Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

राजनीति

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

  • बुधबार ३ बैशाख, २०७१
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्। 
 

नेकपा–माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले बाह्रबुँदे सहमतिमा उल्लेखित बुँदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश भएको भए पनि अहिले परिस्थिति सहज भएपछि काँग्रेस र एमाले त्यसबाट पछि हटेको आरोप लगाए।

 पार्टी एकताको प्रसङ्गमा उनले सञ्चारमाध्यममा हावातालमा कुरा गरेेर मात्र पार्टी एकता नहुने बताउँदै एकताका लागि कार्यनीति र रणनीतिका बारेमा एकरुपता हुनुपर्नेमा जोड दिए।

 पार्टीका अर्का नेता खड्कबहादुर विश्वकर्माले जनयुद्धकालको स्मरण गर्दै २०४८ सालमा कालीकोटको रेङ्गलमा ३५ जनाको उपस्थितिमा पहिलो जिल्ला सम्मेलन गरेको बताए।

 जिल्लाका पार्टी कार्यकर्ताको सहभागिता रहेको सो सम्मेलनमा पूर्वराज्य मन्त्री नवीन विक तथा सम्पूर्ण राजनीतिक दलका तर्फबाट एमाओवादीका दानबहादुर शाहीलगायतका नेताले सम्बोधन गरेका थिए।  

 आजदेखि माल्कोटमा सुरु भएको सम्मेलनको बन्दशत्रमा प्रस्तुत प्रतिवेदनमाथि छलफल जारी रहेको छ। सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने जिल्ला सेक्रेटरी सरोज बोगटीले बताए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।