Wednesday 17 Mangshir, 2077 | December 02, 2020
Menu

राजनीति

नक्कली राहदानीः हरेक बर्ष दोब्बर पक्राउ

  • बुधबार २६ चैत्र, २०७०
  • श्रृजना श्रेष्ठ
  • DISQUS_COMMENTS
(0 votes)
नेपाली राहदानी नेपाली राहदानी
काठमाडौं- नक्कली हस्त-लिखित नेपाली राहदानी (नन्-एमआरपी) फेला पर्ने क्रम प्रत्येक बर्ष सतप्रतिशतले वृद्धी भइरहेको छ। नागरिकन्युजले अध्यागमन विभागबाट फेला पारेको आंकडा अनुसार नन-मेिसन रिडेबल पासपोर्ट (हस्त-लिखित राहदानी) भिसाको संख्या सन् २०१२ मा ४८५ थियो भने २०१३ मा ८७३ फेला परेको छ। प्रायः अरब मुलुकबाट रोजगारी सकेर फर्कने यस्तो नक्कली राहदानीसहित फेला परेका छन्।

"प्रायः विदेशबाट रोजगारी सकेर नेपाल फर्कने क्रममा पक्राउ पर्ने गरेका छन्," अध्यागमन विभागका प्रवन्ध निर्देशक शरदचन्द्र पौडेलले भने। त्रिभुवन विमानस्थलमा रहेको उपकरणले यस्ता नक्कली पासपोर्ट सजिलै पत्ता लगाउने उनले बताए। सक्कली पासपोर्टबाट फोटो झिकेर अन्य नेपाली वा भारतीय नागरिकको फोटो टाँस्ने गरेको विभागले पत्ता लगाएको छ। "सुरुको अनुसन्धानमा प्रायः फोटो फेरिएको भेटिएका छन्", पौडेलले भने,

"फोटोबाहेक कसैले जागीरका लागि जन्ममिती र पेशा पनि बदल्ने गरेका छन्।" नेपालीहरूले विदेशमा रोजगार प्राप्त गर्नका लागि आफ्नो उमेर थपघट गर्ने गरेको पनि अधिकारीहरू बताउँछन्। आवश्यकता अनुसार उमेर थपघट गर्दा रोजगार पाइने सम्भावना बढ्ने  गर्दछ।

सन् २०१३ को सेप्टेम्बरमा मात्रै १५४ नक्कली राहदानी फेला परेको थियो भने डिसेम्बरमा ३७ मात्रै फेला परेको अभिलेखमा उल्लेख छ। "सबैभन्दा बढी सेप्टेम्बरमा फेला परेको छ किनभने त्यसबेला दशैंमा घर फर्कने बढी हुन्छन्," विभागका कानुन शाखाका एक अधिकारीले नागरिकन्युजलाई भने।

सोही बर्ष नक्कली भ्रमण-कागजातसाथ फेला पर्नेमा नेपाली र भारतीय नागरिकबाहेक ८ इरानी, ४ नाइजेरीयाली, ४ बंगलादेशी र १ गिनी थिए। अध्यागमन विभागले १,५१४ नक्कली राहदानीमा संलग्नको अनुसन्धान गरेको थियो जसमा फिर्ता पठाइएका र नेपाल छिर्न निषेध गरिएका विदेशी नागरिकसमेत छन्।
विभागले सन् २०११ मा नेपाली र भारतीय नागरिकबाट १३८ नक्कली नन्-मेसिन रिडेबल राहदानी जफत गरेको थियो। त्यो संख्या सन् २०१० मा ४८ मात्रै थियो।

यस्तो नक्कली राहदानीको विगविगी हुनुमा नेपाल-भारतको खुला सिमाना पनि मुख्य कारणमध्ये रहेको अध्यागमन विभागका अधिकारीहरुको ठहर छ।
"यस्तो नक्कली राहदानीको प्रयोग गरेर नेपालबाट बाहिरिने सम्भावना नरहेकोले उनीहरू भारतको दिल्ली हुँदै समुन्द्रपार जाने गर्छन् र नेपाल फर्कंदा पक्राउ पर्छन्," कानुन शाखाका रामेश्वर खनाल भन्छन्। पूर्णरूपमा एमआरपी (मेसिन रिडेबल पासपोर्ट) चल्न थालेपछि भने नक्कली हस्त-लिखित राहदानी हराउने खनालको दावी छ
"एमआरपी मात्रै चल्न थालेपछि यस्तो नक्कली पासपोर्ट स्वाँट्टै घट्छ", उनी भन्छन्, "तर एमआरपीकै नक्कल गर्ने सम्भावना पनि छ।"

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।