Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीति

ग्रिनकार्ड लिएका कर्मचारी खोज्न अमेरिकाले सघाउने

(0 votes)
काठमाडौं—नेपालका लागि अमेरिकी राजदुत पिटर डव्लु बोडेले आफ्नो देशको ग्रीनकार्ड र नागरिकता लिने नेपाल सरकारका कर्मचारीको खोजीमा सहयोग गर्ने बताएका छन्। गैह्रकानूनी हिसावले विभिन्न देशको नागरिकता,ग्रिनकार्ड र पिआर लिएका सरकारी सेवामा रहेका कर्मचारीहरुलाई कारवाही गर्ने बताउँदै आएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई शुक्रबार भेट्दै रादुत बोडेले त्यस्ता कर्मचारीको खोजीमा सहयोग गर्ने बताएका हुन्।
सामान्य प्रशासन मन्त्रालयमा भएको भेटमा राजदुत बोडेले प्रशासन सुधारका लागि सरकारले गरेको प्रयास प्रशंसायोग्य भएको बताएका थिए। 'अमेरिकामा प्रशासन सुधार हुन १ सय ७० बर्ष लागेको थियो,' राजदुत बोडेको भनाई उदृत गर्दै मन्त्री पण्डितले नागरिकन्युजसँग भने, 'प्रशासन सुधारका लागि जे थाल्नुभएको छ, हिम्मतका साथ अघि बढनुस्, यसका लागि हामीले गर्नुपर्ने आवश्यक सवै सहयोग गर्छौं।' सार्वजनिक पदमा रहेको व्यक्तिले अरु देशको नागरिकता लिन खोज्नु अमेरिकामा पनि अपराध मानिने राजदूतले बताए।

भेटमा राजदुत बोडेले आम नागरिक भन्ने अलग्गै कुरा भएको तर अन्य देशसँग सम्बन्ध भएको व्यक्ति सार्वजनिक प्रशासनमा बस्न नपाउने अमेरिकामा व्यवस्था भएको बताएका थिए। 'देशको सेवाका लागि सपथ खाएकै व्यक्तिले गलत काम गर्नु राष्ट्रद्रोह हो,' बोडेको भनाइ उदृत गर्दै मन्त्री पण्डितले भने।

भेटमा मन्त्री पण्डितले देश संक्रमण कालबाट गुज्रिरहेकाले यसको गलत फाइदा कर्मचारीतन्त्रले पनि उठाएको बताएका थिए। 'राष्ट्रियताको कुरा हो, देश गरिव भयो भन्दैमा कसैलाई पनि गैह्रकानूनी काम गर्न छुट छैन,' मन्त्री पण्डितले भने 'अर्काको देशमा भविष्य देख्ने व्यक्तिले देश र जनताप्रति उत्तरदायी हुँदैन, यस्ता कर्मचारीहरु देशद्रोही हुन् ।'

विभिन्न देशको पिआर, नागरिकता ग्रिनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्ने बताए लगत्तै मन्त्री पण्डित अहिले चर्चामा छन्। उनका अनुसार मन्त्रालयले विभिन्न सरकारी निकाय र कुटनीतिक निकायहरुसँग विभिन्न देशका पिआर, नागरिकता, ग्रिनकार्ड लिएका कर्मचारीहरुको नाम मागेको छ। मन्त्री पण्डितले नाम संकलन भैरहेको र छिट्टै उनीहरुको नाम सार्वजनिक गर्ने र त्यसका लागि आवश्यक कानून संशोधन गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए।

राजदुत बोडेले कुटनीतिक मान्यता पुरा गर्दै परराष्ट्र मन्त्रालयमार्फत समय मिलाएर मन्त्री पण्डितलाई भेटेका हुन्। 'सवैले आफूले पालना गर्नुपर्ने आचारसंहिता र प्रक्रिया पुरा गर्नुपर्छ,' उनले भने 'कुटनीतिक प्रक्रिया पुरा गरेर परराष्ट्र मन्त्रालयमार्फत् समय मागेर मैले राजदुतलाई भेटेको हुँ ।'

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।