Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीति

विदा स्वीकृत गर्नेलाई पनि कारवाही हुन्छः मन्त्री पण्डित

(0 votes)

काठमाडौं— सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी पिआर (स्थायी बसोबास), ग्रिनकार्ड र नागरिकता लिएका कर्मचारीहरुले गैरकानुनी रुपमा ८ वर्षदेखि विदा स्वीकृत गराउँदै आएको भेटिएको बताएका छन्। नागरिकन्युजसँग कुरा गर्दै सोमबार उनले भने- 'त्यस्तो विदा स्वीकृत गर्नेलाई पनि कारवाही हुन्छ।'

कानुनअनुसार ८ वर्षदेखि विदा स्वीकृत गरेर विदेश बस्न नपाइने उनले जिकिर गरे। 'कतिपयले सिधै गल्ती भयो म पिआर त्याग्छु भनेका छन्', उनले भने- 'त्यस्ता कर्मचारीहरुलाई सम्मान गर्नुपर्छ।' सुरक्षा निकाय, बैंकिङ, न्यायिक, स्वास्थ्य, विश्वविद्यालयजस्ता अलग क्षेत्रमा समेत निजामतीझैँ डिभी, पिआर र ग्रिनकार्ड लिएकाहरू रहेको उल्लेख गर्दै उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याइने उल्लेख गरे।


'निजामती ऐन संशोधन हुँदैछ। त्यसमा पिआर र विदेशी नागरिकता लिनेहरुलाई कडा कारवाही व्यवस्था गरिँदैछ', उनले भने- 'यो देशद्रोह बराबरको कसुर हो।' राजदूतले पदावधि सकिएपछि त्यहाँको सरकार गुहारेर उतै बस्न सिफारिश गराउने चलन रहेको उल्लेख गर्दै मन्त्री पण्डितले भने- 'त्यसरी आफ्नो देशको स्वभाविन गिराउनेलाई नेपाल बोलाएर जेल हाल्नुपर्छ।'

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।