Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

'राजदूतको ग्रेडिङ गर्नुपर्छ'

(0 votes)
'राजदूतको ग्रेडिङ गर्नुपर्छ'
काठमाडौं– जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराईले राजदूतमा राजनीतिक नियुक्ति गर्ने चलन विश्वमै 'फेजआउट' भइसकेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति स्नातकोत्तर कार्यक्रम (एमआइआरडी) ले आइतबार राजधानीमा आयोजना गरेको राजदूत नियुक्तिसम्बन्धी अन्तक्र्रियामा उनले कूटनीतिक सेवाकै दक्ष जनशक्तिलाई राजदूत बनाइनुपर्ने बताए । 'धेरै देशमा राजतन्त्र हुनाले पनि राजदूतमा राजनीतिक नियुक्ति हुन्थ्यो,' उनले भने, 'परराष्ट्र सेवामा पहिला दक्ष जनशक्ति नभएकाले सम्मानका हिसाबले राजनीतिक नियुक्ति गरिन्थ्यो । तर, अहिले कूटनीतिक सेवामै दक्ष जनशक्ति तयार भइसकेको छ ।'
उनले राजनीतिक नियुक्ति गरे पनि दक्षतालाई आधार बनाइनुपर्ने बताए । 'राजदूत राम्रो÷नराम्रो भन्ने उसको कार्य क्षमतामा भर पर्छ, राजनीतिक तथा करिअरले होइन । तर, दक्षता हुनैपर्छ,' उनले भने ।
कुन देशमा कस्तो राजदूत पठाउने भनेर 'ग्रेडिङ' गर्नुपर्ने समेत उनको धारणा थियो । 'राजदूतको गे्रडिङ गर्दा पोस्टिङ गर्न सजिलो हुन्छ,' उनले भने, 'राजदूत भइसकेकाको पनि कार्य मूल्यांकन हुनुपर्छ ।' उनले राजदूतलाई 'क्याबिनेट स्टाटस' पनि दिन नहुने जनाए । राजदूतलाई मन्त्रीसरहको जिम्मेवारी दिँदा काम गराइमा अप्ठेरो हुने बताए ।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।