Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

२६ जना तुरुन्तै मनोनित गर्नुपर्छ : नेम्वाङ

(0 votes)
२६ जना तुरुन्तै मनोनित गर्नुपर्छ : नेम्वाङ
इलाम- संविधान सभामा छ सय एक सदस्य नपुर्या इ गरिने निर्णय 'असंवैधानिक हुने' बताउँदै आएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले २६ जनाको मनोनयन तुरुन्तै गर्नुपर्नेमा जोड दिएका छन्। संविधानसभामा दोस्रोपल्ट अध्यक्ष निर्वाचित भएपछि पहिलोपल्ट गृहजिल्ला इलाम आइपुगेका नेम्वाङले सोमवार सञ्चारकर्मीसँग सरकारले २६ व्यक्तिलाई अविलम्ब मनोनयन गरी संविधानसभालाई पूर्णता दिनुनर्पे बताएका हुन्।

'पहिलो संविधानसभालाई पूर्णता नदिई भएका निर्णयका बारेमा कतिले अहिले पनि कुरा उठाउँछन्,' नेम्वाङले फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल अवलोकनक्रममा भने, 'अब त्यस्ता कुरा गर्ने अवसर दिनुहुँदैन।' संविधान सभाले पूर्णता नपाई प्रधानमन्त्री र अध्यक्षको चयन भइसकेको उल्लेख गर्दै नेम्वाङले महत्वपूर्ण निर्णयहरु अपुरो सभाले गर्न नहुने जनाउँदै प्रधानमन्त्रीलाई २६ जना छिटो मनोनयन गर्न झक्झक्याइरहेको बताए। 
'संविधानसभा समावेश नभएका समुदाय र वर्गको प्रतिनिधित्व हुने गरी मनोनयन गर्नुपर्छ,' संविधान निर्माणको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै नेम्वाङले भने, 'एक वर्षभित्र संविधान जारी गर्न अघिल्लो संविधान सभामा राम्रो अनुभव भएका व्यक्तिहरुलाई ल्याउनुपर्छ।' नेम्वाङले अघिल्लोपल्ट उल्लेख्य काम गर्ने राधेश्याम अधिकारी, खिमलाल देवकोटा र अग्नि खरेललाई मनोनयन गर्दा छुटाउनु नहुने धारणा राखे।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।