Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

एकै दिन ३३ सय एमआरपी आवेदन

(0 votes)
काठमाडौं-मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) का लागि अहिलेसम्मकै सबैभन्दा बढी आवेदन सोमबार परेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा सोमबार ३ हजार ३ सय सेवाग्राहीले द्रुत सेवामार्फत एमआरपीका लागि आवेदन दिएका छन्।
विभागमा सोमबार १० हजारका दरले ३ करोड ३० लाख रुपैयाँ राजस्व उठेको छ। राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालका अनुसार आवेदन दिनेमा आधाभन्दा सेवाग्राही नयाँ छन्। 
यसअघि एकै दिन सबैभन्दा बढी ३ हजार सेवाग्राहीको आवेदन परेको थियो। विभागका अनुसार द्रुत सेवाका लागि पछिल्लो समय दैनिक औसत २ हजारदेखि २५ सयले आवेदन दिने गरेका थिए।
राहदानी बनाउन यतिधेरै किन आइरहेका छन् भन्नेमा विभाग नै अलमलमा परेको छ। ‘साधारण सेवा (५ हजार रुपैयाँ राजस्व तिरेर) अन्तर्गत राहदानी बनाएर जिल्लामा निरन्तर पठाइरहेका छौं। विदेशस्थित मिसनहरूमा पनि गइरहेको छ। यति हुँदाहुँदै पनि द्रुत सेवा लिन आउने सेवाग्राहीको संख्या बढेको देखेर हामी नै चकित छौं,' खनालले भने। 
पुरानो हस्तलिखित राहदानी वितरण बन्द गरेपछि सन् २०१० डिसेम्बर अन्तिम साताबाट परराष्ट्रले एमआरपी वितरण थालेको हो। विभागले साधारण सेवा लिनेलाई डेढ महिनाभित्र र द्रुत सेवा लिनेलाई एकसातामा एमआरपी वितरण गर्दै आएको छ। सुरुमा विभागबाट मात्रै एमआरपी वितरण गरिएको भए पनि भीडभाड बढेपछि ७५ जिल्ला प्रशासन कार्यालयमा साधारण सेवा विस्तार गरिएको थियो। यस्तै, विदेशस्थित ३१ वटा नेपाली दूतावासबाट पनि साधारण सेवाअन्तर्गत राहदानीको आवेदन बुझ्ने र वितरण गर्ने गरिन्छ। 
विभागका अनुसार सबै ठाउँबाट अहिले एमआरपीका लागि दैनिक ७ हजार हाराहारीमा आवेदन पर्ने गरेको छ। फागुनमा मात्र विभागले १ लाखभन्दा बढी एमआरपी जारी गरेको थियो। विभागसँग भने दैनिक ४ हजार मात्र राहदानी जारी गर्ने जनशक्ति छ, त्यो पनि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म कार्य गरेर। 
‘सुरुमा द्रुत सेवाका लागि दैनिक बढीमा ७ सय ५० जना सेवाग्राही आउने अनुमान गरी विभागमा कर्मचारी राखिएको थियो। अहिले दुई/चार जना कर्मचारी थपिएको छ। कामको लोड चार/पाँच सय गुना बढेको छ,' खनालले भने। अहिले विभागमा स्थायी, अस्थायी र करारका गरी ९० कर्मचारी कार्यरत छन्। 
द्रुत सेवाअन्तर्गत जारी गरिने एमआरपीमा हस्ताक्षर गर्नका लागि विभागले तीन अधिकृत खटाएको छ। कार्यालय समय दैनिक ८ घन्टालाई आधार मान्दा एक अधिकृतले दिनहुँ एक हजार एक सय राहदानीमा हस्ताक्षर गर्नुपर्छ अर्थात प्रतिघन्टा १३७ दशमलव ५ र प्रतिमिनेट २ दशमलव २९ एमआरपीमा हस्ताक्षर गर्नुपर्ने हुन्छ। 

अहिलेकै गतिमा राहदानी लिने क्रमले निरन्तरता पाइरहे २ करोड ६५ लाख जनसंख्या रहेको नेपालमा वार्षिक २२ लाखभन्दा बढी एमआरपी वितरण हुनेछ। यसलाई सामान्य रूपमा हेर्न नमिल्ने विभागको भनाइ छ।


वृद्ध, महिला र बालबालिका लाइन बस्नु नपर्ने

काठमाडौं– राहदानी विभागमा द्रुत सेवाअन्तर्गत एमआरपी लिन आउने वृद्ध, अशक्त, महिला र बालबालिकाले आवेदन फारम बुझाउन लाइनमा बस्नु नपर्ने भएको छ। ६० वर्ष नाघेका वृद्ध, महिला र बालबालिकाले सिधै फारम बुझाउने व्यवस्था गरिएको राहदानी विभागले जनाएको छ। 
‘उनीहरूले सिधै ‘ए' काउन्टरमा गई एमआरपीका लागि आवेदन बुझाउन पाउँछन्,' महानिर्देशक खनालले भने, ‘ए काउन्टरमा पुरुषको लाइन भए पनि वृद्ध, अशक्त, महिला र बालबालिकालाई सिधै आवेदन बुझाउने व्यवस्था मिलाइएको छ।'

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।