Thursday 18 Mangshir, 2077 | December 02, 2020
Menu

राजनीति

राहदानीमा राहत, आवेदन सङ्कलन काउन्टर थपिए

  • मङ्गलबार २ बैशाख, २०७१
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
 काठमाडौँ- सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज एवम् सेवाग्राहीमैत्री बनाउन आजदेखि थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ।
 राहदानी विभागमा सेवाग्राहीको बढ्दो भीडभाड र उनीहरूले झेल्नु परेको सास्तीलाई दृष्टिगत गरी सरकारले विद्यमान छवटा फाराम सङ्कलन काउन्टरलाई बढाएर नौवटामा पुर्‍याएको हो।

  राहदानी लिने सर्वसाधारणको भीड राहदानी विभागमा सधैँ लागिरहने र सेवाग्राहीले सास्ती खेप्नुपरेकाले उनीहरूलाई राहत दिन काउन्टर थपिएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए।  

 अब राहदानी वितरणमा पनि सहजता ल्याउन कम्प्युटर इन्जिनियरलगायत १५ जना जनशक्तिको व्यवस्था गर्न विभागले प्रयास गरेको जानकारी दिँदै उनले अर्थ मन्त्रालयबाट दरबन्दी स्वीकृत हुनासाथ वितरण प्रक्रियालाई सरल एवम् सहज बनाइने बताए।

 'करार सेवामा १५ जना जनशक्ति थप्ने कार्ययोजना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्तुत भइसकेको छ, निर्णय हुने वित्तिकै राहदानीसम्बन्धी समस्या समाधान गर्न सहज हुन्छ,'– राहदानी फाराम सङ्कलनको समस्या प्रायः समाप्त भएको तर वितरणको झमेला नटुङ्गिएको बताउँदै उनले भने।

 मौजुदा कम्प्युटर इन्जिनियर र अन्य प्राविधिक कर्मचारीले बिहान ७ देखि राति ७ बजेसम्म काम गरेर दैनिक आठ हजारको हाराहारीमा राहदानी तयार गरिरहेका छन् तर पर्याप्त जनशक्तिको अभावमा तयार भइसकेका राहदानी वितरण विभागलाई चुनौती बनेको छ।

 यसैबीच, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले १५ जना जनशक्ति विभागलाई उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै त्यसबारेमा आफूले अर्थमन्त्रीसँग छलफल गरेको जानकारी दिए।

 चार वर्षको अवधिमा विभागले तीन लाख ३१ हजारभन्दा बढी राहदानी नवीकरण, हराएका ६९ हजार ६७४ र हस्तलिखित तीन लाख २६ हजार ८४५ राहदानी प्रतिस्थापन गरिसकेको छ।

 सन् २०१५ को अक्टोबर २४ सम्ममा विश्वभरमा एमआरपी लागू गरी सक्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्यन सङ्गठनको नियमानुसार नेपालमा पनि एमआरपी लिनेहरूको घुइँचो बढेको हो। साथै वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढेकाले पनि राहदानी लिनेको लर्को लाग्ने गरेको छ।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।