Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

राजनीति

एमाओवादीको राष्ट्रिय सम्मेलन वैशाख १८ गते

  • मङ्गलबार २ बैशाख, २०७१
  • अशोक दाहाल
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- एमाओवादीले वैशाख १८ गते बिराटनगरमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। सम्मेलन तयारीका लागि पाँच वटा उपसमिति बनाइएको छ। जसमा मूल व्यवस्थापक समितिमा पोष्टबहादुर बोग्टी, आर्थिक समितिमा लीलामणि पोखरेल, सुरक्षा समितिमा वर्षमान पुन, प्रचारप्रसार समितिमा दीनानाथ शर्मा र प्रशासनिक समितिमा हितराज पाण्डे छन्।

सदस्यता नवीकरण सकिएकाले स्थानीय स्तरमा गाउँ सम्मेलनहरु जारी रहेको नेता दीनानाथ शर्माले बताए। उनले वैशाख १५ गतेसम्म जिल्ला सम्मेलनहरु सकिने जानकारी दिए। 
बैठकले फुजेल घटना प्रकरणमा मुद्दा चलाइएका १३ कार्यकर्ताको मुद्दा फिर्ता लिन मागसमेत गरेको छ। बृहत् शान्ति सम्झौताको मर्मविपरित द्वन्द्वकालीन घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन नै नगरी अदालतबाट निष्कर्ष निकाल्ने काम सरकारले अघि बढाए आन्दोलनमा जाने शर्माले बताए।
'हामीले आन्दोलनको घोषणा नै गरेका छैनौं,' उनले भने, 'सरकारले द्वन्द्वकालीन घटनालाई अदालतमार्फत् निष्कर्ष निकाल्नथाले हामी आन्दोलन गर्छौं।'
१३ कार्यकार्ताविरुद्धको मुद्दा फिर्ता नलिएसम्म एमाओवादीले तीन दलको कुनै बठकमा सहभागी नहुने शर्माले बताए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।