Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

राजनीति

एमाओवादीद्वारा तीनदलीय बैठक बहिष्कार

काठमाडौं- एकीकृत नेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा मुद्दा चलाइएको जनाउँदै तीन दलको बैठक बहिष्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीबीच सोमबार अपराह्न बालुवाटारमा बैठक बसेको थियो। 
विस्तृतमा पढ्नुस्

मुद्दा फिर्ता नलिए सदन र सडक ठप्प पार्ने एमाअाेवादीको चेतावनी

काठमाडौं- एनेकपा माओवादीले फुजेल घटनामा मुद्दा चलाएको भन्दै तीन दलको बैठक बहिस्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एनेकपा माओवादीको बैठक आज बालुवाटारमा बसेको थियो।
विस्तृतमा पढ्नुस्

विधेयकमा आममाफीको हल्ला व्यर्थ : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा सभासद्हरूलाई केही दिनअघि मात्र संसदमा प्रस्तुत सत्य निरूपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता पार्ने (कसुर र सजाय) विधेयकमा आममाफीको व्यवस्था भएको भन्ने हल्ला निराधार भएको जनाएको छ।
विस्तृतमा पढ्नुस्

बाग्मतीमा नुहाए मुख्य सचिवले

काठमाडौं- झन्डै मृत अवस्थामा रहेको बाग्मतीमा स्नान गरेर मुख्य सचिव लीलामणि पौडेलले बाग्मती पहिलेकै अवस्थामा पुर्‍याउन सकिने संदेश दिएका छन्। गुहेश्वरीमा उनी सहित सय भन्दा बढीले आज बिहान नुहाए।
विस्तृतमा पढ्नुस्

सभासद मनोनयन टुंगो लगाउन कसरत

काठमाडौं-सरकारबाट मनोनीत हुने २६ सभासद टुंगो लगाउन प्रमुख तीन दलले शीर्ष नेतृत्व तहमा छलफल सुरु गरेका छन्।
विस्तृतमा पढ्नुस्

‘शान्तिप्रक्रिया टुंग्याउन संयन्त्र'

काठमाडौं-एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक भएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

ओली नहुँदा अल्झियो एमाले

काठमाडौं-नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेकाले महत्वपूर्ण राजनीतिक निर्णय रोकिएका छन्।
विस्तृतमा पढ्नुस्

‘सत्यनिरुपण विधेयक रोकिँदैन'

काठमाडौं-एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगसम्बन्धी विधेयक कसैले रोक्न नसक्ने बताएका छन्।
विस्तृतमा पढ्नुस्

‘कांग्रेस भोट किनेर पहिलो दल'

काठमाडौं– एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनमा नेकपा–माओवादीको भोट किनेर नेपाली कांग्रेस पहिलो दल बनेको आरोप लगाएका छन्।
विस्तृतमा पढ्नुस्

असारमा पिच गर्नेलाई कारबाही

पोखरा– बजेट खर्चिने नाममा आर्थिक वर्षको अन्त्यतिर हतारमा गरिने विकासनिर्माणले भ्रष्टाचार गर्न सहज भएकाले अबदेखि सरकारले कडाइ गर्ने प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन्।
विस्तृतमा पढ्नुस्

‘साधुले देश हाँक्न सक्दैनन्’

रौतहट-एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइरालालाई ‘कमजोर प्रधानमन्त्री' बताएका छन्। विगतमा मन्त्री नभएका र सरकार हाँक्ने अनुभव नभएका व्यक्ति एकैपटक प्रधानमन्त्री बनेकैले महत्वपूर्ण विषयमा निर्णय लिन नसकेको आरोप उनले लगाए।
विस्तृतमा पढ्नुस्

आर्थिक क्रान्तीका लागि नयाँ शक्ति: भट्टराई

नवलपरासी-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मूलुकको आर्थिक विकासका लागि राजनीतिक क्रियाशिलता र व्यवस्थापन क्षमता सहितको नयाँ शक्ति खाँचो रहेको बताएका छन्।
विस्तृतमा पढ्नुस्

फेरि संविधान नबन्ने खतरा : नेपाल

काठमाडौं- एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार निष्रक्रिय रहेको हुँदा मुलुकको अवस्था अन्योलमा परेको बताएका छन्। भक्तपुरमा आयोजित ३५औं शिक्षक दिवसमा बोल्दै नेता नेपालले यही अवस्था रहे नेपालमा फेरि पनि संविधान नबन्ने खतरा रहेको बताए।
विस्तृतमा पढ्नुस्

एमाओवादी राष्ट्रिय सम्मेलन अनिश्चित

काठमाडौं-एकीकृत नेकपा माओवादीले वैचारिक र सांगठनिक विषय हल गर्न वैशाख १८ गतेलाई तय गरेको राष्ट्रिय सम्मेलन सर्ने भएको छ। सम्मेलन आउन तीनसाता मात्र बाँकी रहँदा पनि गाउँ र जिल्ला अधिवेशन सम्पन्न नभइनसकेको तथा वैचारिक एजेन्डा अझै तय नभएकाले सम्मेलन सर्ने…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed