Tuesday 3 Mangshir, 2076 | November 19, 2019
Menu

राजनीति

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले बैठक स्थगित गरेका हुन्। संसद बैठक भोलि ३ बजेसम्मका लागि…
विस्तृतमा पढ्नुस्

तीन दर्जन विधेयक अलपत्र

काठमाडौं-अघिल्लो संविधानसभाका बेला विभिन्न मन्त्रालयका तर्फबाट व्यवस्थापिका संसदमा पेस भएर पनि पारित हुन नसकेका तीन दर्जनभन्दा बढी विधेयक अलपत्र परेका छन्। करोडौं खर्च गरेर तयार पारिएका ती विधेयकलाई अहिले संसद कामविहीन हुँदा पनि पेस गरिएको छैन।
विस्तृतमा पढ्नुस्

संसदमा शिक्षकको नाराबाजी

काठमाडौं-व्यवस्थापिका संसद चलिरहेका बेला बुधबार दर्शकदीर्घामा रहेका अस्थायी शिक्षकले नाराबाजी गरेका छन्।प्रवेश पास लिएर दर्शकदीर्घामा पुगेका ८ अस्थायी शिक्षकले स्थायी गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए।
विस्तृतमा पढ्नुस्

समितिको पहिलो बैठकमै भद्रगोल

काठमाडौं-संविधान अभिलेख अध्ययन तथा निर्क्योल समितिको पहिलो बैठक आइतबार बिहान ११ बजे डाकिएको थियो। समितिका सदस्यहरु भित्र प्रवेश गर्ने क्रममा सँगै रहेका कोठा सफा गर्दा बैठककक्षमै धुलो प्रवेश गरेपछि समितिका सदस्य आँखा मिच्दै गरेको देखिन्थ्यो।
विस्तृतमा पढ्नुस्

पर्सिसम्म टिअारसी विधेयक संसदमा पेश गर्ने सहमति

काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप अायोगसम्बन्धी विधेयक पर्सिसम्म व्यवस्थापिका संसदमा पेस गर्ने सहमति प्रमुख तीन दलबीच भएको छ। केही बेरअघि बालुवाटारमा भएकाे सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा तेस्रो ठूलो दल एकीकृत माअोवादीका शीर्ष नेतासम्मिलित बैठकले संसदमा पेस…
विस्तृतमा पढ्नुस्

रोजाइमा राज्यव्यवस्था र लेखा समिति

काठमाडौं-व्यवस्थापिका संसदअन्तर्गत दुई समिति धेरैजसो सभासदको रोजाइमा परेका छन्। सार्वजनिक लेखा र राज्यव्यवस्थामा रहन चाहने सभासदको निवेदनको चाङ छ, संसद सचिवालयमा।
विस्तृतमा पढ्नुस्

‘संविधान लेख्ने आधार तयार'

काठमाडौं-संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अघिल्लो संविधानसभाका उपलब्धि स्वामित्व ग्रहण प्रक्रियामा गएकाले संविधान लेख्ने आधार तयार भएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

स्वामित्व ग्रहण सुरु, संविधानसभाका पाँच समिति गठन

काठमाडौं–संविधानसभाले अघिल्लो संविधानसभाका निर्णय (उपलब्धि) हरूको स्वामित्व ग्रहण प्रक्रिया सुरु गरेको छ।विघटित संविधानसभाले गरेका निर्णयको एकमुष्ठ स्वामित्व ग्रहण प्रस्ताव शुक्रबार संविधानसभा बैठकले सर्वसम्मत पारित गरेको हो।
विस्तृतमा पढ्नुस्

सेना परिचालन निर्णय अनुमोदन

काठमाडौं-व्यवस्थापिका संसदको सुरक्षा विशेष समितिले संविधानसभा निर्वाचनका बेला बाधाअड्काउ फुकाउमार्फत गरिएको सेना परिचालनसम्बन्धी निर्णय अनुमोदन गरेको छ।
विस्तृतमा पढ्नुस्

स्वामित्व सूची संविधानसभामा पेस गरिँदै

काठमाडौं-अघिल्लो संविधानसभाले संविधान निर्माणका क्रममा गरेका सबै कामको एकमुष्ठ विवरण संविधानसभाको शुक्रबार बस्ने बैठकमा पेस गरिने भएको छ।
विस्तृतमा पढ्नुस्

सत्यनिरुपण र बेपत्ता आयोग ‘१५ दिनभित्र'

काठमाडौं-सरकारले व्यवस्थापिका संसदसमक्ष १५ दिनभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ।
विस्तृतमा पढ्नुस्

निर्वाचन ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ - व्यवस्थापिका–संसदले निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७० लाई  पारित गरेको छ।
विस्तृतमा पढ्नुस्

लोगो लगाउन जान्दैनन् सभासद

काठमाडौं-नियमावलीले संविधानसभाको प्रतीक (लोगो) बायाँपट्टि लगाउने व्यवस्था गरे पनि थुप्रै सभासदले यसमा हेक्का राखेका छैनन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed