Friday 23 Jestha, 2077 | June 04, 2020
Menu

राजनीति

राष्ट्रिय गौरवका आयोजना अधुरै

  • बुधबार ३ बैशाख, २०७१
  • अर्जुन सुवेदी
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- सरकारले उच्च प्राथमिकता दिएर काम अघि बढाएको प्रचार गर्दै आएपनि राष्ट्रिय गौरवका २१ वटै आयोजनाहरु तोकिएको समयभित्रै सम्पन्न नहुने भएका छन्।
महालेखा परिक्षकको कार्यालयले आफ्नो एकाउन्नौं प्रतिवेदनमार्फत राष्ट्रिय गौरवका आयोजना भनी घोषणा गरिएका कुनै पनि आयोजना तोकिएको समयभित्र सम्पन्न गर्न मुश्किल पर्ने जनाएको हो।

'राष्ट्रिय गौरवका आयोजना घोषित भएपनि कार्यान्वयन क्षमताको अभाव, स्थानीय स्तरको विवाद र बजेट अभावको कारणले गर्दा कार्यान्वयन सन्तोषजनक छैन,' महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा भनेको छ 'लक्ष्य अनुसार आयोजना सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाई आयोजना कार्यान्वयन नहुँदा आयोजनाहरु तोकिएकै समयमा सम्पन्न गर्न सक्तैनन र त्यसबाट प्राप्त हुने प्रतिफलमा सुनिश्चिन हुन सक्ने अवस्था पनि देखिदैन।'

सरकारले आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर त्यहाँ बजेट र कुनै पनि पूर्वाधार अभाव हुन नदिने बताएपनि महालेखाले भने बजेट अभाव, कार्यान्वयन क्षमताको अभाव, प्राविधिक जनशक्तिको अभाव र स्थानीयस्तरमा हुने विवादले आयोजनालाई धकेलेको जनाएको छ।

सरकारले ती २१ आयोजनामध्ये विभिन्न आठ आयोजनालाई उच्च प्राथमिकताका साथ अगाडी बढाएको र समयमै सम्पन्न हुने बताएपनि उच्च प्राथमिकता पाएका आयोजनासमेत तोकिएकै समयमा सम्पन्न हुन नसक्ने देखिएका छन्। उच्च प्राथमिकताका साथ काम अघि बढाइएका भनिएका मेलम्ची खानेपानी, पोखरा अर्न्तराष्ट्रिय विमानस्थल, गौतमवुद्ध अर्न्तराष्ट्रिय विमानस्थल, बबई सिँचाई आयोजना, रानीजमरा कुलरिया सिँचाई आयोजना, सिक्टा सिँचाई आयोजना, हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग पनि निर्धारित समयमा सम्पन्न हुनुपर्ने काम हुन नसकेको हो।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उच्च प्राथमिकता पाएका आठ आयोजनाहरुमा मेलम्ची खानेपानी आयोजना २०७२/०७३ मा सम्पन्न हुने लक्ष्य राखिएपनि हालसम्मको भौतिक प्रगती हेर्दा ४९ प्रतिशत मात्रै रहेकाले प्रगतिको आधारमा उक्त आयोजना तोकिएको समयभित्र सम्पन्न हुने देखिदैन।

त्यसैगरि ३३ अर्ब ३७ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण हुने भनिएको मध्यपहाडी लोकमागं २०६४/६५ मा सुरु भइं २०७४/७५ मा सम्पन्न हुने भनिएपनि यो बर्षसम्म ४ अर्ब ९७ करोड ८३ लाख खचं भईसकेको छ। आयोजनामा हालसम्म १४ प्रतिशतमात्र काम भएकाले ४ बर्षसम्म आयोजना पुरा हुन नसक्ने महालेखाले जनाएको छ।

२०६६ सालदेखि सुरु भएको हुलाकी राजमार्ग पनि २०७५ भित्रै सम्पन्न गर्ने लक्ष्य भएपनि जग्गा अधिग्रहण, राष्टि्य निकुञ्ज लगायतका क्षेत्रमा एलाइनमेन्ट विवादलगायतका कारण हालसम्म २८ प्रतिशतमात्र भौतिक प्रगति भएको देखिन्छ। २०४५ सालदेखि सुरु भएको बबई सिचाई र २०५९ सालदेखि सुरु भएको सिक्टा सिचाईं आयोजना २०७१ भित्र सम्पन गर्ने भनिएपनि हालसम्म ववईको ५५ र सिक्टाको ५७ प्रतिशत मात्रै काम भएको छ।

