हजारभन्दा बढी भएको जानकारी आएको बताए। 'सबै मन्त्रालयमा पत्राचार गरिसकेका छौं, अन्य माध्यमबाट पनि खोज्ने काम भइरहेको छ, यति नै संख्यामा छन् भन्न सकिँदैन,' पण्डितले भने, 'यसमा सबै पक्षको सहयोग आवश्यक छ।' 
उनले निजामती ऐन परिवर्तन गरेर विदेशमा स्थायी बसोबास लिने सबैलाई कारबाही गर्ने तयारी भइरहेको बताए। 'विदेशमा स्थायी बसोबास अनुमति लिएको खुल्न आएका व्यक्तिलाई महŒवपूर्ण जिम्मेवारी दिन रोकिएको छ, त्यस्तालाई कर्नर पार्दै लगिनेछ,' पण्डितले भने, 'मन्त्रिपरिषद र संसदमा पनि मैले यो विषय उठाइसकेको छु। सरकार र संसद कतैबाट विरोध भएको छैन। सहयोग हुने अपेक्षा नै लिएको छु।' 
बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको प्रसंग उल्लेख गर्दै उनले भने, 'पहिले यस विषयमा ध्यान दिएको भए सरकारको करोडौं रुपैयाँ खर्च हुँदैन्थ्यो।' बेलायतमा स्थायी बसोबास अनुमति प्राप्त गरेकी पत्नीलाई भेट्न जाँदा लामा करिब १५ महिनाअघि पक्राउ परेका थिए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।