Thursday 27 Chaitra, 2076 | April 08, 2020
Menu

राजनीति

राप्रपा नेपालले नाम फेर्ने

(0 votes)
काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नाम परिवर्तन गर्ने भएको छ। पार्टीको नाम नेपाल पञ्चायतकालीन पृष्ठभूमिका व्यक्ति मात्रै संगठित हुने दलको जस्तो बनेको भन्दै फरक हुन फेर्न लागेको हो।
राप्रपा नेपालका प्रेस संयोजक मोहन श्रेष्ठले नाम परिवर्तन गर्ने विषयमा पार्टीभित्र सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए । 'पञ्चायतको लिगेसी (विरासत) नझल्कने गरी नयाँ शक्तिको रूपमा पार्टीलाई अघि बढाउन नाम फेर्न लागिएको हो,' उनले भने, 'पार्टीमा संलग्न अधिकांश २०४७ सालको परिवर्तनपछि नै राजनीतिमा आएकाहरू छन् ।'

श्रेष्ठले पहिलो महाधिवेशनले त्यस विषयमा निर्णय लिने बताए । 'नाम के राख्ने भनेर अहिले निर्णय भइसकेको छैन । पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग पार्टीको नाम के राख्दा राम्रो हुन्छ भनेर सुझाव माग्छौं ।'

उनले राष्ट्रियता, प्रजातन्त्र र परम्परागत मूल्यमान्यता बलियो बनाउने नीतिलाई उपयुक्त हुने गरी नाम तय गरिने बताए । राप्रपा नेपालले राजासहितको प्रजातन्त्र, हिन्दु धर्मसापेक्ष राष्ट्र बनाउनुपर्ने धारणा राख्दै आएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाललाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि राप्रपा विघटन भएर ८ वर्षअघि राप्रपा नेपाल गठन भएको हो ।

राप्रपा नेपालको पहिलो महाधिवेशन जेठ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । १० गते खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरिने तथा ११, १२ र १३ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा बन्दसत्र हुने पार्टीले जनाएको छ । सम्मेलनमा ७५ जिल्ला र प्रवासका गरी करिब २ हजार २ सय प्रतिनिधि र ३ सय पर्यवेक्षक रहेनछन् । महाधिवेशनमा जिल्ला तथा क्षेत्रीय कार्यसमितिका अध्यक्ष, क्षेत्रीय समितिबाट एक महिलासहित तीन प्रतिनिधि, जिल्ला कार्य समितिका २ महिलासहित ५ प्रतिनिधि, नगर समिति अध्यक्ष, मनोनीत ३५ र जनवर्गीय संगठनका अध्यक्ष प्रतिनिधि हुनेछन् ।

महाधिवेशन तयारीका लागि अध्यक्ष कमल थापाको नेतृत्वमा मूल व्यवस्थापन समिति र त्यसअन्तर्गत २१ वटा उपसमिति गठन गरिएको छ । थापाकै अध्यक्षमा दस्तावेज मस्यौदा समिति पनि गठन भएको छ । समितिको सदस्यसचिवमा मोहन श्रेष्ठ छन् भने सदस्यमा पद्मसुन्दर लावती, केशरबहादुर विष्ट, राजीव पराजुली, धवलशमशेर राणा, चन्द्रबहादुर गुरुङसहित ३८ जना छन् ।

बैठकले वैशाख १५ गतेभित्र सबै जिल्ला समितिलाई जिल्ला अधिवेशन गर्न र मसान्तभित्र केन्द्रमा प्रतिनिधिको नाम पठाउन निर्देशन दिएको छ ।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।