दुवै आयोजना सुरु भएको क्रमशः २६ र ११ बर्षसम्म हासिल गरिएको भौतिक प्रगतिको आधारमा ती आयोजनाहरुबाट सम्पन्न हुने मिति र त्यसबाट प्राप्त हुने प्रतिफल अनिश्चत देखिएको हो। अर्काे रानीजमरा कुलरिया सिँचाई आयोजनाको हालत पनि उस्तै छ। २०६६ सालदेखि सुरु भएको यो आयोजना २०७४ भित्र सम्पन्न गर्ने भनिएपनि हालसम्म १७ प्रतिशत मात्रै काम भएको छ।

त्यसैगरि पोखरा अर्न्तराष्ट्रिय विमानस्थल र गौतमवुद्ध अर्न्तराष्ट्रिय विमानस्थलको कामै खासै अघि बढन सकेको छैन। गौतमवुद्धको कुनै पनि खर्च भएको छैन भने पोखराको केही खर्च भएपनि काम भने अघि बढन नसकेकाले दुवै विमानस्थल तोकिएको समयभित्र निर्माण गर्न कुरा काल्पनिक देखिएको छ।

महालेखाको प्रतिवेदनले उच्च प्राथमिकता पाएका आठ आयोजना बाहेक अन्यको भौतिक पूर्वाधार निर्माणको प्रगती हेर्दा स्थिती झनै दयनीय छ। आयोजनामध्येका तामाकोसी जलविद्युत आयोजना, वुढीगण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, काठमाडौं तराई मधेश दु्रतमार्ग, उत्तर दक्षीण लोकमार्ग (कोसी), उत्तर दक्षीण लोकमार्ग (गण्डकी), उत्तर दक्षीण लोकमार्ग (कर्णाली), भेरी ववइ डाइभर्सन आयोजना, दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निजगढ वारा, पशुपति क्षेत्र विकास आयोजना, लुम्वीनी क्षेत्र विकास आयोजना र राष्ट्रपति चुरेभावर संरक्षण आयोजनाको काम तोकिएकै गतिमा अघि बढेको देखिदैन।

दोस्रो अन्तरांष्टि्य विमानस्थल आयोजना सिमराको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरेपनि

लगानीकर्ता छनौटको मोडालिटी निश्चित नहुदा काम अघि बढन सकेको छैन। रेल तथा मेट्ो विकास आयोजनामा केही खण्डको विस्तृत सवेंक्षणका लागि भन्दै २ अर्व २० करोड खर्च भइसकेको छ तर विस्तृत परियोजना प्रतिवेदन तयार गरी योजनाबद्ध ढगले काम अगाडि नबढाएको महालेखाले जनाएको छ।

महालेखाले राष्ट्रिय गौरवका आयोजनाहरुमा प्रगती न्युन देखिएको, रकमान्तर थपघट भएको, बजेट सक्न असार महिनामा अत्याधिक खर्च गरेको, प्राविधीक तथा अन्य सहायताको लेखापरिक्षण नगराएको, आयोजनाको हिसाव समयमै पेश नगरेको औल्याएको छ।

त्यसैगरि प्रशासनिक खर्च बढी गरेको, उपभोक्ता समितिबाट ६० लाख भन्दा बढीको काम गराएको, कन्सल्टेन्सीको नाममा अत्याधिक रकम खर्च गरिएको तर त्यसको लेखाजोखा नराखिएको, ठेक्का व्यवस्थापन समयमा हुन नसकेको, टुक्रा लागत अनुमान गरि खरिदको काम गराएको, स्थानीय निकायलाई गएको अनुदानमा प्रभावकारी अनुगमन नभएको समेत ठहर गरेको छ।

महालेखाले यि आयोजनाका लागि आवश्यक पर्ने परामर्शदाता सार्वजनिक निकायमै हुँदा हुँदै पनि बाहिरबाट परामर्शदाता नियुक्त गरेर करोडौं खर्चिएको उल्लेख गरेको छ। महालेखाले राष्ट्रिय गौरवका आयोजनामध्ये कुनैको पनि प्रगती सन्तोषजनक नरहेको उल्लेख गरेको छ।

सरकारले विभिन्न ५ मन्त्रालयअन्तगंत ऊर्जा, सडक, रेल, सिचाइ, खानेपानी र पर्यटन क्षेत्र सम्बन्धित विभिन्न आयोजनालाइं राष्टि्य गौरवका आयोजना घोषणा गरी बजेट तथा कार्यक्रममा उच्च प्राथमिकता दिएको बताउँदै आएको छ। उक्त आयोजनाहरुको प्रधानमन्त्री कार्यालयले समेत अनुगमन गर्दै आएको छ।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।