Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

राजनीति

ओली नहुँदा अल्झियो एमाले

(0 votes)
काठमाडौं-नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेकाले महत्वपूर्ण राजनीतिक निर्णय रोकिएका छन्।
संसदीय दलको निर्वाचनमा ओलीसँग पराजित भएका अध्यक्ष झलनाथ खनाल पार्टीमा निर्णायक हुन सकिरहेका छैनन्। संसदीय दलले सरकार, संविधानसभा र पार्टीबीच ‘पुलको भूमिका' निर्वाह गर्छ भने सत्ता गठबन्धनका अन्य दलले पनि संसदीय दलमार्फत सम्बन्धित पार्टीसँग समन्वय गर्छन्। यस हिसाबले ओलीको अनुपस्थितिका कारण राष्ट्रिय राजनीतिका मुद्दासमेत प्रभावित भएका छन्।
केन्द्रीय सदस्य योगेश भट्टराईले संसदीय दल सक्रिय नहुँदा दीर्घकालीन महत्वका विषयमा पार्टीभित्र छलफल हुन नसकेको बताए। ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगजस्ता विषयको विधेयक संसदमा प्रस्तुत हुँदा त्यसलाई लिएर पार्टीभित्र छलफल नै भएन,' भट्टराईले आइतबार नाागरिकसँग भने, ‘सरकारले मनोनित गर्ने २६ सभासदको नामबारे छलफल हुनुपर्ने थियो, संविधानसभा समितिको नेतृत्व विवाद पनि यथावत छ।' संसदीय दलका नेताको अनुपस्थितिका कारण पार्टीबाट ती निकायमा कसले प्रतिनिधित्व गर्ने भन्ने विषयमा छलफल हुन सकेको छैन। 
ओली निर्वाचित हुनेबित्तिकै उपचार गर्न गएका कारण उपनेतादेखि प्रमुख सचेतक र सचेतकको चयनसमेत हुन सकेको छैन। ‘सरकार सञ्चालन र संविधान निर्माण गर्ने फाँटको प्रमुख जिम्मेवार संसदीय दल हो,' प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने, ‘अहिले विशेष अवस्थाका कारण गठबन्धन सरकार सञ्चालन र संविधानसभा प्रभावित हुनु स्वाभाविक हो।' उपनेता छनोट हुन नसकेका कारण संसदीय दलको गतिविधि प्रभावित बनेको उनले बताए।
‘संसदीय दलको नेता नहुँदा उपनेताले त्यस्तो जिम्मेवारी बहन गर्ने हो,' ज्ञवालीले भने, ‘उपनेताको विषयमा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन।' संसदीय दलको उपनेतामा विष्णु पौडेलको नाम प्रस्ताव गर्ने स्थायी कमिटीले निर्णय गरेको थियो।
उपनेता संसदीय दलले र मुख्य सचेतक तथा सचेतक संसदीय दलका नेताले छान्ने प्रावधान छ। अर्को सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रमुख सचेतक र सचेतक छनोट गरेको करिब एक महिना पुग्दा एमालेले भने संसदीय दल नेताको अनुपस्थितिकै कारण यी कार्य पूरा गर्न सकेको छैन। 
ओलीको अनुपस्थितिमा संसदील दलको एकपटक मात्रै बैठक बस्यो। पार्टी अध्यक्ष खनालको अध्यक्षतामा बसेको दलको बैठकले संसदीय दलको विधान पारित गर्यो्। तर, संसदीय दलका नेता अनुपस्थित रहेको बैठकको वैधानिकता र निर्णयको स्वामित्व विषयमा सभासदले प्रश्न उठाएका थिए। 
‘लामो समयसम्म संसदीय दलका नेता बाहिर हुँदा पार्टी र सरकारको गतिविधि प्रभावित भएका छन्,' केन्द्रीय सदस्य घनश्याम भुसालले भने, ‘संविधानसभा र सरकारमा संसदीय दलमार्फत जाने हो। मुली नै नभएपछि त्यसको प्रत्यक्ष असर देखिएको छ। एमाले संसदीय दलले महत्वपूर्ण भूमिका खेल्न सकेको छैन।' भुसालले संसदमा नेताहरूको मर्यादाक्रमसमेत तोक्न नसकिएको बताए। 
केन्द्रीय सदस्य भट्टराईले पार्टी अध्यक्षले नै संसदीय दलको अध्यक्षता गर्ने कुरा विधानमा नभएको बताउँदै भने, ‘संसदीय दल तदर्थवादमा चलिरहेको छ।' एमालेको तर्फबाट समन्वयको जिम्मेवारी सभासद राजेन्द्र पाण्डले सम्हाल्दै आएका छन्। 
नियमित स्वास्थ्य परीक्षणका लागि फागुन १८ गते भारत गएका ओली नयाँ दिल्लीमा स्वास्थ्यलाभ गरिरहेका छन्। नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा २७ दिन उपचार गराएर उनी केही समयअघि डिस्चार्ज भएका थिए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।