Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

राजनीति

एमाले महाधिवशेन ‘हाइटेक' हुने

(0 votes)

काठमाडौं-नेकपा (एमाले)ले जेठ अन्तिम साता हुने नवौं राष्ट्रिय महाधिवेशनमा सूचनाप्रविधिको अधिकतम प्रयोग गर्ने तयारी गरेको छ।

मूल व्यवस्थापन कमिटीको पार्टी मुख्यालय बल्खुमा बिहीबार भएको बैठकले महाधिवेशनमा प्रचारप्रसारका लागि पोस्टर र वालपेन्टिङको साटो विद्युतीय सञ्चारमाध्यम, पत्रपत्रिका र सामाजिक सञ्जाल प्रयोग गर्ने निर्णय गरेको छ।‘यसपटकको महाधिवेशनमा ‘नो पोस्टर, नो वाल पेन्ट' को नारा अघि सारेका छौं,' मूल व्यवस्थापन कमिटीका सदस्य योगेश भट्टराईले भने।

व्यवस्थापन कमिटीका सदस्य विष्णु रिमालले टेलिभिजनहरूमा समय किनेरै वैचारिक विषयमा छलफल गर्ने तयारी गरेको पनि जानकारी दिए। ‘महाधिवेशनमा सूचना प्रविधिको अधिकतम प्रयोग हुन्छ,' उनले भनेन। 
महाविधेशनका उद्घाटन तथा अन्य खुला कार्यक्रमको ‘लाइभ स्ट्रिमिङ' गर्ने तयारी पनि एमालेको छ। ‘तर, बन्द सत्रको के कति गतिविधि लाइभ स्ट्रिमिङ गर्ने भन्नेमा अहिले यकिन भइसकेको छैन,' रिमालले भने, ‘जतिसक्दो बढी कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछौं।' 

उनले सञ्चारमाध्यमका लागि आधुनिक सूचना कक्ष निर्माण गर्ने पनि जानकारी दिए। ‘बुटवलमा भएको आठौं महाधिवेशनमा भन्दा बढी सुविधायुक्त सूचना कक्ष हुनेछ,' रिमालले भने, ‘बुटवलभन्दा बढी पूर्वाधार अहिले यहाँ हुने भएकाले अधिकतम प्रविधि प्रयोग गर्ने तयारी गरेका हौं।' 
जेठ २४ देखि ३० गतेसम्म हुने महाधिवेशनमा देशभर तथा प्रवासमा रहेका विभिन्न कमिटीबाट छानिएका १ हजार ८ सय प्रतिनिधिको सहभागिता रहनेछ। दशरथ रंगशालामा उद्घाटन र भृकुटी मण्डपमा बन्दसत्र गर्ने तयारी छ। एमालेले पाँचौं महाधिवेशनपछि नवौं अधिवेशन काठमाडौंमा गर्न लागेको हो। पाँचौ महाधिवेशनको उद्घाटन पनि रंगशालामै भएको थियो। 
बैठकले मूल व्यवस्थापन कमिटीअन्तर्गतका उपसमितिलाई वैशाख ३ गतेभित्र पूर्णता दिने निर्णय पनि गरेको छ। महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेका मूल व्यवस्थापन कमिटीअन्तर्गत ११ वटा उपसमिति छन्। बैठकमा महाधिवेशनको तयारी सुस्त भएको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका थिए। 
‘अपानि (अन्तरपार्टी निर्देशन) अनुसार वैशाख ५ देखि १० गतेसम्म राजनीतिक प्रतिवदेनमाथि केन्द्रीय कमिटी बैठकमा छलफल हुन्छ कि हुँदैन र दस्तावेज छापेर तल्लो कमिटीसम्म पुगेर पर्याप्त छलफल गर्न समय हुन्छ कि हुँदैन भनेर सदस्यहरूले जिज्ञासा राखेका थिए,' भट्टराईले नागरिकसँग भने, ‘सदस्यता नवीकरण उत्साहजनक नभएको समेत प्रश्न उठेको थियो।' 

राजनीतिक मस्यौदा समितिका संयोजकसमेत रहेका अध्यक्ष झलनाथ खनालले समयतालिकामै काम गर्ने कोसिस भइरहेको जानकारी दिएका थिए। अध्यक्ष खनालले नयाँ दिल्लीमा उपचारको क्रममा रहेका संसदीय दल नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे समेत बैठकमा जानकारी गराएका थिए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।