Friday 9 Falgun, 2076 | February 21, 2020
Menu

राजनीति

‘साधुले देश हाँक्न सक्दैनन्’

(0 votes)
‘साधुले देश हाँक्न सक्दैनन्’
रौतहट-एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइरालालाई ‘कमजोर प्रधानमन्त्री' बताएका छन्। विगतमा मन्त्री नभएका र सरकार हाँक्ने अनुभव नभएका व्यक्ति एकैपटक प्रधानमन्त्री बनेकैले महत्वपूर्ण विषयमा निर्णय लिन नसकेको आरोप उनले लगाए।
जुडीबेलास्थित सहिदपार्कमा नेपाल बुद्धिजीवी परिषद्को मध्यमाञ्चलस्तरीय भेलामा शुक्रबार नेपालले प्रधानमन्त्री कोइरालालाई ‘कुटिमा रमाउने साधुसन्त' को संज्ञा दिँदै भने, ‘त्यस्ता व्यक्तिले राष्ट्रका चुनौती सामना गर्न र बाधाव्यवधान पन्छाउन सक्दैनन्। त्यसैले स्थानीय निर्वाचन र संविधान निर्माण हुनेमा शंका छ।' कोइराला ‘बिहे नगरेका सन्त' रहेको व्यंग्य गर्दै उनले यस्ता व्यक्ति ‘झन्झटका कुरा आए झर्को मान्दै कुटि छिर्ने' स्वभावका हुने भएकाले समयमै संविधान बनाउनेमा विश्वास नरहेको बताए। 
दलका केही नेताको गतिविधिले जटिलता उत्पन्न गरेकाले आगामी माघ ८ गते नै संविधान जारी हुने ठोकुवा गर्न कसैले नसक्ने उनको भनाइ थियो। प्रधानमन्त्री कोइरालाले स्थानीय निकाय चुनावबारे धेरै कुरा गरे पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘हावा खुस्काइदिएको' टिप्पणी गर्दै नेपालले भने, ‘अहिलेको प्रधानमन्त्रीले कसैको घुर्कीबाट नडराई अघि बढ्न सक्नुपर्छ।' कोइरालाले अडान लिन नसकेकै कारण ११ वर्षदेखि रोकिएको स्थानीय चुनाव ‘वीरबलको खिचडी' हुन पुगेको कटाक्ष नेपालले गरे। 
शासकीय स्वरूपबारे पार्टी धारणा प्रस्ट्याउँदै उनले एमाले बहुपहिचानसहितको संघीयतामा अडिक रहने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरेका छन्। ‘हामी बहुपहिचान र साझा पहिचानको पक्षमा छौैं, जातीय आधारमा देश टुक्य्राउन पाइँदैन,' उनले भने, ‘सात प्रदेश कायम गरी सीमांकनको जिम्मा सीमा आयोग र नामाकरण जिम्मा प्रान्तीय सरकारलाई नै दिने गरी संविधानमा व्यवस्था गर्नुपर्छ।' 
कार्यक्रममा बुद्धिजीवी परिषद्ले चार जनालाई सम्मान गरेको थियो। नेता नेपाल, परिषद् केन्द्रीय अध्यक्ष दिनेशचन्द्र देवकोटा, सभासदहरू डा. वंशीधर मिश्र र रामकुमार भट्टराईलाई दोसल्ला पहिर्या इएको थियो।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।