Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

सार्क–चीन सम्बन्धमा नेपाल सहायक : चिनियाँ उपविदेश मन्त्री

हङकङ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा प्रभाव विस्तार गर्न खोजिरहेको चीनले त्यसका लागि नेपालको सहयोग मागेको छ। चीन भ्रमणमा रहेको नेपाली सभासदको टोलीसँग उपविदेश मन्त्री लिऊ झेनमिनले सार्कमा चीनको सम्बन्ध विस्तार गर्न सहयोगको आग्रह गरेका हुन्।
विस्तृतमा पढ्नुस्

‘भारतका प्रधानमन्त्रीको अन्तिम भ्रमण नेपालमा’

काठमाडौ‌-भारतीय अखबार ‘द टेलिग्राफ' ले भारतीय प्रधानमन्त्री मनमोहन सिंहले आफ्नो १० वर्षे कार्यकालको अन्तिम विदेश भ्रमण नेपालमा गर्ने उल्लेख गरेको छ। सिंहनिकट स्रोत र भारतीय विदेश मन्त्रालय स्रोतको हवाला दिँदै टेलिग्राफले सिंहले म्यानमारमा हुने बिमस्टेकको तेस्रो शिखर सम्मेलनमा सहभागी भई…
विस्तृतमा पढ्नुस्

अठारौं सार्क काठमाडौंमा गर्न प्रस्ताव

काठमाडौं– सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको आयोजक बन्न औपचारिक रुपमा प्रस्ताव गरेको छ। माल्दिभ्समा बिहीबार सकिएको सार्कको ३५औं परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नेपालले शिखर सम्मेलन काठमाडौंमा गर्ने प्रस्ताव गरेको हो।
विस्तृतमा पढ्नुस्

अठारौँ सार्क सम्मेलन कात्तिक-मङ्सिरमा नेपालमा हुने

काठमाडौँ -दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलन आगामी कात्तिक/मङ्सिरमा यहाँ हुने भएको छ।  
विस्तृतमा पढ्नुस्

कोइरालालाई भारत भ्रमणको निम्तो

काठमाडौं- नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय समकक्षी मनमोहन सिंहले बधाई दिएका छन्। व्यवस्थापिका संसदबाट सोमबार कोइराला प्रधानमन्त्री चयन भएलगत्तै भारतीय प्रधानमन्त्री सिंहले कोइरालालाई टेलिफोनबाट बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए।
विस्तृतमा पढ्नुस्

कार्यावधि सकिएका राजदूतले तलबभत्ता फिर्ता गर्नुपर्ने

काठमाडौं-निर्धारित कार्यावधि सकिएपछि पनि नफर्कने राजदूतहरूले यस अवधिमा उपभोग गर्दै आएको तलबभत्ता बराबर रकम फिर्ता गर्नुपर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

शीघ्र संविधान बन्नेमा बेलायती मन्त्री आशावादी

काठमाडौं- बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कनले शान्तिपूर्णरुपमा संविधानसभाको निर्वाचन सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै शीघ्र संविधान बन्नेमा आफू आशावादी रहेको बताएका छन्। नेपालको चारदिने भ्रमणमा आएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रासससँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख राजनीतिक दलका नेताहरू संविधान…
विस्तृतमा पढ्नुस्

आवेदन बुझ्न आधा दर्जन केन्द्र

काठमाडौं- राहदानी लिन आउनेको संख्या बढेपछि परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) आवेदन लिन थप तीनवटा केन्द्र सञ्चालनमा ल्याएको छ। माग दोब्बर भएपछि राहदानी उत्पादनमा समेत नयाँ प्रविधि परीक्षणमा ल्याइएको छ।
विस्तृतमा पढ्नुस्

परराष्ट्र निमित्त सचिवमा वैरागी

काठमाडौं– परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव शंकर दास वैरागीले बिहीबारबाट निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन्। परराष्ट्र सचिव अर्जुनबहादुर थापाले मंगलबार (पुस ३०) बाट उमेरहदका कारण अवकास पाएपछि वैरागीलाई निमित्त परराष्ट्र सचिवको जिम्मेवारी दिइएको हो।
विस्तृतमा पढ्नुस्

भारतीय प्रधानमन्त्री नेपाल आउने

काठमाडौं-भारतका प्रधानमन्त्री मनमोहन सिंहले नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने बताएका छन्। तीनदिने भारत भ्रमणमा रहेका परराष्ट्र तथा गृहमन्त्री घिमिरेले भारतीय प्रधानमन्त्रीले दुई दशकयता औपचारिक नेपाल भ्रमण नगरेको स्मरण गराउँदै सिंहलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका थिए। 
विस्तृतमा पढ्नुस्

भारतीय प्रधानमन्त्री नेपाल आउन उत्सुक

काठमाडौं– दुई दशकयता भारतबाट नेपालमा प्रधानमन्त्री स्तरको औपचारिक भ्रमण हुन नसकिरहेका बेला प्रधानमन्त्री मनमोहन सिंहले नेपालको भ्रमण गर्ने बताएका छन्। तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरेसँग बुधबार उनले नेपाल आउन आफैं उत्सुक रहेको बताए।
विस्तृतमा पढ्नुस्

म्याद सकिएका तीन राजदूतलाई फर्कन निर्देशन

काठमाडौं- सरकारले कार्यकाल सकिएका तीन राजदूतलाई फर्किन आग्रह गरेको छ। परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले अमेरिका, कुवेत र बेलायतका लागि नेपाली राजदूतको कार्यकाल सकिएकाले फर्किएर आउन पत्राचार गरिसकेको जानकारी दिए।
विस्तृतमा पढ्नुस्

कर्णेल लामा छुटाउन बेलायतसँग छलफल

लन्डन– युद्धअपराधको अभियोगमा गत वर्ष बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामालाई छुटाउनेबारे परराष्ट्र सचिव अर्जुनबहादुर थापाले बेलायतीपक्ष सँग छलफल गरेका छन्। नेपाल तथा बेलायतबीच परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समक्षदारी पत्रमा हस्ताक्षर गर्न मंगलबार लन्डनमा आयोजित समारोहमा यसबारे बेलायती…
विस्तृतमा पढ्नुस्

परराष्ट्रमन्त्री घिमिरे अचानक भारत जाँदै

काठमाडौं - दोस्रो संविधानसभा निर्वाचनपश्चात दलीय सरकार गठनबारे अड्कलबाजी चलिरहेका बेला परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरे अचानक भारत भ्रमणमा निस्कने भएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed