Friday 1 Kartik, 2076 | October 18, 2019
Menu

राजनीति

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

  • बुधबार ३ बैशाख, २०७१
  • अशोक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले बैठक स्थगित गरेका हुन्। संसद बैठक भोलि ३ बजेसम्मका लागि स्थगित भएको छ।


संसद अवरुद्ध हुँदा एमाओवादी सहितको सहमतिमा आएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक दर्ता हुन पाएन। कानुनमन्त्री नरहरि आचार्यले विधेयक दर्ता गर्ने तयारी गरेका थिए।

मध्यान्ह १२ बजे सुरु भएको बैठक एमाओवादीको विरोधपछि एक घन्टाका लागि स्थगित भएको थियो। लगत्तै सरकार र एमाओवादी नेताहरुबीच बैठक सुचारु गर्ने विषयमा छलफल गरेका थिए। छलफलमा एमाओवादीले चितवन जिल्ला अदालतमा आफ्ना कार्यकर्ताविरुद्ध दायर मुद्दा फिर्ता लिन माग गरेको थियो। सरकार पक्षले प्रक्रियामा गएका कारण मुद्दा फिर्ता लिन अप्ठ्यारो हुने भएकाले फिर्ता लिन नमिल्ने अडान लिएपछि वार्ता निष्कर्ष टुंगिएको थियो। त्यसपछि ३ बजे बसेको दोस्रो बैठक पनि एमाओवादीले अवरुद्ध गर्‌यो।

पहिलो बैठकलाई सम्बोधन गर्दै एमाओवादी नेता बाबुराम भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी विधेयक संसदमा प्रस्तुत हुन लागेको बेला सरकारले द्वन्द्वकालीन घटनामा आफ्ना कार्यकर्तामाथि मुद्दा दर्ता गराएर शान्ति प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाए। '३० गते बालुवाटारमा बसेको बैठकमा प्रमुख नेताहरुले यो विषयमा मुद्दा नचलाउने भनेका थिए तर प्रधानमन्त्रीले मुद्दा चलाउन आदेश दिनु भएछ', प्रधानमन्त्रीको स्वतन्त्रताप्रति प्रश्न गर्दै उनले भने- 'यसले के देखाउँछ भने प्रधानमन्त्री स्वतन्त्र छन् कि कतैबाट परिचालित छन् ?'

दोस्रो बैठक एमाओवादी सभासद जनार्दन शर्माले सम्बोधन गरेपछि स्थगित भएको थियो। बृहत् शान्ति सम्झौताको आधार भत्काएर सरकारले आफ्ना कार्यकर्तामाथि मुद्दा दर्ता गरेको भन्दै उनले आपत्ति जनाए। 'बिगतका आन्दोलनको हिसाब किताब नै गर्ने हो भने प्रधानमन्त्रीले प्लेन अपहरण गर्नुभएको थियो, यस विषयमा उहाँमाथि कारवाही हुन्छ कि हुँदैन?' शर्माले बोलिसकेपछि एमाओवादी सभासदले बैठक अवरुद्ध गरेका थिए। त्यसपछि सभामुख नेम्वाङले संसद बैठक भोलि ३ बजेसम्मका लागि स्थगित भएको सूचना सुनाएका थिए।

सदनमा आयोग गठनका लागि विधेयक दर्ता भइसके पनि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणले सत्तारूढ गठबन्धन कांग्रेस, एमाले र प्रमुख प्रतिपक्ष एकीकृत माओवादीबीच दुरी बढाएको हो।

यसले आयोग गठनमा थप ढिलाइ हुने संकेत गरेको छ।

विधेयक तीन दल एकै ठाउँमा उभिएर ल्याए पनि फुजेल प्रकरणले उनीहरूबीच दूरी बढाउँदै लगेको छ।

 

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।