Thursday 22 Jestha, 2077 | June 03, 2020
Menu

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडै : मन्त्री रिजाल

  • सोमबार १ बैशाख, २०७१
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
विराटनगर- सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सरकारले सबै दलको सहमतिमा चाँडै नै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय निकाय निर्वाचनबाट संविधान लेखनमा सहज हुने धारणा व्यक्त गरे।
मन्त्री रिजालले स्थानीय निकाय निर्वाचनबाट चुनिने एक लाख ८० हजार जनप्रतिनिधिबाट अवरुद्ध विकास निर्माणको कार्य सुचारु भई ग्रामीण क्षेत्रका जनताको आर्थिक जीवनस्तर वृद्धि हुने बताए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री डा रिजालले सहमतिबाट संविधानसभा समिति निर्माणपश्चात् नै २६ जना सभासद् मनोनितको टुङ्गो लाग्ने बताए। 
उनले मनोनित सभासद्माा सञ्चारकर्मी ल्याउन विशेष पहल गर्ने बताए। एक प्रश्नको जवाफमा मन्त्री रिजालले राष्ट्रपति, उपराष्ट्रपतिले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको चर्चा गर्दै नेपाली कांग्रेसले सहमतिअनुसार उनीहरुको पदको चाँडै नै संविधान सभाबाट औपचारिकरुपमा अनुमोदित गराउने उल्लेख गरे। 
उनले नेकपा (एमाले)को आग्रहअनुसार नै उपनिर्वाचनको मिति असारमा तोकिएको बताए।

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका छन्।

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु हुना साथ एमाओवादी सभासदले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुबासचन्द्र नेम्वाङले...

एमालेले थप्यो दुई उपसमिति

काठमाडौं— एमालेको महाधिवेशन मुल व्यवस्थापन समितिले दुई उप समिति गठन गरेको छ। यातायात र कार्यालय व्यवस्था उपसमितिमा क्रमशः कपिल नेपाल र अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको हो।

देशलाई युद्धतिर धकेल्न खोजेको नेता चन्दको आरोप

 कालीकोट- नेकपा–माओवादीका केन्द्रीय सचिव नेत्रविक्रम चन्दले पुराना मुद्दा ब्युँत्याएर काँगे्रसले देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाएका छन्।   

एमाले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुन्छः उपाध्यक्ष गौतम

 काठमाडौँ- नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले पार्टीको आगामी नवौँ महाधिवशेनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताएका छन्।  

एमाओवादीद्वारा संसद अवरुद्ध

काठमाडौं - एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।

संसदीय दलको नेता दाहाल, प्रमुख सचेतक पोखरेल

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतकमा गिरिराजमणि पोखरेललाई चयन गरेको छ।

परराष्ट्रमा नियमविपरीत करोडौंको कारोबार

काठमाडौं- महालेखापरीक्षकको कार्यालयले परराष्ट्र मन्त्रालयमा व्यापक अनियमितता हुने गरेको देखाएको छ। कार्यालयले केही दिनअघि सार्वजनिक गरेको 'महालेखाको वार्षिक प्रतिवेदन–२०७०' मा परराष्ट्रमा नियम कानुनविपरीत करोडौं रुपैयाँको कारोबार भएको उल्लेख छ।