Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

राजनीति

चार सचिव पदस्थापन, १८ सरुवा

(0 votes)
काठमाडौं- सरकारले भर्खरै बढुवा भएका चार सचिवको पदस्थापन र १८ सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय र मातहतका निकायमा सचिवको पदस्थापन र सरुवा गरेको हो।

सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालका अनुसार सरकारले एकमहिनाअघि बढुवा भएका छ सचिवमध्ये नारायण रेग्मी (सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यलय), भोलाप्रसाद सिवाकोटी (मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय), अनुपकुमार उपाध्याय (सार्वजनिक खरिद अनुगमनको कार्यालय) र हरिकुमार श्रेष्ठ (पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय)लाई पदस्थापन गरिएको हो। 

रेग्मीलाई भने अवकाश पाउन केही दिनमात्रै बाँकी रहेकाले तत्कालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा काजमा खटाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ। एक महिनाअघि बढुवा भएका अन्य दुई सचिवमध्ये प्रभाकर पाठकलाई यसअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदस्थापन गरिएको थियो। अर्का सचिव मधुप्रसाद रेग्मीको पदस्थापन हुन बाँकी छ। 
मन्त्रिपरिषदको बैठकले सूर्यप्रसाद सिलवाललाई गृहमन्त्रालयमा सरुवा गरेको छ। हालका गृहसचिव जनार्दन नेपालले वैशाख २ गते अवकाश पाउने भएकाले प्रधानमन्त्री कार्यालयमा कार्यरत सिलवाललाई गृहमा सरुवा गरिएको हो। त्यसैगरी राष्ट्रिय योजना आयोगबाट युवराज भुसाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने शान्तराज सुवेदीलाई अर्थबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ। 
मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा रहेका ङइन्द्रप्रसाद उपाध्यायलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ भने सामान्य प्रशासन मन्त्रालयका दुर्गानिधि शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ। 
ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित शिक्षा मन्त्रालयमा र कानुन सुधार आयोगका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई ऊर्जा मन्त्रालयमा सरुवा भएका छन्। शिक्षा मन्त्रालयका नारायणगोपाल मलेगोलाई भने वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। त्यसैगरी, महालेखा नियन्त्रकको कार्यालयका सचिव सुमनप्रसाद शर्मालाई सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ। पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयबाट शंकर अधिकारीलाई महालेखा नियन्त्रकको कार्यालयमा ल्याइएको छ। 
सरकारले सिँचाइ मन्त्रालयको सचिवमा वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट माधव रेग्मीलाई सरुवा गरेर ल्याएको छ। यसअघि सिँचाइ मन्त्रालयमा रहेका प्रतापकुमार पाठकलाई युवा तथा खेलकुद मन्त्रालयमा र विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा रहेका सोमलाल सुवेदीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ। विज्ञान प्रविधि मन्त्रालयको सचिवमा भने जल तथा ऊर्जा आयोगबाट कृष्णचन्द्र पौडेललाई ल्याइएको छ। 
श्रीरञ्जन लाकौलको जल तथा शक्ति आयोगमा सरुवा भएको छ। उनी यसअघि मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सचिव थिए। पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा सचिव रहेका लोकदर्शन रेग्मीलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा ल्याइएको छ। बैठकले राष्ट्रिय सतर्कता केन्द्रमा हरिप्रसाद नेपाललाई सरुवा गरेको छ। उनी यसअघि युवा तथा खेलकुद मन्त्रालयमा थिए। त्यस्तै सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयबाट सचिव राजकुमार मल्ललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।

उपनिर्वाचन असार ८ गते

मन्त्रिपरिषद बैठकले संविधानसभाको उपनिर्वाचन २०७१ साल असार ८ गते गर्ने निर्णय गरेको छ। संविधानसभामा रिक्त भएका चार निर्वाचन क्षेत्र काठमाडौं २, कैलाली ६, बर्दिया १ र चितवन ४ का लागि उपनिर्वाचन गर्न लागिएको हो। 
संविधानसभा निर्वाचनमा दुई–दुई क्षेत्र जितेका चार सभासदले एक–एक ठाउँबाट राजीनामा दिएका थिए। काठमाडौं २ बाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कैलाली ६ बाट कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, बर्दिया १ बाट एमाले उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम र चितवन ४ बाट कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएका थिए। निर्वाचन आयोगले उपनिर्वाचनका लागि तयारी अवस्थामा रहेको जनाएको छ। 
त्यसैगरी, सरकारले हालै प्रशासन सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यान्वयनका लागि सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय गरेको छ। आयोगले अघिल्लो साता सरकारलाई प्रतिवेदन बुझाएको थियो। बैठकले केही समयअघि अपांगतासम्बन्धी संघसंस्थाले संविधानसभामा मनोनयनका लागि गरेको अनशनपछि भएको सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। 
यादवलाई अवकाश 
मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वरप्रसाद यादवलाई अवकाश दिने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ महिनाअघि ट्रान्सफर्मर खरिद प्रकरणमा घोटाला भएको निश्कर्षसहित उनीमाथि मुद्दा चलाएको थियो। 
मन्त्रिपरिषदले सुनसरीको चतरामा सञ्चालित पूर्णकुम्भमेलाका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनि गरेको छ। बैठकले युनेस्कोको कार्यालयमा गौतम बुद्धको मूर्ति राख्न आवश्यक रकम विनियोजन गर्ने निर्णयसमेत गरेको छ। क्यासिनो नवीकरणका लागि अन्तिम पटक १५ दिनको म्याद थप्ने निर्णय भएको पनि मन्त्री रिजालले बताए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।