Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीति

लोकतन्त्र बलियो बनाउन खोज्दा जालै जालो : नेपाल

  • बिहीबार १२ बैशाख, २०७०
  • मदन ठाकुर
  • DISQUS_COMMENTS
(1 Vote)
रौतहट - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतान्त्रिकलाई व्यवस्थित बनाउन खोज्दा विपक्षीहरुले विभिन्न षड्यन्त्रका जालो बुन्दै गएको बताएका छन्। नेकपा एमाले जिल्ला कार्य समिति रौतहटले आज गौरमा आयोजना गरेकोपत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राखेका हुन्।
नेता नेपालले मुलुकमा अव्यवस्थित रुपमा रहेका लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन एमाले लाग्दा विपक्षीहरु अनेक षड्यन्त्रको जालो बुन्दै गएकोमा त्यसबाट अलिकति पनि विचलित नभई राष्ट्र र जनता प्रति उत्तरदायी भएर एमाले कार्यकर्ताहरु संगठनको कार्यमा लाग्न निर्देशन दिए।

वरिष्ठ नेता नेपालले सवै खालको चुनौति, गुनासोलाई सम्वोधन गर्ने माध्यम निर्वाचन भएको भन्दै असन्तुष्ट भएका राजनितिक दलहरुलाई सन्तुष्ट बनाई निर्वाचनमा सहभागी गराउन सरकारबाट उचित पहल गरिनुपर्ने बताए। निर्वाचनमा कुनै बाधा व्यवधान खडा नहोस भने पक्षमा जिम्मेवार भएर सरकार लाग्नु पर्ने उनले बताए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।