Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

'लोकसभा चुनावपछि फेरिन्न नेपाल नीति'

(0 votes)
काठमाडौं- भारतमा सोमबारबाट सुरु हुने लोकसभा निर्वाचनले सत्ता समीकरणमा ठूलो परिवर्तन ल्याउने धेरैको आँकलन छ। दस वर्ष सत्ताबाहिर रहेको भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।
हिन्दु कट्टरवादी छविका नेता मोदीको सम्भावित उदयले छिमेकी नेपाल मात्र होइन, उनलाई भिसा अस्वीकृत गर्दै आएको अमेरिकासम्मको ध्यान खिचेको छ। तर, के यो निर्वाचन परिणामले भारतको नेपाल नीतिमा कुनै परिवर्तन होला? 
'भारतको विदेश नीति निर्माण कार्य जटिल छ। सत्तामा आउने व्यक्ति तथा पार्टी फेरिँदैमा विदेश नीतिमा परिवर्तन आउँदैन,' भारतका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापाले आइतबार नागरिकसँग भने, 'सर्वसम्मतबाट बनेको विदेश नीति नयाँ सरकार आउँदैमा भत्कने सम्भावना म देख्दिनँ।'
थापा भारतमा ६ वर्ष राजदूत रहँदा ५ वर्ष भाजपा सरकार नै थियो। भारतमा हुने नीति निर्माणलाई उनले नजिकबाट नियालेका छन्। थापाका अनुसार भारतमा विदेश नीति बनाउँदा विज्ञ, कर्मचारी, सुरक्षा निकाय लगायतले सुरुमा दस्तावेज तयार पार्छन्। विभिन्न दलका शीर्षनेताबीच उक्त दस्जावेजमाथि सामूहिक छलफल हुन्छ। त्यसपछि मात्र दस्तावेजलाई अन्तिम रूप दिइन्छ, जुन सबैको साझा सहमतिमा तयार हुन्छ। 
'भारतमा धेरै निर्वाचन सम्पन्न भए र धेरै सरकार फेरिए तर विदेश नीतिमा उचारचढाव आएको देखिँदैन। सबै पार्टीको सहमतिमा विदेश नीति बनाउने परम्परा भारतको छ। परिपक्वता र वैज्ञानिक तरिकाले नीति निर्माण हुने हुँदा दल तथा व्यक्ति सत्ता वा बाहिर भए पनि नीति त्यही नै हुन्छ,' थापाले प्रस्ट्याए, 'भारतमा केन्द्रीय नेताको भन्दा राज्यका नेताको प्रभाव बढ्दो छ। त्यसैले, निर्वाचन परिणामले नेपालमा प्रत्यक्ष असर गर्ने देखिँदैन। एक/दुईजना नेता आउँदा बोलेका कुराले अर्थ राख्दैन।'
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र राज्यमन्त्री प्रकाशशरण महत पनि भारतको सत्ता परिवर्तनले विदेश नीति फेरिन्छ भन्नेमा विश्वास गर्दैनन्। भाजपा सत्तामा पुगे अप्रत्यक्ष रूपमा हिन्दुवादीलाई सहयोग हुने भए पनि त्यसले अर्थ नराख्ने उनी बताउँछन्। 'आफूसँग विचार मिल्नेलाई भित्रभित्र सहयोग हुन सक्ला, प्रत्यक्ष सहयोग हुन सक्दैन,' महतले भने।
नेकपा एमालेको विदेश विभाग सदस्य राजन भट्टराई भारतमा हुने सरकार परिवर्तनले विदेश नीतिमा तात्विक फरक नआउने बताउँछन्। उनको बुझाइमा भारतका केही चासो छन्, जसलाई सत्तामा जुन पार्टी पुगे पनि निरन्तरता दिन्छन्। 
थापा र भट्टराईको बुझाइमा भारतमा सत्ता परिवर्तन हुँदा एकपटक मात्र नेपाल नीति फेरिएको छ, तर त्यो पनि क्षणिक बन्यो। सन् १९९७ मा जनता दलका नेता आइके गुजराल प्रधानमन्त्री भएपछि छोटो समय विदेश नीति परिवर्तन भएको महसुस गरिएको थियो। विदेश नीतिमा 'गुजराल डक्ट्रिन' अहिले पनि चर्चित छ। छिमेकी राष्ट्रसँग लेनदेनका आधारमा सम्बन्ध नराखी आफ्ना मुख्य स्वार्थमा आघात नपर्नेगरी खास किसिमले सहुलियत दिनुपर्छ भन्ने नै गुजराल डक्ट्रिन हो।
यही नीतिअनुसार गुजरालकै पालामा नेपालका लागि फूलबारी हुँदै बंगलादेश करिडोर खुला भयो। यो मार्ग प्रयोग गर्न पाउँ भनी नेपालले सन् १९६७ मा प्रस्ताव गरेको थियो, तर सुनवाइ ३४ वर्षपछि गुजरालको पालामा भयो। 'वाणिज्य सन्धि पनि उनकै सिद्धान्तको परिणाम थियो। यो सन्धीले नेपाललाई धेरै वस्तुमा भन्सार छुट, सहुलियत दिएको थियो। यसले भारतसँगको व्यापार घाटा कम भयो,' भट्टराईले भने, 'तर, सन् २००२ मा भाजपा नेतृत्वको सरकारले सन्धी परिमार्जन गर्दा पुराना बुँदा राख्न मानेन, जसका कारण फेरि व्यापार घाटा सुरु भयो।'
भारतको सत्ताले क्षणिक रूपमा भन्दा दूरगामी सोच राखेर विदेश नीति बनाउने हुँदा सत्ता परिवर्तनले त्यसलाई कुनै असर नगर्ने उनले बताए। 'यसपालि पनि भाजपाको विजयले फलानोलाई फाइदा होला भन्नु अनुमान मात्र हो,' उनले भने।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।