Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

मुहार फेर्दै लन्डनको नेपाली दूतावास

  • बुधबार २६ चैत्र, २०७०
  • चिरन शर्मा
  • DISQUS_COMMENTS
(0 votes)
लन्डन-वर्षौंदेखि जीर्ण रहेको लन्डनस्थित नेपाली दूतावास भवनको मर्मतसम्भार तथा सरसफाइ सुरु गरिएको छ। बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली दूतावास भवनको सरसफाइ तथा मर्मत धमाधम भइरहेको बताए।
सरकारले बजेट नदिएको कारण देखाउँदै यसअघिका राजदूतहरूले भवन मर्मतसम्भार गर्न नसकिने बताउँदै आएका थिए। भवनका अधिकांश टेबल, कुर्सी, पर्दा, कार्पेट काम नलाग्ने भएका छन्। धेरै कोठाको सेन्टर हिटिङसमेत बिग्रेको छ। भवन र कोठा रङरोगनमै धेरै खर्च लाग्ने भन्दै यसअघिका राजदूतले मर्मतमा ध्यान नदिँदा भवन जीर्ण बनेको हो।

‘एकैपटक सबै मर्मतसम्भार सम्भव छैन, विस्तारै सरसफाइ र रङरोगन थालेका छौं,' कार्यवाहक राजदूत क्षेत्रीले नागरिकसँग भने, ‘सकेसम्म दूतावास सबैले हेर्नलायक बनाउने हाम्रो उद्देश्य हो। मेरो एक्लो प्रयासले यो सम्भव भएको होइन, दूतावासका सबै कर्मचारीको सामूहिक प्रयत्न हो।'

इच्छाशक्ति भए बजेट अभाव नहुने क्षेत्रीको भनाइ छ। ‘कुनै पनि देशको सरकारले एकैपटक लाखौं डलर खर्च गर्न सक्दैन। जे–जति सरकारले बजेट दिएको छ, त्यसलाई प्राथमिकताका आधारमा सदुपयोग गर्न सकिन्छ,' उनले भने।

सन् १९८० देखि दूतावासमा चालकका रूपमा कार्यरत कृष्णराम श्रेष्ठ कार राख्ने ग्यारेज पहिलोपल्ट रङरोगन गरिएकोमा दंग छन्। ‘स–साना मर्मतसम्भार यसअघि पनि हुँदै आएका थिए, तर दूतावासले मुहारै फेर्नेगरी परिवर्तन भएको पहिलोपटक हो,' उनले भने।

दूतावासले दुईवटा काउन्टरबाट सेवाग्राहीलाई सेवा दिन थालेको छ। यसअघि भिसा, पासपोर्टलगायत काम एउटै काउन्टरबाट हुँदा विदेशी र नेपाली सेवाग्राही मर्कामा परेका थिए। थोरै जनशक्तिबाट धेरै सुविधा दिन सकियोस् भनेर नयाँ काउन्टर थपेको क्षेत्रीले बताए।

त्यस्तै, निवर्तमान राजदूत सुरेशचन्द्र चालिसेले हटाएका दुई स्थानीय कर्मचारीको पदपूर्तिका लागि प्रक्रिया सुरु गरिएको पनि दूतावासले जनाएको छ। दूतावासमा दैनिक १ सय ५० जना सेवाग्राहीले सेवा लिइरहेको बताइन्छ। 

दूतावास भवनभित्रै फोटोकपी गर्ने व्यवस्था मिलाइएको र राहादानीसम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमा अपडेट गरिएको पनि क्षेत्रीले जानकारी दिए। उनका अनुसार सेवाग्राहीले दूतावासको अनलाइनबाटै आफ्नो राहादानी तयार भए–नभएको जानकारी लिनसक्नेछ। दूतावासमा वर्षौंदेखि प्रयोग हुँदै आएको टेलिफोन लाइनलाई नयाँ सिस्टमबाट सञ्चालनमा ल्याइएको छ।

दोस्रो विश्वयुद्ध बेला दूतावास भवनको पछिल्लो भागमा बनाइएको बंकर सफा गरिएको छ। त्यसबाट तीन ट्रक कोइला भेटिएको दूतावासले जनाएको छ। तत्कालीन बेलायती सैनिकले सुत्न प्रयोग गरेका चारवटा बिस्तरा समेत निकालिएको थियो।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।