Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

एमाओवादीद्वारा तीनदलीय बैठक बहिष्कार

(0 votes)
काठमाडौं- एकीकृत नेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा मुद्दा चलाइएको जनाउँदै तीन दलको बैठक बहिष्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीबीच सोमबार अपराह्न बालुवाटारमा बैठक बसेको थियो। 
बैठकको सुरुमै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले फुजेल घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी समाधान गर्नुपर्नेमा उछालेर अदालत पुर्यााइएको र एमाओवादी नेताहरूलाई फसाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए। उनले द्वन्द्वकालीन घटना भएकाले पक्राउ गरिएका व्यक्तिहरूको रिहा गर्नुपर्ने र मुद्दा फिर्ता गर्नुपर्ने अडान लिएका थिए। 
फुजेल घटनाको मुद्दा फिर्ता नलिएसम्म एमाओवादी कुनै पनि बैठकमा सहभागी नहुने धम्की पनि दाहालले दिए। 'फुजेल घटनालाई लिएर ज–जसमाथि मुद्दा चलाइएको छ, ती मुद्दा फिर्ता लिएर सरकारले माफी नमागेसम्म हामी कुनै पनि बैठकमा सहभागी हुँदैनौं,' दाहाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव चुडामणि खड्काले भने, 'एकातिर सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनका लागि विधेयक पेस गर्ने अनि अर्काेतिर पक्राउको नाटक गर्ने?' 
बैठकमा आफ्ना कुरा राखेर करिब १० मिनेटपछि दाहाल बाहिरिएका थिए। दाहालसँगै एमाओवादीका अन्य नेता पनि बाहिरिए। एमाओवादी नेता बाहिरिएपछि कांग्रेस र एमाले नेताबीच केहीबेर सामान्य छलफल भएको थियो। 
बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि एमाओवादीले फुजेल प्रकरणमा मुद्दा चलाइएकोप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गरेको जानकारी दिए। आफूहरूले भन्दाभन्दै कार्यकर्ता पक्राउ गरिनुको कारणबारे एमाओवादी नेताहरूले प्रश्न गरेको पनि उनले बताए। 
एमाओवादी नेता पोष्टबहादुर बोगटीले कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता नभएसम्म बैठकमा नबस्ने बताए। आइतबार बिहान भएको तीन दलको बैठकमा एमाओवादी नेताहरूले उक्त प्रकरणसम्बद्ध व्यक्तिलाई तत्काल मुद्दा नचलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्न माग गरे पनि त्यही दिन चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएकाले वातावरण बिग्रिएको बोगटीको भनाइ छ। 
'हामीले आग्रह गर्दागर्दै सरकार पेल्ने र शान्ति प्रक्रिया भाँड्ने गरी प्रस्तुत भएकाले वार्ता बहिष्कार गर्यौंत,' बोगटीले भने, 'पक्राउ परेका व्यक्तिलाई रिहाइ र मुद्दा फिर्ता नभएसम्म वार्तामा बस्दैनौं।' 
त्यस विषयमा मंगलबार हुने पूर्व पदाधिकारीको बैठकमा छलफल हुने बोगटीले जानकारी दिएका छन्। दाहालले फुजेल प्रकरणलाई लिएर समातिएका व्यक्तिको रिहाइ नगरिए सडक र सदनसमेत ठप्प पार्ने चेतावनी बैठकमै दिएका थिए। बैठकको सुरुमै दाहालले आफ्नो पार्टीको पूर्व पदाधिकारी बैठकले गरेको निर्णय सुनाएका थिए। 
प्रमुख तीन दलको बैठकमा जानुअघि दाहाल निवास लाजिम्पाटमा भएको एमाओवादीको पूर्व पदाधिकारीको बैठकले फुजेल प्रकरणलाई लिएर आफ्ना कार्यकर्तामाथि अदालतमा मुद्दा दर्ता गराएकाले सत्तारुढ दलसँग वार्ता नगर्ने निर्णय लिएको थियो। साथै मंगलबारसम्ममा आफ्ना मागको सुनुवाइ नभए सडक र सदनमा संघर्ष गर्ने निर्णय पनि गरेको थियो। 
गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारीको हत्या भएको आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय माग गर्दै आइतबार चितवन जिल्ला अदालतमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको छ। अधिकारीको २०६१ जेठ २४ गते चितवनमा गोली हानी हत्या भएको थियो।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।