Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीति

प्रचण्डको चश्माको पावर कम भइसकेछ : नेपाल

  • बुधबार ११ बैशाख, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(1 Vote)
रौतहट- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीबाट जनताको भ्रम टुटेको बताएका छन्। गृह जिल्ला रौतहटको गरुडामा आयोजित क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले देशमा शान्ति र संविधान आउला भनेर जनताले एमाओवादीलाई ठूलो पार्टी बनाएकोतर दुवै कुरा हुन नसकेकोले जनताको भ्रम टुटेको बताएका हुन्।

गत संविधानसभा निर्वाचनलाई एक किसिमको तुफानको संज्ञा दिँदै नेपालले त्यसै तफानबाट मधेसवादी र एमाओवादी ठूलो पार्टी बनेको बताए। एकपटक ठूलो पार्टी बन्दैमा सधैँभरी कोही ठूलो हुन नसक्ने टिप्पणीसमेत गरेका छन्। एमाओवादी ठूलो पार्टी भएको कारण संविधान बन्न नसकेको बताउँदै नेता नेपालले संघीयताको विवादलाई जनमत संग्रहको माध्यमबाट मिलाउन सकिने बताएका छन्।

संविधानसभाको आगामी निर्वाचनको विरोध गरिरहेका दलप्रति लक्षित गर्दै लोकतन्त्रवादी भन्नेले चुनावको विरोध गर्न नहुने बताएका छन्। नेपालले स्पष्ट शब्दमा भने,'चुनावको विकल्प केही हुन सक्दैन।'

एमालेप्रति प्रचण्डले गरेको टिप्पणी प्रति लक्षित गर्दै नेता नेपालले मेचीदेखि महाकालीसम्म र हिमालदेखि पहाडसम्म प्रत्येक गाउँटोलमा संगठन रहेको तथा विगतमा देशको सबैभन्दा ठूलो पार्टी भई देशको प्रधानमन्त्री पनि पटकपटक भइसकेको पार्टीलाई नदेख्ने प्रचण्डको चश्माको पावर कम भइसकेको प्रतिक्रिया दिएका छन्।

विगतमा पञ्चायती व्यवस्था र राजा ज्ञानेन्द्रले पनि एमालेलाई सिध्याउन खोजेको भएपनि कसैले नसकेको उनङ्को दाबी थियो । एमाले जनताको पार्टी भएकोले कसैले सिध्याउन नसक्ने उनले बताएका छन्। माओवादीले विगतमा  सय ५० एमाले कार्यकर्तालाई घाँटी रेटेर हत्या गरेको बताउँदै नेपालले जंगलमा रहेको एमाओवादीलाई सुधार्न सहरमा ल्याएपनि सुध्रि नसकेको आरोपसमेत लगाएका छन्।

संघीयताको विचार एमाले मौलिक भएको र विगतमा आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने अभियान यसैको स्वरुप भएको बताएका छन्। आगामी निर्वाचनमा एमालेलाई भोट खसाल्न समेत नेता नेपालले जनता समक्षआग्रह गरेका छन्।

दिनभर व्यस्त रहेका नेता नेपालले रौतहटका चार वटा निर्वाचन क्षेत्रमा आयोजित आठवटा कार्यक्रमलाई सम्बोधन गरे। स्थानीय बज्जिका भाषामा भाषण गर्दै नेता नेपालले काँधमा गमछासमेत भिरेर मधेसी संस्कृतिको नजिक देखाउने प्रयास गरेका छन्।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।